2026-06-27 01:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

टिकटकलाई दुई अर्ब भन्दा बढी जरिवाना

एजेन्सी | बालबालिकाको गोपनियता कायम गर्न नसकेको भन्दै टिकटकलाई बेलायत सरकारले दुई अर्ब भन्दा बढी जरिवाना गरेको छ । टिकटकले सन् २०२० मा १३ वर्ष भन्दा मुनिका करिब १४ लाख भन्दा बढी बालबालिकालाई प्लेटर्फ प्रयोगका लागि अनुमति प्रदान गरेको भन्दै बेलायत सरकारले १ करोड २७ लाख पाउण्ड अर्थात् अर्ब ८ करोड रुपैयाँ भन्दा बढी जरिवाना गरेको उल्लेख गरिएको छ ।

बेलायतको सूचना आयुक्तको कार्यालयले गरेको अध्ययन अनुसार टिकटकले अभिभावकको अनुमति बिनै बालबालिकाको डेटा प्रयोगमा ल्याएको जनाएको छ । यसैका आधारमा कार्यालयले केही समय अघि टिकटक विरुद्ध मुद्दा दायर गरेको थियो । जसमा कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

आयुक्तको कार्यलयले भने टिकटकमा उमेर बढाएर राखेकै भरमा बालबालिकाले पहुँच बनाउन सकिने बताएको छ । त्यसरी बालबालिकालाई प्लेटर्फममा पहुँच दिएर डेटा संकलन गरी उक्त डेटाको आधारमा बालबालिकालाई हानिकारक र अनुपयुक्त सामाग्री हेर्न लगाइरहेको दावी अध्ययनको छ ।

‘हाम्रा बालबालिकालाई फिजिकल दुनियाँमा सरह डिजिटल दुनियामा पनि सुरक्षित राख्न चाहन्छौं,’ आयुक्त जोन इडवार्डले भनेका छन, ‘त्यसका लागि हाम्रो कानुनी व्यवस्थाहरु प्रभावकारी रुपमा कार्यान्वयमा ल्याउनु एकमात्रै विकल्प हो । सोही अनुरुप हामीले यो कारबाही अघि बढाएका हौं ।’

तर, कम्पनीले भने १३ वर्षभन्दा मुनिका बालबालिकालाई टिकटकमा पहुँच बनाउन नदिनका लागि ठूलो लगानी गरिरहेको बताउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट