By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    13 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    15 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    19 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ह्याक हुन नदिन यसरी सुरक्षित राख्नुहोस् आफ्नो फेसबुक अकाउन्ट
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > सूचना प्रबिधि > ह्याक हुन नदिन यसरी सुरक्षित राख्नुहोस् आफ्नो फेसबुक अकाउन्ट
सूचना प्रबिधि

ह्याक हुन नदिन यसरी सुरक्षित राख्नुहोस् आफ्नो फेसबुक अकाउन्ट

साझासवाल
Last updated: August 3, 2023 6:56 am
साझासवाल
10 Min Read
Share

काठमाडौँ |  पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक हुने घटना बढिरहेका छन् । नेपाल प्रहरीकाे साइबर ब्यूरोमा आउने अधिकांश फेसबुक सम्बन्धी उजुरीमध्ये ६० प्रतिशत फेसबुक ह्याकसम्बन्धी हुन्छन् ।

सामान्यतः सामाजिक सञ्जाल प्रयोगकर्ताकै कमजोरीले गर्दा अकाउन्ट ह्याक हुने सुरक्षा जानकार बताउँछन् । फेसबुक अकाउन्टमा बलियाे पासवर्ड नराख्नु, टु फ्याक्टर अथेन्टिकेसन अन नगर्नु, अनावश्यक लिङ्क क्लिक गर्नु नै अकाउन्ट ह्याक हुनुका प्रमुख कारण हुन् ।

आज हामी ह्याक हुन नदिन आफ्नो फेसबुक अकाउन्ट कसरी बलियो पार्ने भन्ने विषयमा जानकारी दिँदैछौं । ​तपाईंको अकाउन्ट कत्तिको सुरक्षित छ भनेर फेसबुकले वर्षौंदेखि प्राइभेसी चेकअपको फिचर उपलब्ध गराएको छ । यसको सहायताले तपाईं क्षणभरमै फेसबुक अकाउन्ट सुरक्षित बनाउन सक्नुहुन्छ । 

यसरी सुरक्षित बनाउनुहोस् आफ्नो फेसबुक अकाउन्ट: 

-सबैभन्दा पहिले माेबाइलमा फेसबुक एप खोल्नुहोस् । 

-त्यसपछि माथि दायाँपट्टि भएको प्रोफाइल पिक्चरसँगैको तीन ओटा लाइनमा थिच्नुहोस् । 

-अनि, स्क्रोल गर्दै तल गएर सेटिङ एन्ड प्राइभेसी (Setting & Privacy) को अप्सन छान्नुहोस् । 

-त्यसपछि प्राइभेसी शर्टकट्स (Privacy Shortcuts)  को अप्सनमा जानुहोस् । 

-उक्त प्राइभेरी शर्टकटको अप्सनभित्र अकाउन्ट सुरक्षित राख्न आवश्यक सबै सेटिङहरू समावेश गरिएको हुन्छ । तर, तपाईंले आफ्नो अकाउन्टमा के कुराहरू परिवर्तन गर्न सकिन्छ, जसले गर्दा अकाउन्ट सुरक्षित हुन्छ भन्ने थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि ‘टेक अ प्राइभेसी चेकअप’ (Take a Privacy Checkup) को अप्सनमा जानुहोस् । 

तपाईंले शेयर गरेका कुराहरू कसले देख्छ ?

प्राइभेसी चेकअपमा गइसकेपछि तपाईंले सबैभन्दा पहिले हेर्नुपर्ने कुरा हो, ‘तपाईंले शेयर गरेका कुराहरू कसले देख्छ ?’ अर्थात् Who can see what you share?

तपाईंले आफ्नो फेसबुकमा शेयर गरेका स-साना कुराहरूको सहयाताले नै ह्याकरहरू तपाईंले राखेको पासवर्ड अनुमान गर्न सक्छन् । त्यसैले आफूले फेसबुकमा राख्ने पोस्ट वा शेयर गर्ने अन्य कुराहरू आफूसँग जोडिएका व्यक्तिमाझ मात्र देखिनेगरी राख्नुपर्छ ।

तपाईंको पोस्ट आफूसँग जोडिएका व्यक्तिलाई मात्र देखाउन ‘प्राइभेसी चेकअप’भित्र रहेको ‘हु क्यान सि ह्वाट यू शेयर’ (Who can see what you share) को अप्सनमा जानुहोस् । 

-त्यसपछि तपाईंको प्रोफाइलको सूचना, पोस्ट र स्टोरी, ट्याग गरेको पोस्ट  र ब्लक गरिएका अकाउन्ट सम्बन्धी राखिएको सूचनाको पेज खुल्छ ।

-अन्तिममा रहेको ‘कन्टिन्यु’ (Continue) को बटनमा थिच्नुभयो भने तपाईंको फोन नम्बर कसले देख्छ, जन्ममिति कसले देख्छ, तपाईंले गर्ने कामको जानकारी कसले पाउँछ, साथी भएका र फलो गरेका अकाउन्ट कसले देख्छ, तपाईंले लाइक गरेका पेज कसले देख्छ भन्ने कुराको अप्सन राखिएको हुन्छ ।

त्यसको दायाँपट्टि प्रायः सबै अप्सनमा पब्लिक राखिएको देखिन्छ । यसको अर्थ उक्त पेजमा देखिएका जति पनि सूचना छन् ती सबै जसले पनि देख्न पाउँछ भन्ने हुन्छ । त्यसका लागि तपाईंले कसलाई कसलाई देखाउने हो त्यो अप्सन मात्र छान्न सकिन्छ । सामान्यतः यी जानकारीमा ‘वन्ली मि’ वा ‘फ्रेन्ड्स’को अप्सन छान्नुभयो भने उपयुक्त हुन्छ । 

-त्यसपछि अन्तिममा दायाँपट्टि रहेको ‘नेक्स्ट’को बटनमा थिच्नुहोस् ।  

-यसमा पनि डिफ्ल्ट अडियन्स को हुने र स्टोरी कसले देख्ने भन्ने अप्सन राखिएको हुन्छ । डिफल्ट अडियन्समा फ्रेन्ड्सको अप्सन छान्नुहोस् । स्टोरिजमा पनि फ्रेन्ड्सको अप्सन छान्न सक्नुहुन्छ । 

-त्यसपछि पुनः अन्तिममा दायाँपट्टि रहेको नेक्स्टको बटनमा ट्याप गर्नुहोस् । 

-यसपछि खुल्ने पेकमा तपाईंको प्रोफाइलमा भएका पोस्ट कसले देख्ने, तपाईं ट्याग भएको पोस्ट कसले देख्ने जस्ता कुराहरू हुन्छन् । यसमा पनि आफूलाई उपयुक्त लोाग्ने फ्रेन्ड्स वा ‘वन्ली मि’ को अप्सन छान्न सक्नुहुन्छ । 

-त्यसपछि तल रहेका दुई ओटा अप्सन ‘रिभ्युविङ ट्याग’ र ‘रिभ्यविङ पोस्ट द्‍याट यु आर ट्याग्ड इन’ निकै महत्त्वपूर्ण हुन्छन् । यी अप्सनलाई पनि अन गर्नुहोस् । 

-यति गरेपछि पुनः अन्तिममा दायाँपट्टि रहेको नेक्स्टको बटनमा थिच्नुहोस् । त्यसमा तपाईंले ब्लकलिस्टमा राखेका मान्छेहरू देखाउँछ । कसैलाई ब्लक गर्न पर्‍यो भने त्यही अप्सन छान्न सक्नुहुन्छ । 

-अब पुनः नेक्स्टको बटन थिच्नुहोस् । यति भयो भने तपाईंको प्राइभेसी अन्तर्गतका सबै कुराहरू ठीक छन् भन्ने बुझियो । त्यसपछि रिभ्यु एनोदर टपिकको बटनमा ट्याप गर्नुहोस् । 

तपाईंको अकाउन्ट कसरी सुरक्षित राख्ने ? (How to keep your account secure?)

प्राइभेसी चेकअपमा हुने अर्को सेक्सन हो ‘हाउ टु किप योर अकाउन्ट सेक्युअर’ । यो यस्तो अप्सन हो, जहाँ तपाईंको अकाउन्टको पासवर्ड कस्तो छ, टु फ्याक्टर अथेन्टिकेसन अन छ वा छैन, लगइन अलर्ट के छ भन्ने कुरा हेर्न सक्नुहुन्छ । यी कुराहरू जाँच गर्न तल रहेको ‘रिभ्यु’ (Review) को बटनमा ट्याप गर्नुहोस् । 

-यदि तपाईंको पासवर्ड परिवर्तन गर्नुपर्ने छ भने ‘चेन्ज पासवर्ड’ (Change Password) को बटनमा ट्याप गर्नुहोस् । यदि पर्दैन भने अन्तिममा दायाँपट्टि रहेको स्किप (Skip) अप्सनमा ट्याप गर्नुहोस् । 

-यति भइसकेपछि तपाईंको टु फ्याक्टर अथेन्टिकेसन (Two-factor authentication) अन छ वा छैन भन्ने देखिन्छ । यदि अन छैन भने मेनेज (Manage) को अप्सनभित्र गएर आफूलाई उपयुक्त हुने टु फ्याक्टर अथेन्टिकेनका अप्सन अन गर्नुहोस् । 

-त्यसपछि पुनः ब्याक गएर अन्तिममा दायाँपट्टि रहेको ‘नेक्स्ट’को अप्सनमा ट्याप गर्नुहोस् । 

-यसपछि खुल्ने पेजमा फेसबुक लगइन अलर्टको सेटिङ दिइएको हुन्छ । अन्त कतै कसैले लगइन गर्दा तपाईंको डिभाइसमा नोटिफिकेसन आओस् भन्ने चाहनुहुन्छ भने उक्त अप्सन अन गर्नुहोस् । र, पुनः नेक्स्टको बटनमा ट्याप गर्नुहोस् । 

-यति भएपछि दोस्रो अप्सनको पनि प्राइभेसी जाँच सकिन्छ । त्यसपछि ‘रिभ्यु एनोदर टपिक’को अप्सनमा ट्याप गर्नुहोस् । 

तपाईंलाई अरू प्रयोगकर्ताले फेसबुकमा कसरी फेला पार्न सक्छन् ? (How people can find you on facebook)

तपाईं आफ्नो अकाउन्ट र आफूले राखेका पोस्ट गोप्य रहन् वा सीमित मान्छेले मात्र देखुन् भन्ने चाहनु भयो भने यो सेटिङ तपाईंका लागि महत्त्वपूर्ण हुन्छ । सामान्यतः अकाउन्ट खोलेपछि हाम्रो अकाउन्ट पब्लिक हुन्छ । हाम्रो नाम, हामीले राखेका अन्य जानकारी वा पोस्ट जोसुकैले पनि हेर्न पाउँछन् । यस्ता कुरा व्यवस्थित गर्न तलका प्रक्रियाहरू अपनाउनुहोस् । 

-सबैभन्दा पहिले प्राइभेसी चेकअपमा रहेको ‘हाउ पिपुल क्यान फाइन्ड यु अन फेसबुक’ अप्सनमा जानुहोस् । 

-त्यहाँ फ्रेन्ड रिक्वेस्ट, फोन नम्बर र ईमेल एड्रेश र सर्च इन्जिन जस्ता अप्सन उल्लेख छन् । यी तीनै कुरा हुन् जसको सहयताले मान्छेले तपाईंलाई फेसबुकमा फेला पार्न सक्छन् । 

-यति गरेपछि अन्तिममा रहेको ‘कन्टिन्यु’ अप्सनमा ट्याप गर्नुहोस् । 

-सबैभन्दा माथिको सेक्सनमा तपाईंलाई कसले फ्रेन्ड रिक्वेस्ट पठाउन पाउने भन्ने अप्सन राखिएको छ । उक्त अप्सनबाट आफूलाई कसले फ्रेन्ड रिक्वेस्ट पठाउन पाउने भन्ने अप्सन छान्नुहोस् । 

-त्यसपछि तलपट्टि हरेको ‘नेक्स्ट’ बटनमा थिच्नुहोस् । अनि फोन नम्बर र ईमेल एन्ड्रेस कसले देखिरहेका छन् भन्ने देखिन्छ । डिफल्ट रूपमा हाम्रो फोन नम्बर र ईमेल एड्रेस पब्लिक हुन्छ । यस्ता सूचना ‘वन्ली मि’मा राख्नुहोस् । 

-यति गरेपछि पुनः ‘नेक्स्ट’ बटनमा थिच्नुहोस् । 

-त्यसपछि फेसबुक बाहिर पनि (जस्तै गुगलमा) तपाईंको नाम सर्च गरियो भने तपाईंको फेसबुक प्रोफाइल देखाउने वा नदेखाउने भन्ने सोधिएको हुन्छ । उक्त अप्सन डिफल्ट रूपमा अन हुन्छ । त्यसैले आफ्नो प्राइभेसीका लागि अप्सन अफ गर्न सक्नुहुन्छ । यति भइसकेपछि फेरि पनि ‘नेक्स्ट’ बटनमा थिच्नुहोस् । 

-र, अन्तिममा ‘रिभ्यु एनोदर टपिक’को अप्सनमा जानुहोस् । 

फेसबुकमा तपाईंको डेटा सेटिङ (Your data setting on facebook) 

फेसबुकको डेटा सेटिङमार्फत तपाईंको डेटा कहाँ कहाँ प्रयोग भइरहेको छ भन्ने हेर्न सक्नुहुन्छ । विशेषगरी कुनै पनि एप वा वेबसाइटमा लगइन गर्न फेसबुक प्रयोग गर्नु भएको छ भने यही सेटिङबाट थाहा पाउन सकिन्छ । त्यसका लागि तलका प्रक्रिया अपनाउनुहोस्:

-सबैभन्दा पहिले प्राइभेसी चेकअपमा रहेको ‘Your data setting on Facebook) अप्सनमा जानुहोस् । 

-अनि, नयाँ पेजमा देखिने ‘कन्टिन्यु’ बटनमा ट्याप गर्नुहोस् । 

-यति गरेपछि तपाईंको फेसबुक अकान्ट कुन एप तथा वेबसाइटमा लगइन छ भन्ने हेर्न सक्नुहुन्छ । आफूलाई उपयुक्त नलागेको साइटबाट अकाउन्ट रिमुभ गर्नुहोस् । 

-त्यसपछि ‘नेक्स्ट’ बटनमा थिच्नुहोस् । यति गरेपछि तपाईंको लोकेसन फेसबुकले कसरी ट्रयाक गरिरहेको छ भन्ने अप्सन देखिन्छ । लोकेसन सेटिङ मिलाउन ‘Go to device setting’ मा जानुहोस् । त्यसपछि फेसबुकले मागेको लोकेसनको एक्सेस ‘डिनाइ’ (Deny) गरिदिनुहोस् । यस्तो भयो भने फेसबुकले तपाईंको लोकेसन ट्रयाक गर्न सक्दैन । यद्यपि तपाईंको आईपी एड्रेसबाट तपाईं भएको छेउछाउको लोकेसन फेसबुकलाई थाहा भइरहन्छ । 

-यति गरेपछि पुनः ‘नेक्स्ट’ बटनमा थिच्नुहोस् । 

-अनि रिभ्यु एनोदर टपिकको बटनमा ट्याप गर्नुहोस् । 

तपाईंको प्रोफाइलको सूचना

तपाईंले आफ्नो प्रोफाइलमा राखेका कतिपय सूचना नै तपाईंको फेसबुक ह्याक हुनुको प्रमुख कारण बन्छ । तसर्थ तपाईंले आफ्नो प्रोफाइलमा त्यस्ता जानकारी मात्र राख्नुपर्छ जसले गर्दा गलत नियत भएका व्यक्तिले तपाईंको पासवर्ड सजिलै अनुमान नगरुन् । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

-सबैभन्दा पहिले प्राइभेसी चेकअपमा गएर ‘Your ad preferences on Facebook’ अप्सन छान्नुहोस् ।

-अनि नयाँ पेजमा देखिएको ‘कन्टिन्यु’ बटनमा ट्याप गर्नुहोस् ।

-यति गरिसकेपछि खुल्ने पेजमा विज्ञापनका लागि फेसबुकले तपाईंको डेटा प्रयोग गर्ने कुरा उल्लेख गरेको हुन्छ । यसमा पनि अन्तिममा रहेको नेक्स्टको अप्सनमा ट्याप गर्नुहोस् । र, त्यहाँ देखाइएका प्रोफाइलका जानकारी हाइड गर्न चाहनुहुन्छ वा पब्लिक राख्न चाहनुहुन्छ, त्यो छान्न सक्नुहुन्छ । डिफल्टमा सबै जानकारी पब्लिक नै हुन्छन् । तसर्थ आफ्नो आवश्यकता अनुसार प्रोफाइल इन्फरमेसन हाइड गर्न सक्नुहुन्छ ।

-यति भइसकेपछि पुनः ‘नेक्स्ट’ बटनमा थिच्नुहोस् । उक्त पेजमा तपाईंले लाइक गरेको कुनै पनि पेजको जानकारी कसले देख्न पाउँछन् भन्ने कुरा उल्लेख गरिएको हुन्छ । यसमा डिफल्ट रूपमा फ्रेन्ड्सको अप्सन राकिएको हुन्छ । त्यसलाई हटाएर ‘वन्ली मि’ राख्नुहोस् ।

-अनि, अन्तिममा नेक्स्ट बटनमा ट्याप गर्नुहोस् । 

यसरी तपाईं प्राइभेसी चेकअपको सहायताले आफ्नो अकाउन्ट सुरक्षित बनाउन सक्नुहुन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कक्षा ११ को छात्रवृत्तिका लागि तोकियो १५ वटा परीक्षा केन्द्र, प्रवेश पत्र अनलाइनबाटै प्राप्त हुने
Next Article यातायात विभागको चरम लापरबाही, नम्बर र जन्म मिति राखेकै भरमा जोसुकैको लाइसेन्स देखिने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसूचना प्रबिधि

मोबाइलको लत: ‘गेमिङ डिसअर्डर’को खतरा

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

ई-सिम तपाईँको मोबाइलमा राख्न मिल्छ कि मिल्दैन? यस्तो छ थाहा पाउने उपाय

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

मोबाइलको पासवर्ड वा प्याटर्न लक बिर्सनुभयो ? अपनाउनुस् यो ५ स्टेप

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

आजदेखि लागु हुने गरि टेलिकमले इन्टरनेटको मूल्य घटायो (सुचिसहित)

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?