३ श्रावण २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

ट्याक्सी ड्राइभरका छोरा मुस्ताफा सुलेमान बने माइक्रोसफ्ट एआईका सीईओ, को हुन् उनी ?

९ चैत्र २०८०, शुक्रबार १०:४७

चैत ९, काठमाडौँ | माइक्रोसफ्टले गुगल डिपमाइन्डका सह-संस्थापक मुस्ताफा सुलेमानलाई आफ्नो कम्पनीमा भित्र्याएको छ । सामाजिक सञ्जाल एक्समा मुस्ताफा सुलेमान स्वयंले यसको जानकारी दिएका हुन् ।

माइक्रोसफ्टमा नयाँ टिमको सीईओको रूपमा आबद्ध भएको कुरा उनले उनले लेखेका छन् । यो टिमले कम्पनीको कञ्जुमर फेन्सिङ एआई उत्पादन सम्हाल्नेछ । यो टिमलाई कोपाइलट, बिङ्ग र एज जस्ता उत्पादनको जिम्मेवारी रहनेछ ।


यसका साथै उनले माइक्रोसफ्ट एआईको कार्यकारी उपाध्यक्षको जिम्मेवारी समेत सम्हाल्नेछन् र कम्पनीको वरिष्ठ नेतृत्वको टिमको हिस्सा हुनेछन् । यो टिमले सोधै माइक्रोसफ्टका सीईओ सत्य नादेलालाई रिपोर्ट गर्नेछ । 

गुगल डीप माइन्डका सह सस्थापक

मुस्ताफा सुलेमानले सन् २०१० मा एआई ल्याब डिपमाइन्ड सह-संस्थापन गरेका थिए ।

जसलाई गुगलले सन् २०१४ मा अधिग्रहण गरेको थियो । वास्तवमा गुगल डिपमाइन्डको माध्यमबाट आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा माइक्रोसफ्टसँग टक्कर दिने तयारीमा छ ।

यद्यपि सुलेमान पछिल्ला केही वर्षदेखि उक्त डिभिजनमा थिएनन् । उनलाई सन् २०१९ मा बिदा गरिएको थियो । ब्लुमबर्गको रिपोर्ट अनुसार त्यसताका उनका कयौं परियोजनाका कारण बिदा दिइएको थियो । पछि गुगल र डिपमाइन्डले सुलेमान विरुद्ध कर्मचारीलाई हैरानी दिएको आरोपमा छानबिन समेत सुरु गरेको थियो ।

सुलेमानले सन् २०२२ मा गुगल छोडे र इन्फ्लेक्सन एआई स्टार्टअप सह-संस्थापन गरे । मुस्ताफा सुलेमानलाई नियुक्त गर्नुका साथै माइक्रोसफ्ट इन्फ्लेक्सन एआईलाई कयौं अन्य कर्मचारीहरूलाई समेत आफ्नो टिममा समावेश गरिरहेको छ ।

त्यसमा कम्पनीका सह-संस्थापक करेन सिमोन्यान समेत समावेश छन्, जसले माइक्रोसफ्टमा कन्जुमर एआई समूहका प्रमुख वैज्ञानिकको रूपमा काम गर्नेछन् । केभिन स्टक माइक्रोसफ्टका प्रमुख प्राविधिक अधिकृत र एआई डिभिजनका कार्यकारी उपाध्यक्षको रूपमा रहिरहने छन् ।

त्यसै अवसरमा सत्य नादेलाले कर्मचारीलाई शेयर गरेको मेमोमा भनेका छन्, "म कयौं वर्षदेखि मुस्ताफालाई जान्दछु । डिपमाइन्ड र इन्फ्लेक्सनका संस्थापकको रूपमा भिजनरी, उत्पादन निर्माता र उत्कृष्ट टिम निर्माणका मामिलामा उनको प्रशंसा गर्छु ।" उनले अगाडि भनेका छन्, "हामीसँग एक यस्तो प्रविधि बनाउने मौका छ, जुन एकताका असम्भव मानिंदै थियो । यो प्रविधिले हाम्रो लक्ष्यलाई अगाडि बढाउनेछ र सबै मानिससम्म एआईका लाभ सुरक्षित र जिम्मेवार तरिकाले पुर्‍याउनेछ ।"

माइक्रोसफ्टले ओपनएआईमा समेत थुप्रै लगानी गरेको छ । 

ट्याक्सी चालकका छोरा

मुस्ताफा सुलेमानको जन्म अगस्ट १९८४ मा भएको हो । जो एक बेलायती आर्टिफिसियल इन्टेलिजेन्स उद्यमी हुन् । सुलेमानका बुबा सिरियाका एक ट्याक्सी ड्राइभर थिए भने आमा बेलायतमा नर्स थिइन् । सुलेमानले आफ्नो सुरुवाति पढाइ नर्थहिल प्राइमरी स्कुलबाट गरे ।

उनले डिमाइस ह्यासबिससँग मिलेर डिपमाइन्डको सुरुवात गरेका थिए । यद्यपि उनले १९ वर्षकै उमेरमा विश्वविद्यालयको पढाइ छोडिदिए । त्यसपछि उनले टेलिफोन काउन्सिलिङ सर्भिस मुस्लिम युथ हेल्पलाइन सुरुवात गरे । उक्त संस्था पछि बेलायतमा रहेका मुस्लिमहरूका लागि सबैभन्दा ठूलो मानसिक स्वास्थ्य सहायता सेवा मध्येको एक बन्यो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते,एक जनाको अवस्था गम्भीर गगन थापाले सविधान संशोधनको लागि सुरुमा कांग्रेसले कार्यदल गठन गरेर काम सुरु गर्ने बताए एमाले पोलिटब्युरो बैठक स्थगित, भोलि फेरि बस्ने एमाले पोलिटव्यूरो बैठक जारी टोकन प्रणालीमार्फत मुख्यमन्त्रीले लिनुभयो सेवा गृहमन्त्री लेखकले अनुसन्धानको काम शसस्त्र प्रहरीको नभएको बताए चक्रपथको दोस्रो खण्डको निर्माण अघि बढाउन समितिको निर्देशन ‘सिड’ ले दिएका सिफारिस कार्यान्वयनका लागि गम्भीर बन्नुपर्नेमा जोड सौर्य एयरलाइन्सके जहाज दुर्घटनाके प्रतिवेदन सार्वजनिक गाजाको चर्चमा भएको विष्फोटको संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा निन्दा जापान र इयूका अधिकारीबीच शिखर वार्ता हुने इयू प्रतिबन्ध ‘अवैध’ रहेको र उल्टो प्रतिफल दिनेरुसको भनाइ इयूसँग प्रतिबन्ध लगाउने कुनै आधार छैनः इरान भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु रुसमाथि १८ औं चरणको प्रतिबन्ध लगाउने इयूको तयारी विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ पाकिस्तान पर्यटक ताल वरपर नयाँ होटल निर्माणमा प्रतिबन्ध दोस्रो विश्वयुद्धको जापानी युद्धपोत सोलोमन टापुबाट फेला माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताए ‘टेलिग्राम’ एप तत्काल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन