2026-07-24 11:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अब ५०० सब्सक्राइबर पुगेपछि युट्युब च्यानल मोनिटाइज गर्न सकिने

जेठ ३२, काठमाडौँ | आजकाल धेरै प्रयोगकर्ता गुगलको लोकप्रिय भिडियो प्लेटफर्म युट्युबमा च्यानल सिर्जना गरेर पैसा कमाउन चाहिरहेका हुन्छन् । हाम्रा वरिपरि यस्ता धेरै कन्टेन्ट क्रिएटरहरू छन्, जसले आफ्नो दैनिक जीवनलाई क्यामेरामा भिडियो मार्फत देखाएर लाखौं आम्दानी गरिरहेका छन् ।

तर,युट्युबमा भिडियो बनाएर पैसा कमाउन त्यति गाह्रो भने छैन् । यसका लागि च्यानल स्थापना गरेपछि मोनिटाइजेसन गर्न आवश्यक छ । यदि तपाई पनि युट्युबमा च्यानल बनाएर पैसा कमाउन चाहनुहुन्छ भने यो लेख तपाईलाई उपयोगी हुन सक्छ ।

कम सब्सक्राइबर भएका प्रयोगकर्ताहरूले कसरी पैसा कमाउन सक्छन् ?

वास्तवमा, युट्युबमा पैसा कमाउने तरिका अब धेरै सजिलो भएको छ । युट्युबले मनेटाइजेसन प्रक्रियालाई सजिलो बनाउँदैछ । युट्युब च्यानल मार्फत पैसा कमाउनको लागि च्यानलमा लाखौं सब्सक्राइबर हुनु आवश्यक छैन् । मिडिया रिपोर्टका अनुसार युट्युब च्यानलमा प्रयोगकर्ताको ५०० सब्सक्राइबर भए पनि च्यानललाई मनेटाइज गर्न सकिन्छ ।

साथै, तपाईंले हरेक महिना धेरै भिडियोहरू अपलोड गर्न आवश्यक पर्दैन् । युट्युबको नयाँ नीति अनुसार अब पछिल्लो ९० दिनमा ३ वटा भिडियो मात्र राखेर पैसा कमाउन सकिने छ । एक वर्षमा ३ हजार वाच आवर वा ९० दिनमा तीन मिलियन सर्ट भ्यूहरू भएता पनि पैसा कमाउन सकिन्छ । यसभन्दा पहिले पहिले यी नियमहरू धेरै कडा थिए । पहिले च्यानल मनेटाइज हुन् १००० सब्सक्राइबर र ४ घण्टा वाचआवर पुगेको हुनुपथ्र्याे ।

साना सिर्जनाकर्तालाइ लाभ

द वर्जको रिपोर्ट अनुसार युट्युबले सशुल्क च्याट, टिपिङ, च्यानल सदस्यता र शपिङ फीचरहरू सहित साना सिर्जनाकर्ताहरू ( साना कंन्टेन्ट क्रिएटर्स ) का लागि कमाउने केही उपाय पनि प्रस्तुत गरेको छ।

नयाँ नीति कहाँ लागू भयो ?

मिडिया रिपोर्ट अनुसार युट्युबले अमेरिका, बेलायत, क्यानाडा, ताइवान तथा दक्षिण कोरियामा यो नयाँ नीति लागू गरेको छ । छिट्टै नेपाल लगायत अन्य देशमा पनि यो निति लागु हुनेछ ।

च्यानल मोनिटाइजका लागि आवश्यक कुराहरु

  • पछिल्लो ९० दिनमा कमसेकम ३ वटा भिडियो अपलोड भएको हुनुपर्छ ।
  • न्युनतम ५०० सदस्य
  • एक वर्षमा ३ हजार घण्टा हेरिएको हुनुपर्छ वा छोटो भिडियो पछिल्लो ९० दिनमा ३० लाखले हेरेको हुनुपर्छ ।
  • नोट- मोनिटाइजेसनका लागि यी दुई मापदण्ड मध्ये कुनै एक पूरा गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक