2026-11-01 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

यी देशमा छ टिकटक प्रतिबन्ध, सर्वसाधारणका लागि बन्द गर्ने थोरै

कार्तिक २७, काठमाडौँ | सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने मुलुकमा नेपालमात्रै भने होइन । यसअघि नै पनि विभिन्न देशहरूले टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएका छन् ।

तीमध्ये बढीजसो देशले सरकारी डिभाइसहरूमा मात्रै टिकटको प्रयोग प्रतिबन्ध गरेका छन् । केहीले पूर्णरूपमा आमनागरिकका लागि नै पनि टिकटक प्रतिबन्ध गरेका छन् ।

कुन–कुन देशमा छ प्रतिबन्ध ?

अफगानिस्तान

अफगानिस्तानको तालिबान सरकारले सन् २०२२ मै टिकटक र अनलाइन गेम पब्जीको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

अस्ट्रेलिया

अस्ट्रेलियाको संघीय सरकारले सरकारी उपकरण (मोबाइल र कम्प्युटरलगायत) मा टिकटकको प्रयोग प्रतिबन्ध गरेको छ । तर, आम सर्वसाधरणका लागि भने हैन ।

बेल्जियम

बेल्जियमले साइबर सुरक्षा, गोपनीयता र गलत सूचनाको चिन्ता व्यक्त गर्दै सरकारी स्वामित्वका उपकरणमा टिकटको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

क्यानडा

क्यानडाले पनि सरकारी डिभाइसमा टिकटकको प्रयोग प्रतिबन्ध गरेको छ ।

डेनमार्क

डेनमार्कको रक्षा मन्त्रालयले आफ्ना कर्मचारीले प्रयोग गर्ने फोनमा टिकटक प्रयोग गर्न प्रतिबन्ध गर्न रोक लगाएको छ ।

युरोपेली संघ

युरोपेली संघ (ईयू)का तीन प्रमुख निकाय युरोपेली संसद, युरोपेली आयोग र ईयू काउन्सिलले आफ्ना कर्मचारीलाई उनीहरूका संस्थागत र व्यक्तिगत उपकरणमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

फ्रान्स

फ्रान्सले पनि डाटा सुरक्षाको चिन्ताका भन्दै सरकारी कर्मचारीको फोनमा टिकटक, ट्विटर र इन्स्टाग्राम जस्ता सोसल मिडिया एपको मनोरञ्जनात्मक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

भारत

भारतले सन् २०२० मा गोपनीयता र डाटा सुरक्षा चिन्ताको कारण टिकटक र मेसेजिङ एप विच्याट जस्ता दर्जनौँ चिनियाँ एपमा सबैका लागि पूर्ण प्रतिबन्ध लगाएको थियो ।

न्युजिल्यान्ड

न्युजिल्यान्डका सांसद र संसद्का कर्मचारीलाई कामको उपकरणमा टिकटक प्रयोग गर्न प्रतिबन्ध छ ।

नर्वे

नर्वेले सरकारी कर्मचारीलाई सरकारकातर्फबाट उपलब्ध फोनमा टिकटक चलाउन प्रतिबन्ध गरिएको छ ।

ताइवान

सन् २०२२ को डिसेम्बरमा ताइवानले टिकटकमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

बेलायत

बेलायतले सरकारी मन्त्री र निजामती कर्मचारीले प्रयोग गर्ने मोबाइल फोनमा टिकटक चलाउन रोक लगाएको छ ।

अमेरिका

अमेरिकाले सरकारी डिभाइसहरूमा टिकटकको प्रयोगमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द