2026-11-01 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

पुस १५ देखि देशभर इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने, कम्पनीले दियो चेतावनी

मङ्सिर २९, काठमाडौं | ब्याण्डविथ बापत विदेशी कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम आठ महिनादेखि रोकिदा नेपालभर इन्टरनेट सेवा ठप्प हुने जोखिम देखिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डलर सिफारिस नदिदा नेटवर्क सेवा प्रदायकहरूले आठ महिनादेखि अपस्ट्रिम प्रोभाइडर कम्पनीलाई भुक्तानी गर्न सकेका छैनन् ।

लामो समयदेखि भुक्तानी नपाएको भन्दै टाटा, एयरटेल, सिफ्फीलगायत अपस्ट्रिम प्रोभाइडर कम्पनीले डिसेम्बर ३१ (पुस १५ गते) देखि सेवा अवरुद्ध गर्ने चेतावनीसहित नेपाली कम्पनीलाई पत्र पठाइसकेका छन् ।

इन्टरनेट सेवा प्रदायकहरूले बक्यौता तिर्न बाँकी रहेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा प्रदायकको हकमा विदेशी मुद्रा सिफारिस बन्द गरेको हो ।

सेवा प्रदायकले सपोर्ट चार्ज, मर्मतसम्भार शुल्क, टेक्निकल शुल्क, मनिटरिङ चार्जजस्ता गैरदूरसञ्चार सेवाबापत लिएको शुल्कमा ग्रामीण दूरसञ्चार कोष शुल्क र रोयल्टी लाग्ने वा नलाग्ने विषयमा सरकार र सेवा प्रदायकबीच विवाद देखिएको छ ।

यही बक्यौता नतिरे विदेशी मुद्रा भुक्तानी सिफारिस नदिने भन्दै मन्त्रालय र प्राधिकरणले भुक्तानी सिफारिस रोकेको हो । गैर दूरसञ्चार सेवाबापत लिइएको शुल्कमा ग्रामीण दूरसञ्चार कोष र रोयल्टी नलाग्ने सेवा प्रदायकको दाबी छ ।

विदेशी मुद्रा सिफारिस बन्द हुँदा सेवा प्रदायकले टाटा, एयरटेल, सिफ्फीलगायतका कम्पनीलाई अन्तराष्ट्रिय ब्यान्डविथ खरिद बापतको भुक्तानी गर्न सकेका छैनन् । यी कम्पनीले नेपाली सेवा प्रदायकलाई पत्र लेख्दै तत्काल भुक्तानी गर्न र नभएको खण्डमा यही डिसेम्बर ३१ तारिखबाट ब्यान्डविथमा रोक लगाउने चेतावनी दिएको हो ।

यी कम्पनीले ब्यान्डविथ उपलब्ध नगराए देशभर इन्टरनेट बन्द हुने इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) का अध्यक्ष सुधीर पराजुलीले बताए ।

‘विदेशी मुद्रा सिफारिस बन्द गर्दा कम्पनीहरूले अपस्ट्रिम प्रोभाइडरलाई भुक्तानी गर्न सकेका छैनन्,’ अध्यक्ष पराजुलीले भने, ‘टाटा, एयरटेलले पठाएको पत्रमा देशभित्रको आन्तरिक कुरा त्यही मिलाउन र भुक्तानीको विषय ब्यान्डविथसँग सम्बन्धित भएकाले यसमा कुनै बाहान स्वीकार्य नहुने भनिएको छ । यस्तोमा समयमा भुक्तानी गर्नुको कुनै विकल्प छैन । त्यसैले यो विषयमा सरकारले तत्कालै निर्णय लिन आवश्यक छ ।’

विवादित बक्यौताको विषय थाती राखेर भुक्तानी सिफारिस दिन मन्त्रालय, प्राधिकरण र सेवा प्रदायकबीच छलफल भए पनि निष्कर्ष निस्किएको छैन ।

सञ्चार मन्त्रालयले गठन गरेको अध्ययन समितिले विभिन्न ९ इन्टरनेट सेवा प्रदायकको हकमा बक्यौता देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द