2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

टिकटक बन्द भएपछि Likee तिर नेपाली प्रयोगकर्ता, उस्तै हर्कत सुरु

मङ्सिर १२, काठमाडौँ । नेपाल सरकारको निर्णय पालना गर्दै गतसातादेखि अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा टिकटक नखुल्ने बनाएका छन्। तर टिकटकको बिकल्पमा हुबहु जस्तै अर्को एप Likee मा प्रयोगकर्ताहरु व्यस्त हुन सुरु गरेका छन् । टिकटक जस्तै अर्को एप ‘Likee’ मा नेपाली प्रयोगकर्ताहरुको आकर्षण बढेको हो । 

टिकटकको बिकल्पमा अहिले ‘Likee’ एप चर्चामा छ । हजारौं नेपाली टिकटक प्रयोगकर्ताहरुले यो एपमा अहिले समय बिताईरहेका छन् । यो एपमा पनि टिकटकमा झैं लाइभ बस्नेहरुको लर्को देखिन थालेको छ । साथै टिकटकमा एकाएक भाईरल भएकाहरुले एकाएक यो एपमा आफ्नो कन्टेन्ट पोष्ट गर्ने लाइक गर्ने र सेयर गरिरहेका छन् । कतिपय प्रयोगकर्ताहरुले घन्टौं यो एपमा समय बिताईरहेको भेटिन्छ । केहि प्रयोगकर्ताले यो एपमा एक हजार फलोअर्स नभए पनि सिधै लाइभमा जोडिन मिलेको भन्दै लाइकिको नयाँ फिचरको प्रमोसन गरिरहेका छन् । साथै आफ्ना भिडियोहरु सेयर गरिरहेका छन् । केहिले यो एपमा लाइभ बस्दा टिकटकमा भन्दा धेरै प्रयोगकर्ताहरु जोडिएको भन्दै यो एपमा समय बिताईरहेका छन् । कतिपय नेपाली प्रयोगकर्ताहरु यो एपमा लागेर गिफ्ट कमाउने तथा खर्च गर्ने समेत गरिरहेका छन् । 

टिकटक बन्द हुनु अघि खासै प्रयोगका नआएको यो एपमा एकाएक नेपाली प्रयोगकर्ता ह्वात्तै बढेपछि यसको समेत टिकटकमा झैं दुरूपयोग हुने निश्चित छ । यो एपमा जोडिए लगत्तै फलोअर्सनै नभए पनि लाइभ दिन मिल्ने फिचरको कारण टिकटक भन्दा यो एपको दुरूपयोग बढ्ने देखिएको छ । यो एप्मा जोडिएर लाइभ बस्नेहरुले आफ्नो फलोअर्सनै नभए पनि ३/४ सय जनाले आफूलाई हेरिरहेको भन्दै उत्साहित हुँदै एपमा दिन बिताईरहेका छन् । कतिपयले त यो एपमा जोडिएर लाइभ तथा भिडियोमा टिकटकको जस्तै हर्कत सुरु गर्न समेत थालेका छन् । 

एकातर्फ टिकटक बन्द गरेको सरकारले उस्तै प्रविधिमा अर्को बिकल्पको प्रयोग गर्न थालेपछि टिकटक बन्द हुँदा Likee चाही के हुन्छ होला भन्ने प्रश्नको विषय बनेको छ । 

यसअघि सरकारले कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारले सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्न परेको कारण देखाई टिकटक बन्द गराएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई