2026-11-02 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

उत्कृष्ट एक पाठकलाई हरेक महिना १० हजार पुरस्कार

कात्तिक २६, कैलाली | कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एक जना पाठकले हरेक महिना रु. १० हजार पुरस्कार पाउने भएका छन् । पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार समूह र पुस्तकालयबीच भएको सहमतीअनुसार पुस्तकालयले यस्तो व्यवस्था गरेको हो । 

सरोकार समूहका अध्यक्ष प्रशान्त अर्याल र पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले  शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । यो व्यवस्था भएपछि सामुदायिक पुस्तकालयमा गएर अध्ययन गर्नेहरु मध्येबाट प्रत्येक महिना एकजना पाठकले सो पुरस्कार पाउने भएका हुन् । समूहका अध्यक्ष अर्यालले पछिल्लो समय प्रविधि र स्मार्ट फोनले पढ्ने बानी हट्दै गएको बताउनुभयो । ‘‘काठमाण्डौदेखि न्यूयोर्कसम्म पढ्ने बानी हराएको र स्मार्ट फोनमा हलुका विषयवस्तु हेर्ने र पढ्ने बानी बसेको छ’’,  अर्यालले भन्नुभयो, ‘‘पुस्तकालय आएर गहन विषय अध्ययन गर्न सके असल चरित्र भएको व्यक्तित्व निर्माण हुन्छ ।’’ उहाँले पठन संस्कृति प्रवद्र्धन गर्न शुरुमा एक वर्ष यो कार्यक्रम गरिने र प्रभावकारी भए कार्यक्रम थप गर्ने बताउनुभयो ।

पुस्तकालयमा १० हजार बढी विभिन्न विधाका पुस्तक छन् । अहिले दैनिक ३० देखि ३५ जना नियमित पाठक रहेको बताइएको छ । २०६४ सालमा स्थापना भएको पुस्तकालयमा वाचनालय र बाल कक्षको व्यवस्था छ । बिदाको दिन बाल कक्षमा बालबालिका रमाउने र पढ्ने व्यवस्था छ । पुस्तकालयमा करिव दुई दर्जन ल्यापटप र कम्प्यूटर रहेको सूचना प्रविधि कक्ष छ । यहाँ बालबालिकालाई कम्प्यूटर सिक्ने व्यवस्था पनि मिलाइएको छ ।

टीकापुर सामुदायिक पुस्तकालय र सरोकार समूहले कार्यविधि बनाएर पुरस्कार वितरण गरिने छ ।  ‘‘मङ्सिरदेखि अर्काे मङ्सिर महिनासम्मका लागि पहिलो चरणका लागि सम्झौता भएको छ’,समूहका सचिव नवराज भट्टराईले भन्नुभयो, ‘पुरस्कार वितरणलाई कार्यविधि बनाएर कार्यान्वयन गर्छाैँ ।’ 

‘एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा र सरोकार समूह अध्यक्ष अर्यालले रकमको व्यवस्थाबारे आश्वस्त पार्नुभएको सचिव भट्टराइले बताउनुभयो । सम्झौँता हस्ताक्षर कार्यक्रममा पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले पठन संस्कृति पुनर्जागरण गर्न टीकापुर सरोकार समूहले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा अन्य कार्यक्रममा पनि सरोकार समूहसँग सहकार्य गर्ने अवसर मिल्ने आशा प्रकट गर्नुभयो । पुरस्कारको व्यवस्थाले पाठकलाई प्रोत्साहन गर्ने जोशीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द