2026-06-27 01:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अब अन्तरिक्षमा हुनेछ ब्रेन ट्युमरको उपचार !

एजेन्सी | बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको उद्देश्य उपचार नै नहुने बच्चाको ब्रेन ट्युमर तथा मांशपेशीको उमेर बढाउने प्रक्रियाका बारेमा अनुसन्धान गर्नु हो ।

बेलायती अन्तरिक्ष एजेन्सीले एक विज्ञप्तिमा भनेको छ कि २६ लाख पाउण्ड बजेट रहेको सो परियोजना सन् २०२५ सम्ममा अन्तरिक्षमा लञ्च गरिनेछ । यसको नतिजालाई विश्लेषण गर्नका लागि पृथ्वीमा फर्किनु अघि ६ महिनासम्म अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा अन्तरिक्षयात्रीहरुद्वारा यसको निगरानी गरिनेछ ।

ब्रेन ट्युमरको उपचार कसरी ?

इन्स्टिच्यूट अफ क्यान्सर रिसर्चको डी एमजी टू नामक परियोजनालाई बेलायती अन्तरिक्ष एजेन्सीले यहीँ विषयमा अनुसन्धानका लागि १२ लाख पाउण्ड आर्थिक सहयोग उपलब्ध गराएको छ ।

यो परियोजनाको उद्देश्य नै मिडलाइन ग्लियोमालाई कसरी फैलाउन सकिन्छ भनेर बुझ्नु हो । यो बालबालिकामा प्राइमरी हाई ग्रेड ब्रेन ट्युमरका लागि जिम्मेवार तत्व हो । हालसम्म यसमा रहेका विभिन्न खालका कोसिकाहरुका कारण यसको उपचार असम्भव हुने गरेको छ ।

साथै अन्तरिक्ष एजेन्सीले युनिभर्सिटी अफ लिभरपुलको माइक्रोएज २ परियोजनाका लागि १४ लाख पाउण्ड उपलब्ध गराएको छ । यसबाट अन्तरिक्षयात्रीहरुको मांसपेशी अन्तरिक्षमा कसरी कमजोर हुन्छन् भन्ने कुरा पत्ता लगाउनेछ । एक बेलायती मन्त्रीका अनुसार यो अनुसन्धानले विश्वभरका मानव जाति तथा स्वास्थ्य प्रणालीलाई ठूलो लाभ पुग्नेछ ।

अन्तरिक्षमा माइटोकोन्ड्रियाको भूमिका 

बेलायती अन्तरिक्ष एजेन्सीका प्रमुख कार्यकारी डाक्टर पल बेटका अनुसार कोशेढुंगा मानिएको यो अनुसन्धानले अन्तरिक्षको क्षमतालाई बुझ्ने, विज्ञानमा क्रान्ति ल्याउने तथा हाम्रो जीवनमा फाइदा पुर्‍याउनमा सहयोग गर्नेछ ।

अनुसन्धान ट्यूमरको वृद्धि रोक्नका लागि नयाँ विचारमा काम गर्ने आइडिया पनि प्रदान गर्नेछ । माइक्रोएज २ का लागि अन्तरिक्ष स्टेशनमा सूक्ष्म गुरुत्वाकर्षणको प्रभावको निरीक्षण गर्ने तथा परीक्षण गर्नकालागि प्रयोगशालामा विकशित मानव मांसपेशीको उपयोग गरिनेछ । यसबाट मानव कोशमा रहने माइटोकोन्डि्रयाले अन्तरिक्षमा मांशपेशीको क्षतिमा भूमिका खेल्छ कि खेल्दैन भन्ने कुरा पत्ता लगाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट