2026-11-01 05:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

एप्पलले आज आइफोन १५ सिरिज र घडी सार्वजनिक गर्दै

एजेन्सी | एप्पलले सेप्टेम्बर १२ अर्थात् आज वर्षको सबैभन्दा ठूलो कार्यक्रम प्रस्तुत गर्दैछ । यस कार्यक्रममा आईफोनसहित धेरै उत्पादनहरू लन्च गरिनेछ।  कार्यक्रमको नाम ‘वन्डरलस्ट’ राखिएको छ ।

यस कार्यक्रममा एक भन्दा बढी नयाँ उत्पादनहरू ल्याउने उच्च अपेक्षा छ। यस कार्यक्रमको हाइलाइट भनेको आइफोन १५  सिरिज हुनेछ । नेपाली समय अनुसार कार्यक्रमकाे सुरुवात आज राती पाैने ११ बजेदेखि सुरु हुनेछ । यसको लाइभ स्ट्रिमिङ एप्पल टिभी प्लस र एप्पल डेभलपर एप्लिकेसनमा हेर्न सकिन्छ । 

मिडिया रिपोर्टका अनुसार यसका दुई भेरियन्टहरूसँग आउन सक्छन्– भनिला आइफोन १५ र आइफोन १५ प्लस । यसबाहेक भेनिला मोडेलमा यूइसबी–सी चार्जिङ पोर्ट रहेको हल्ला छ । आइफोन १५  र १५ प्लसको कलर विकल्पहरूमा कालो, निलो, हरियो, गुलाबी र पहेँलोमा आउन सक्छन् ।

आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स एप्पलको प्रिमियम मोडल हुन सक्छन् । यो टाइटेनियम फ्रेमको साथ आउन सक्छ । यो चाँदी, कालो र नीलो रंगहरूमा आउन सक्ने बताइएको छ । यसमा द्रुत चार्जिङको विकल्प हुने बताइएको छ ।

आइफोन १५ प्रोको प्रारम्भिक मूल्य १ हजार ९९ डलर र आइफोन १५ प्रो म्याक्सको १ हजार २९९ डलर प्रारम्भिक मूल्य रहने उल्लेख छ ।

त्यस्तै कार्यक्रमा एप्पल वाचको सिरिज ९ पनि साझा गरिने बताइएको छ । यो एप्पल घडी एस ९ चिपसँग आउन सक्छ। यो नयाँ ए सिरिज चिपमा आधारित हुने बताइएको छ । जसले आगामी घडीको प्रदर्शनमा सुधार ल्याउन सक्छ। एप्पल वाचको सिरिज ९ दुई साइजमा आउनेछ– ४१ एमएम र 45 एमएम ।

त्यस्तै एप्पल वाच अल्ट्रा २ को डिजाइन यसको अघिल्लो घडी जस्तै रहेको बताइएको छ, जुन ४९ एमएम साइजमा आउन सक्छ। दोस्रो पुस्ताको अल्ट्रामा सिरिज ९ जस्तै चिप हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द