2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अर्को हप्तादेखि यी लाखौँ जिमेल एकाउन्ट हटाउदै गुगल, तपाईँको पनि पर्ने हो कि ?

मङ्सिर १०, काठमाडौँ | जीमेलको प्रयोगकर्ता ठूलो संख्यामा छन् । पहिला पहिला याहु, रेडिफ पपुलर इमेल प्लेटफर्म हुन्थे । अब यसको ठाउँ जीमेल एकाउन्टले लिएको छ । अहिले हरेक व्यक्तिसँग जिमेल अर्थात् गुगल मेल छ । तपाई पनि जिमेलमा हुनुहुन्छ, तर धेरै सक्रिय हुनुहुन्न भने यो खबर तपाईका लागि हो । तपाईँले सतर्क रहन जरुरी छ । 

गुगलको पछिल्लो निर्णयले केही जिमेल प्रयोगकर्तालाई झट्का लाग्नेवाला छ । कम्पनीले आफ्नो निष्क्रिय एकाउन्ट पोलिसीमा अत्यावश्यक अपडेटको घोषणा गरेको छ । सन् २०२३ को डिसेम्बर १ देखि कम्तीमा २ वर्षदेखि निष्क्रिय जिमेल खातालाई हटाउने योजना कम्पनीले बनाइरहेको छ । कम्पनीले इनएक्टिभ खातासँग जोडिएका कन्टेन्टलाई पनि हटाउने भएको छ ।

यस क्रममा जीमेल, फोटो, गुगल ड्राइभमा भएका डकुमेन्ट, कन्ट्याक्ट आदि पनि हट्नेछन् । गुगलले यही वर्षको मेमा पुराना र डीएक्टिभेटेड एकाउन्टमा चलखेलको सम्भावना धेरै हुने भन्दै यसमा बच्नका लागि डिएक्टिभेटेड एकाउन्ट नीति संशोधन गरेको थियो ।

तपाईँले पनि २ वर्षअघि गुगल एकाउन्ट बनाएर त्यसलाई नचलाई राखिरहनु भएको छ भने कम्पनीको तर्फबाट तपाईँले नोटिफिकेशन पाउनु हुनेछ । त्यसपछि खाता डिलिट हुनेछ । कम्पनीले यस्ता प्रयोगकर्तालाई मेल पठाइरहेको छ । यसमा कम्पनीले प्रयोगकर्तालाई यही डिसेम्बर १ देखि इनएक्टिभ एकाउन्टलाई हटाइने भनेर अलर्ट गरिएको छ ।

कसरी रोक्ने डिलिट हुनबाट ?

गुगल एकाउन्टलाई बचाइराख्ने हो भने हरेक दुई वर्षमा कम्तीमा एक पटक आफ्नो एकाउन्टमा लगइन गर्नुस् । यसका लागि अन्य उपायहरु पनि छन् । इमेलहरू पठाउनुस् र पढ्ने पनि गर्नुस् । गुगल ड्राइभको प्रयोग गर्नुस् । कुनै युट्युब भिडियो हेर्नुस् । गुगल प्ले स्टोरबाट कुनै एप डाउनलोड गर्नुस् । गुगल सर्चको प्रयोग गर्नुस् ।

थर्ड पार्टी एप वा सेवामा साइन इन गर्दा गुगलबाट साइन इन गर्नुस् । गुगल फोटोलाई एक्टिभ राख्न चाहिँ तपाईँले हरेक २ वर्षमा गुगल फोटोमै लगइन गर्नुपर्नेछ । तपाईँले यसो गर्नुभयो भने तपाईँको एकाउन्टलाई इनएक्टिभ मानिने छैन र डिलिट हुनबाट बच्नेछ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई