2026-06-27 11:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

यी देशमा छ टिकटक प्रतिबन्ध, सर्वसाधारणका लागि बन्द गर्ने थोरै

कार्तिक २७, काठमाडौँ | सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने मुलुकमा नेपालमात्रै भने होइन । यसअघि नै पनि विभिन्न देशहरूले टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएका छन् ।

तीमध्ये बढीजसो देशले सरकारी डिभाइसहरूमा मात्रै टिकटको प्रयोग प्रतिबन्ध गरेका छन् । केहीले पूर्णरूपमा आमनागरिकका लागि नै पनि टिकटक प्रतिबन्ध गरेका छन् ।

कुन–कुन देशमा छ प्रतिबन्ध ?

अफगानिस्तान

अफगानिस्तानको तालिबान सरकारले सन् २०२२ मै टिकटक र अनलाइन गेम पब्जीको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

अस्ट्रेलिया

अस्ट्रेलियाको संघीय सरकारले सरकारी उपकरण (मोबाइल र कम्प्युटरलगायत) मा टिकटकको प्रयोग प्रतिबन्ध गरेको छ । तर, आम सर्वसाधरणका लागि भने हैन ।

बेल्जियम

बेल्जियमले साइबर सुरक्षा, गोपनीयता र गलत सूचनाको चिन्ता व्यक्त गर्दै सरकारी स्वामित्वका उपकरणमा टिकटको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

क्यानडा

क्यानडाले पनि सरकारी डिभाइसमा टिकटकको प्रयोग प्रतिबन्ध गरेको छ ।

डेनमार्क

डेनमार्कको रक्षा मन्त्रालयले आफ्ना कर्मचारीले प्रयोग गर्ने फोनमा टिकटक प्रयोग गर्न प्रतिबन्ध गर्न रोक लगाएको छ ।

युरोपेली संघ

युरोपेली संघ (ईयू)का तीन प्रमुख निकाय युरोपेली संसद, युरोपेली आयोग र ईयू काउन्सिलले आफ्ना कर्मचारीलाई उनीहरूका संस्थागत र व्यक्तिगत उपकरणमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

फ्रान्स

फ्रान्सले पनि डाटा सुरक्षाको चिन्ताका भन्दै सरकारी कर्मचारीको फोनमा टिकटक, ट्विटर र इन्स्टाग्राम जस्ता सोसल मिडिया एपको मनोरञ्जनात्मक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

भारत

भारतले सन् २०२० मा गोपनीयता र डाटा सुरक्षा चिन्ताको कारण टिकटक र मेसेजिङ एप विच्याट जस्ता दर्जनौँ चिनियाँ एपमा सबैका लागि पूर्ण प्रतिबन्ध लगाएको थियो ।

न्युजिल्यान्ड

न्युजिल्यान्डका सांसद र संसद्का कर्मचारीलाई कामको उपकरणमा टिकटक प्रयोग गर्न प्रतिबन्ध छ ।

नर्वे

नर्वेले सरकारी कर्मचारीलाई सरकारकातर्फबाट उपलब्ध फोनमा टिकटक चलाउन प्रतिबन्ध गरिएको छ ।

ताइवान

सन् २०२२ को डिसेम्बरमा ताइवानले टिकटकमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

बेलायत

बेलायतले सरकारी मन्त्री र निजामती कर्मचारीले प्रयोग गर्ने मोबाइल फोनमा टिकटक चलाउन रोक लगाएको छ ।

अमेरिका

अमेरिकाले सरकारी डिभाइसहरूमा टिकटकको प्रयोगमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी