2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

कनेक्ट आईपीएस ह्याक गरेर १० लाख चोरी

फागुन ३०, काठमाडौँ । कनेक्ट आईपीएस ह्याक गरेर १० लाख १० हजार रुपैयाँ चोरी भएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–२ बस्ने शिवनन्दन मेहताको कनेक्ट आईपीएसमा जोडिएको आमा रुसनीदेवी र उनको बैंक खाताबाट रकम चोरी भएको हो ।

मेहताका अनुसार १० माघमा उनको आमाको खाताबाट ५/५ हजार रुपैयाँको दरले २२ पटक गरेर १ लाख १० हजार काटिएको म्यासेज आएको थियो ।

‘पैसा काटिएको भोलिपल्ट बिहान मात्र थाहा भयो, बिहान कनेक्ट आईपीएसको सोही खातामा लिंक भएको मेरो खाताबाट पनि थप ९ लाख १० हजार रुपैयाँ काटियो’, उनले भने, ‘पैसा काटिएको ५ मिनेटमा एनआईसी एसिया बैंकमा जाँदा पनि पैसा रोक्न नमिल्ने कर्मचारीहरुले बताए ।’

उनले यसबारे जिल्ला प्रहरी कार्यालय, सुनसरी र प्रहरीको साइबर ब्यूरोमा पनि अनुसन्धान गरिदिन भन्दै जाहेरी दिएका छन् । जाहेरीमा उल्लेख भएअनुसार, आमा रुसनीदेवीको लुम्बिनी विकास बैंक इनरुवामा भएको पैसा काठमाडौंको अफसोर सफ्ट टेक प्रालिमा गएको देखिएको छ ।

शिवनन्दनबाट चोरिएको पैसा भने पारेश्वर थापा नामक व्यक्तिको सनराइज बैंकको खातामा ट्रान्सफर भएको देखिएको प्रहरीले जनाएको छ ।

शिवनन्दनकी आमाको पैसा ट्रान्सफर भएको अफसोर सफ्ट टेक प्रालिले पनि आफ्नो खातासमेत ह्याक भएको बताएको छ । त्यो खाताको विवरण हेर्दा त्यहाँ गएको पैसा समेत पारेश्वर थापा क्षेत्रीको नाममा गएको देखिएको छ ।

साइबर ब्यूरोले भने भीपीएन प्रयोग गरेर अमेरिकाको लोकेसनबाट ह्याक भएको देखिएको जानकारी गराएको छ । शिवनन्दनले भने प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको बताएका छन् ।

उनी भन्छन्, ‘समयमै बैंकले पैसा रोकिदिएको भए अहिले यस्तो हुने थिएन, प्रहरीले पनि गम्भीरतापूर्वक हेरेको छैन ।’ पैसा जति सबै ह्याकरले लगेपछि आफूहरु समस्यामा परेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई