2026-11-01 09:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

टिकटक बन्द भएपछि Likee तिर नेपाली प्रयोगकर्ता, उस्तै हर्कत सुरु

मङ्सिर १२, काठमाडौँ । नेपाल सरकारको निर्णय पालना गर्दै गतसातादेखि अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा टिकटक नखुल्ने बनाएका छन्। तर टिकटकको बिकल्पमा हुबहु जस्तै अर्को एप Likee मा प्रयोगकर्ताहरु व्यस्त हुन सुरु गरेका छन् । टिकटक जस्तै अर्को एप ‘Likee’ मा नेपाली प्रयोगकर्ताहरुको आकर्षण बढेको हो । 

टिकटकको बिकल्पमा अहिले ‘Likee’ एप चर्चामा छ । हजारौं नेपाली टिकटक प्रयोगकर्ताहरुले यो एपमा अहिले समय बिताईरहेका छन् । यो एपमा पनि टिकटकमा झैं लाइभ बस्नेहरुको लर्को देखिन थालेको छ । साथै टिकटकमा एकाएक भाईरल भएकाहरुले एकाएक यो एपमा आफ्नो कन्टेन्ट पोष्ट गर्ने लाइक गर्ने र सेयर गरिरहेका छन् । कतिपय प्रयोगकर्ताहरुले घन्टौं यो एपमा समय बिताईरहेको भेटिन्छ । केहि प्रयोगकर्ताले यो एपमा एक हजार फलोअर्स नभए पनि सिधै लाइभमा जोडिन मिलेको भन्दै लाइकिको नयाँ फिचरको प्रमोसन गरिरहेका छन् । साथै आफ्ना भिडियोहरु सेयर गरिरहेका छन् । केहिले यो एपमा लाइभ बस्दा टिकटकमा भन्दा धेरै प्रयोगकर्ताहरु जोडिएको भन्दै यो एपमा समय बिताईरहेका छन् । कतिपय नेपाली प्रयोगकर्ताहरु यो एपमा लागेर गिफ्ट कमाउने तथा खर्च गर्ने समेत गरिरहेका छन् । 

टिकटक बन्द हुनु अघि खासै प्रयोगका नआएको यो एपमा एकाएक नेपाली प्रयोगकर्ता ह्वात्तै बढेपछि यसको समेत टिकटकमा झैं दुरूपयोग हुने निश्चित छ । यो एपमा जोडिए लगत्तै फलोअर्सनै नभए पनि लाइभ दिन मिल्ने फिचरको कारण टिकटक भन्दा यो एपको दुरूपयोग बढ्ने देखिएको छ । यो एप्मा जोडिएर लाइभ बस्नेहरुले आफ्नो फलोअर्सनै नभए पनि ३/४ सय जनाले आफूलाई हेरिरहेको भन्दै उत्साहित हुँदै एपमा दिन बिताईरहेका छन् । कतिपयले त यो एपमा जोडिएर लाइभ तथा भिडियोमा टिकटकको जस्तै हर्कत सुरु गर्न समेत थालेका छन् । 

एकातर्फ टिकटक बन्द गरेको सरकारले उस्तै प्रविधिमा अर्को बिकल्पको प्रयोग गर्न थालेपछि टिकटक बन्द हुँदा Likee चाही के हुन्छ होला भन्ने प्रश्नको विषय बनेको छ । 

यसअघि सरकारले कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारले सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्न परेको कारण देखाई टिकटक बन्द गराएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द