Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गुल्मीमा झण्डै ३ सय मे.टन मकै विउ उत्पादनको लक्ष्य

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/भदौ २५, गुल्मी । जिल्ला कृषि विकास कार्यालय गुल्मीले यस आर्थिक वर्षमा जिल्लामा झण्डै ३ सय मेट्रिक टन उन्नत जातको मकैको विउ उत्पादन गर्ने लक्ष्य लिएको छ ।

अघिल्लो आर्थिक वर्षमा जम्मा ५० मेट्रिक टन विउ उत्पादन गरेर जिल्लाका कृषकहरुलाई ३० मेट्रिक टन वितरण गरेको र २० मेट्रिक टन जिल्ला वाहिर वितरण गरिएको बताउँदै वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ पाण्डेले भने यस आर्थिक् वर्षमा २ सय ९२ मेट्रिक टन विउ उत्पादनको लक्ष्य लिईएको बताए ।

उनले जिल्लाभर २ सय ९२ हेक्टर क्षेत्रफलमा प्रति क्षेत्रफल न्युतम एक मेट्रिक टन विउ उत्पादन गर्न कृषकहरुलाई कडाई गरिएको जानकारी दिए ।  पहाडी भुभाग गुल्मीमा विउ उत्पादनको सम्भावना राम्रो भएको र केहि चुनौती समेत रहेको बताए ।

आज विउ विजन उत्पादन अगुवा कृषकहरु विच विउको माग एवं वजारिकरण  अन्तरकृया कार्यक्रमको आयोजना गरी सो कार्यालयले उत्पादन क्षमताका विषयमा चासो समेत लिएको थियो ।

जिल्लाका तिन वटै क्षेत्रका अगुवा कृषकहरु सहभागी भएर आ–आफ्ना समस्य र उत्पादनको परिमाणका विषयमा रिर्पोर्टिङ्ग समेत गरेका थिए ।

कार्यक्रममा सो कार्यालयका  गुल्मी उद्योग वाणिज्य संग अन्तरगत किशानका लागि उन्नत विउ विजन कार्यक्रमको संयोजन गरिरहेका संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, सोही कार्यालयका फोकलपर्शन दामोदर भुसाल, कृषि प्रचार अधिकृत रणबहादुर महत्तो, विउ उत्पादन सञ्जालकी जिल्ला संयोजक मिरा चौथरी, अर्का संयोजक कृष्णप्रसाद अर्याल लगायतको  सहजकीरण गरेका थिए ।