2026-06-25 05:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

फेसबुकमा नयाँ फिचर, अब एउटै अकाउन्टबाट बनाउन सकिनेछ ४ वटा प्रोफाइल

असोज ७, काठमाडौँ | सोसल मिडिया प्लाटर्फम फेसबुकको मातृ कम्पनी मेटाले फेसबुक प्रयोगकर्ताका लागि निकै महत्वपूर्ण घोषणा गरेको छ ।

मेटाले फेसबुकमा मल्टिपल पर्सनल प्रोफाइल फिचर ल्याएको हो । यो फिचर सुरु भएसँगै अब एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा आफ्ना चारवटा प्रोफाइल बनाउन सक्नेछन् ।


यदि फेसबुकमा धेरैवटा अकाउन्ट बनाउन नसकेकोमा तपाईंलाई समस्या महसुस भैरहेको छ भने यो तपाईंका लागि खुसीको खबर हुनसक्छ ।

फेसबुकले शुक्रबार अर्थात् सेप्टेम्बर २२ देखि यो फिचरलाई विश्वव्यापी रुपमा सुरु गरेको घोषणा गरेको हो । सबै आम प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनका लागि भने केही समय कुर्नु पर्ने हुनसक्छ ।

यो फिचरको प्रयोगसँगै प्रयोगकर्ताले आफ्ना फरक-फरक प्रोफाइलमा फरक-फरक प्रकारका पोस्ट गर्न वा सामग्रीहरु शेयर गर्न सक्नेछन् । सबै प्रोफाइलका फिड पनि अलग अलग हुनेछन् । यसका अलावा लगइन बटनबाट प्रयोगकर्ताले आफ्ना विभिन्न प्रोफाइलमा स्वीच गर्न सक्नेछन् । तर एकभन्दा धेरै अकाउन्ट बनाउने प्रयोगकर्ताका लागि डेटिंग, मार्केटप्लेस, प्रोफेसनल मोड तथा पेमेन्ट फिचरको पहुँच भने रहनेछैन ।

सबै प्रोफाइलका लागि मेसेजिंगको सुविधा पहिलेकै जस्तो गरी उपलब्ध हुनेछ । अर्थात् मेसेजिङ सुविधा केवल एउटा प्रोफाइलमा मात्र प्रयोग गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक