2026-06-23 04:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

यहि भदौ २६ मा आइफोन १५ सिरिज सार्वजनिक गर्दै एप्पल: के छन् विशेषता, मूल्य कति?

एजेन्सी | विश्वचर्चित प्रविधि कम्पनी एप्पलले २६ भदौ (१२ सेप्टेम्बर)मा आइफोन १५ सार्वजनिक गर्दैछ।

कम्पनीले आफ्नो आधिकारिक वेबसाइट एप्पल डटकममार्फत उक्त जानकारी दिएको हो। वेबसाइटमा उल्लेख भएअनुसार १२ सेप्टेम्बर बिहान १० बजे एप्पल इभेन्ट सुरु हुनेछ। यस इभेन्टलाई एप्पल डटकम र एप्पल टिभी एपमार्फत् हेर्न सकिनेछ।

एप्पलले यसअघिदेखि नै एप्पल इभेन्टमा आफ्ना विभिन्न प्रोडक्टहरू सार्वजनिक गर्ने गरेको छ। यसपटक पनि फोन सिरिजका साथै आइप्याड, म्याक, वेयरबेललगायतका प्रोडक्टहरू सार्वजनिक गरिने बताइएको छ। एप्पलले आइफोन सिरिजअन्तर्गत चार मोडल सार्वजनिक गर्दै आइरहेको छ। त्यसो हुँदा यस वर्ष पनि आइफोन १५ को चार मोडल सार्वजनिक हुने अनुमान लगाउन सकिन्छ। जसमा आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स हुनेछन्।


आइफोन १५ र १५ प्लसमा मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिङ्क तथा १५ प्रो एवं प्रो म्याक्समा टाइटन ग्रे, डार्क ब्लु, सिल्भर र स्पेस ब्ल्याक कलरमा आउने भएको छ । एप्पलले सन् २०२० मा नै आइफोन खरिद गर्दा पावर एडप्टर दिन बन्द गरेको थियो। आइफोन १५ मा पनि त्यो निरन्तर रहने देखिन्छ।

आइफोन १५ को मूल्य ७९९ डलर, १५ प्लसको ८९९ डलर, १५ प्रोको १०९९ र आइफोन १५ प्रो म्याक्सको मूल्य १२९९ डलरभन्दा माथि रहेको छ।

यस फोनलाई लिएर मानिसहरूमा निकै उत्साह बढेर गएको छ। एप्पलले आफ्ना प्रोडक्टहरूको बारेमा अग्रिम जानकारी गराउने गरेको त छैन। तर पनि विभिन्न स्रोतले यसका सूचनाहरू बाहिर ल्याउने गर्दछन्। यस्तै स्रोतका सूचनालाई पछ्याउँदा आगामी सिरिजमा निम्न विशेषताहरू रहने अनुमान लगाउन सकिन्छ-

के होलान् विशेषता?

  • टाइप–सी पोर्ट, ३५ वटासम्मको फास्ट चार्जिङ सपोर्ट।
  • आइफोन १५ प्रो र १५ प्रो म्याक्समा टाइटानियम बडीलाई हटाएर स्टेनलेस स्टिल।
  • डिस्प्ले बेजल १.५५ एमएम।
  • पछिल्लो भागमा ट्रिपल क्यामेरा र सुधारिएका नयाँ सेन्सरहरू।
  • पेरिस्कोप टेलिफोटो लेन्सको प्रयोग (आइफोन १५ प्रो म्याक्सका लागि)। यो १४ प्रो म्याक्सको क्यामेराको अप्टिकल जुम क्षमताभन्दा दोब्बर भएको अनुमान।
  • १५ प्रो र १५ प्रो म्याक्समा नयाँ प्रोसेसर ए१७ बायोनिक चिप। आइफोन १५ र १५ प्लसमा ए१६ बायोनिक चिपसेट जुन १४ प्रो र प्रो म्याक्समा यसअघि नै आइसकेको छ।
  • र्‍याम ६ देखि ८ जीबी।
  • इन्टरनल स्टोरेज १५ प्रो र प्रो म्याक्समा २५६ जीबी, ५१२ जीबी, १ टीबी र २ टीबी तथा १५ र १५ प्लसमा १२८ जीबी, ३५६ बजी र ५१२ जीबी।
  • आइफोन १५ मा ३८७७ एमएएच, १५ प्लसमा ४९१२ एमएएच, १५ प्रोमा ३६५० एमएएच र १५ प्रो म्यासमा ४८५२ एमएएच क्षमताको ब्याट्री।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ