2026-06-21 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

वैज्ञानिकको नयाँ चमत्कार ! अन्तरिक्षमा उत्पादित बिजुली पृथ्वीमा पठाइयो

एजेन्सी | पृथ्वीमा सूर्यको ताप तथा प्रकाशबाट ऊर्जा प्राप्त हुन्छ । त्यसलाई सौर्य ऊर्जा भनिन्छ । विश्वमा प्रयोग भैरहेको कुल बिजुलीको ३.६ प्रतिशत हिस्सा सौर्य ऊर्जाबाट उत्पादन भैरहेको छ ।

तर अब पृथ्वीमा मात्र होइन अन्तरिक्षमा उत्पादित सौर्य ऊर्जाको बिजुलीसमेत पृथ्वीमा ल्याउन वैज्ञानिकहरू सफल भएका छन् । वैज्ञानिकहरुले पहिलो पटक एक किरण वा तरंगको माध्यमबाट सौर्य ऊर्जालाई अन्तरिक्षबाट पृथ्वीमा पठाउन सफल भएका छन् । अन्तरिक्षबाट पृथ्वीमा यस प्रकारले सौर्य ऊर्जा पठाएसँगै नयाँ मार्ग प्रसस्त हुन सक्दछ । यो प्रयोगमा वैज्ञानिकहरुले स्याटेलाइटबाट प्राप्त सौर्यउर्जालाई पृथ्वीमा पठाएर त्यसलाई बिजुलीमा परिणत गरेका छन् ।


अन्तरिक्षबाट प्राप्त सौर्य ऊर्जाको तरंगलाई पृथ्वीमा रहेको ल्याबको संकलक यन्त्रले जम्मा गरेर विद्युतमा परिणत गरिदिएको थियो । यसलाई माइक्रोवेब एरे भनिन्छ । माइक्रोवेब एरेको प्रयोग ऊर्जा प्रसारणका लागि गरिन्छ । यो वायरलेस प्रविधिका माध्यमबाट मानिसहरुले कुराकानी गरेजस्तै हो । ठ्याक्कै यहीँ तरिकाबाट तारविना नै ऊर्जालाई एक ठाउँबाट अर्को ठाउँमा पठाइन्छ । जलविद्युत ऊर्जा, कोइला वा अन्य स्रोतबाट ऊर्जा उत्पादनको सम्भावना नभएका विकट ठाउँहरुमा समेत भविष्यमा बिजुली आपूर्ति गर्नका लागि यो प्रविधि वरदान सावित हुने दाबी गरिएको छ ।

विश्वमा हाल सर्वाधिक विद्युत उत्पादनमा सौर्य ऊर्जाभन्दा अगाडि जलविद्युत र वायु ऊर्जा रहेका छन् र सौर्य ऊर्जाको ३.६ प्रतिशतसहित तेस्रो स्थानमा रहेको छ । आगामी दिनमा यी तीनवटै तरिकाबाट बिजुली उत्पादन गर्न झनै सहज हुने बताइएको छ । वैज्ञानिकहरुका अनुसार यी तीन तरिकाबाट हुने विद्युत उत्पादन आगामी सन् २०३५ सम्ममा ४० प्रतिशत र सन् २०५० सम्ममा ४५ प्रतिशतले बढ्नेछ । यसरी भविष्यमा ९० प्रतिशत ऊर्जा नवीकरणीय स्रोतबाट उत्पादन हुने र त्यसको आधा हिस्सा सौर्य ऊर्जाले ओगट्ने बताइन्छ । सौर्य ऊर्जा हासिल भैरहने मुख्य कारण भनेको यसको निरन्तरता हो । जबसम्म सूर्यको प्रकाश हुन्छ, तबसम्म सौर्य ऊर्जाबाट बिजुली निकाल्न सकिन्छ ।

वायरलेस प्रविधिबाट पृथ्वीमा पठाइयो बिजुली

वैज्ञानिकहरुले दशकौंसम्म अन्तरिक्षमा आधारित सौर्य ऊर्जा प्रविधिको विषयमा अनुसन्धान गर्दै आएका छन् । पृथ्वीको कक्षमा रहेका उपग्रहहरुले कुनै अवरोध विना नै २४ सै घण्टा तथा ३६५ दिन नै सौर्य ऊर्जा संकलन गर्न पाउँछन् ।अन्तरिक्ष सौर्यउर्जा योजना (एसपीपी) लागू गर्नका लागि शोधकर्ताहरुले नयाँ प्रविधिको रुपमा वायरलेस पावर ट्रान्सफर तयार गरे । उक्त परियोजनाको नाम माइक्रोवेब एरे फर पावर ट्रान्सफर लो अर्बिट एक्सपेरिमेन्ट (MAPLE) हो । क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका इलेक्ट्रोनिकल तथा मेडिकल इन्जिनियरिंग विभागका प्राध्यापक अली हाजिमिरीले उक्त परियोजनाको नेतृत्व गरिरहेका छन् ।

यो हो नयाँ प्रविधि र प्लाटर्फम, जसबाट बिजुली आयो

मेपल प्लाटर्फम लचिलो तथा हलुका माइक्रोवेब ट्रान्समिटर हो । त्यसभित्र कस्टम इलेक्ट्रोनिक चिप्स राखिएका हुन्छन् । यसलाई सस्तो सिलिकन प्रविधिबाट बनाइएको हुन्छ ताकि धेरै भन्दा धेरै सौर्य ऊर्जा पैदा गरेर त्यसलाई तरंगको माध्यमबाट पृथ्वीमा पठाउन सकियोस् । सोही प्रकारले अन्तरिक्षको सौर्य ऊर्जालाई तरंग मार्फत् पृथ्वीमा पठाइयो ।

एसएसपीपी सन् २०११ मै सुरु भएको थियो । क्यालटेक बोर्ड अफ ट्रस्टिजका सदस्य डोनाल्ड ब्रेनले एसबीएसपी अनुसन्धान परियोजना निर्माणका विषयमा चर्चा गर्नका लागि क्यालटेकका तत्कालीन अध्यक्ष जीन लूचाम्यूसँग सम्पर्क गरेसँगै परियोजनाको सुरुवात भएको थियो ।

हलुका संरचनायुक्त वायरलेस पावर ट्रान्सर्फमरको उपयोग गरी अन्तरिक्षमा उत्पादित सौर्य ऊर्जालाई पृथ्वीमा विद्युत उत्पादनका लागि पठाउने यो प्रविधि पृथ्वीको ऊर्जा माग पूर्तिको दिशामा कोशेढुंगा सावित हुनेछ ।

युद्ध र विपत्तिमा ऊर्जाको आपूर्ति

अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक ऊर्जा आपूर्ति गर्नका लागि अन्तरिक्षमा यसअघि नै सोलार प्यानलहरु जडान गरेर बिजुली निकाल्ने गरिएको छ । जसरी इन्टरनेटले आम मानिसमा सूचना सम्प्रेषणको कार्यलाई सहज बनाएको छ, त्यसैगरी उर्जालाई समेत आम उपभोक्तामाझ आपूर्ति गर्नका लागि वायरलेस प्रविधिले निकै महत्वपूर्ण सावित हुनेछ ।

यो बिजुली प्राप्त गर्नका लागि पृथ्वीमा ऊर्जा प्रशारणका लागि ट्रान्समिसन लाइन जस्ता कुनै आधारभूत संरचनाहरुको आवश्यकता पर्नेछैन ।

यसबाट युद्ध वा प्राकृतिक विपत्तिको बेलामा समेत जुनसुकै ठाउँमा ऊर्जाको आपूर्ति गर्न सकिेनछ । ऊर्जाको भण्डारण तथा प्रशारण अहिलेको समयमा निकै चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा यो प्रविधि भविष्यका लागि आम रुपान्तरणकारी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ