2026-06-23 11:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

एनआईसी एसिया बैंकको नयाँ वेबसाइट, के के छन् विशेषता ?

असार १, काठमाडौँ | एनआईसी एसिया बैंकले आफ्नो वेबसाइट ‘एनआईसी एसियाबैंक डटकम’ लाई नयाँ डिजाइनमा प्रस्तुत गरेको छ ।

बैंकले थप सेवा तथा सुविधा साथ हाल सञ्चालनमा रहेको वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दै शुक्रबार नयाँ डिजाइन सार्वजनिक गरेको हो ।

बैंकका आनुसार ग्राहकले खोजेको प्रोडक्ट, विवरण वा जानकारी आवाज ‘भवाइस कमान्ड’ द्वारा खोज्न सकिने, ‘कस्टुमर जर्नी म्यापिङ’ सिस्टम जसमा सर्च हिस्ट्री थाहा पाउन सकिनेलगायतका नयाँ सुविधा रहेका छन् ।

त्यस्तै वेबसाइटमार्फत अनलाइन खाता, भिडियो केवाईसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाइन डिम्याट, शेयर आवेदन, मर्चेन्ट आवेदन, ई-सर्भिसमार्फत विभिन्न भुक्तानीहरु गर्न मिल्ने, एक्स्टेन्सन काउण्टर, एटीएमको स्थान पत्ता लगाउन सकिनेलगायत बैंकसम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा च्याटबट सेवासमेत उपलब्ध रहेका छन् ।

नगद जम्मा तथा चेक जम्मा आवेदन, नयाँ डेबिट तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्ने, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा आवेदनलगायत दर्जनौं सेवासमेत वेबसाइटमार्फत गर्न सकिने उल्लेख गरिएको छ ।

मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबमा फिट हुनेगरी डिजाइन गरिएको नयाँ वेबसाइटमा प्रयोगकर्ताको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको बैंकले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ