2026-09-18 08:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

आइफोन १५ सिरिजका चार मोडेल सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

एजेन्सी | एप्पलले आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिजका चार आइफोन सार्वजनिक गरेको छ ।

मंगलबार क्यालिफोर्नियास्थित मुख्यालयमा आयोजित कार्यक्रममा एप्पलले आइफोन १५ को आधारभूत मोडेलसँगै आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स लञ्च गरेको हो ।

नयाँ आइफोनमा डिजाइन तथा फिचर्समा निकै केन्द्रित भएको एप्पलले दुबै फोनमा टाइटेनियम बडी तथा बेजलको आकार घटाएको छ भने क्यामराको गुणस्तरलाई निकै उत्कृष्ट बनाएको दाबी गरेको छ ।

यसपटक एप्पलले आइफोनमा गरेको सबैभन्दा ठूलो परिवर्तन भनेको युएसबी टाइप सी पोर्ट राख्नु नै हो । एप्पलले पहिलोपटक आफ्नो आइफोनमा टाइप सी पोर्ट राखेको छ । यो सँगै अब प्रयोगकर्ताले एन्ड्रोइड फोनको चार्जर केबलबाट समेत आइफोन चार्ज गर्न सक्नेछन् ।

आइफोन १५ प्रो मोडेलमा एक्सन बटनको प्रयोग गरिएको छ, जसले प्रयोगकर्तालाई विभिन्न काममा सरलीकरण गर्नेछ । यो बटनमा प्रयोगकर्ताले विभिन्न कमान्ड सेट गर्न सक्दछन् । प्रयोगकर्ताका लागि यो निकै उपयोगी हुने विश्वास एप्पलको छ ।

यस्ता छन् फिचर्स

आइफोन १५ प्रो सिरिजमा दुईवटा ह्याण्डसेट आएका छन् र दुबैको आकार फरक–फरक छ । आइफोन १५ प्रो मा ६.१ इन्चको डिस्प्ले रहेको छ भने आइफोन १५ प्रो म्याक्समा ६.७ इन्चको स्क्रिन रहेको छ । दुबैमा १२० हर्जको रिफ्रेस रेट रहेको छ, जुन गेमिङ तथा स्क्रोलिङका लागि निकै उपयोगी हुनेछ ।

त्यस्तै आइफोन १५ मा ६.१ इन्चको डिस्प्ले रहेको छ भने आइफोन १५ प्लसमा ६.७ इन्चको डिस्प्ले रहेको छ ।

आइफोन १५ प्रो सिरिजमा ब्याक प्यानलमा ट्रिपल क्यामरा सेटअप रहेको छ । यसमा प्राइमरी क्यामरा लेन्स ४८ मेगापिक्सेलको रहेको छ । उक्त क्यामरा सेटअपसँगै दोस्रो पुस्ताको सेन्सर सिफ्ट ओआईएस समेत रहेको छ ।

अप्टिकल जुमसँगै फोकसका लागि लिडार स्क्यानर समेत राखिएको छ जसले कमजोर प्रकाशमा समेत राम्रो तस्वीर खिच्नमा सहयोग गर्दछ । अन्य दुई क्यामरामा एउटा अल्ट्रा वाइड एंगल क्यामेरा र तेस्रो म्याक्रो क्यामेरा सेन्सर रहेका छन् ।

आधारभूत आइफोन १५ मोडेलमा समेत ४८ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । आइफोन १५ को आधारभूत मोडेलमा ए १६ चिप रहेको छ भने अन्य मोडेलमा ए १७ चिप रहेको छ ।

मूल्य कति ?

आइफोन १५ प्रोको सूरुवाती मूल्य ९९९ डलर तोकिएको छ । त्यस्तै आइफोन १५ प्रो म्याक्सको मूल्य ११ सय ९९ डलर राखिएको छ ।

त्यस्तै आइफोन १५ को सुरुवाती मूल्य ७९९ डलर रहँदा आइफोन १५ प्लसको ८९९ रहेको छ ।

आइफोन १५ विभिन्न ५ वटा रङमा उपलब्ध हुनेछ । चारवटै आइफोन सेप्टेम्बर १५ बाट प्रिअर्डरका लागि उपलब्ध हुने र सेप्टेम्बर २२ मा बजारमा पठाउने एप्पलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई