2026-09-18 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

बन्द भयो ‘रुटिन अफ नेपाल बन्द’ पेज !

भदौ १८, काठमाडौँ | ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि ‘प्रेसर थाम्न नसकेर’ पेज बन्दको निर्णय लिइएको स्रोतले बतायो ।

उक्त पेजका सञ्चालक भिक्टर पौडेलले केही बेरअघि फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो । पाठकलाई कुनै सूचना दिइएको छैन ।

मेयर साहले महानगरको गाडीलाई सरकारले रोकेको भन्दै सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस लेखेका थिए । त्यसलाई लिएर बालेनको तीव्र आलोचना भएको थियो । भोलिपल्ट बिहानै रुटिन अफ नेपाल बन्दले बालेनको पुत्रीलाभको खबर सार्वजनिक गर्‍यो । तर, समाचारमा पुत्री लाभ केही दिन पहिल्यै भएको उल्लेख थिएन । बालेनमाथि भइरहेको आलोचनालाई डाइभर्ट गर्न भर्खरै सन्तानलाभ भएको जसरी खबर प्रकाशन गरेको आरोप रुटिनमाथि लागेको थियो । पछि उक्त पेजले आफ्नो स्टाटस सच्याएर ‘केही दिनअघि’ भनेर थप्यो ।

स्रोतका अनुसार विवादमा परेपछि रुटिनले अस्थाइरुपमा पेज बन्द गरेको हो । बालेन काठमाडौंको मेयरमा उम्मेदवारी दिएपछि रुटिन अफ नेपाल बन्दले उनको पक्षमा लविङ गरेको थियो । बालेन मेयर बनेपछि पनि सो पेजले उनको समर्थनमा लेख्ने गरेको छ । बालेन र भिक्टर नजिकका साथी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई