2026-09-18 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

चन्द्रमाको सतहमा गुड्ने कार बनाउँदै नासा

चैत २२, काठमाडौँ । चन्द्रामाको सतहमा लामो दूरी तय गर्न सहज होस् भनेर अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले आफ्नो अन्तरिक्षयात्रीका लागि कार बनाइरहेको छ । यो कामका लागि नासाले निजी क्षेत्रका कम्पनीहरू छानेको छ । 

इन्ट्यूशिव मशिन्स, लुनर आउटपोष्ट र भेन्टुरी एस्ट्रोल्याबलाई नासाले चन्द्रमाको सतहमा गुड्न सक्ने कार बनाउने जिम्मा दिएको हो ।

नासाले यी गाडी बनाउन कम्पनीलाई ४ अर्ब ६० करोड डलर बराबरको ठेक्का दिएको बताइएको छ । यी तीन कम्पनीले अब नासाको अर्टेमिस मून मिशनका लागि लूनर रोभर बनाउनेछन् । यी रोभरको प्रयोग गरेर अन्तरिक्षयात्रीहरू चन्द्रमाको सतहमा टाढासम्म गएर अध्ययन गर्न सक्ने बताइएको छ ।

सन् २०३० सम्ममा यी गाडीहरुलाई अर्टेमिस–५ मिशनमा अन्तरिक्षयात्रीहरुसँग चन्द्रमामा पठाइनेछ । आफूहरुले अर्टेमिस जेनरेशन लूनर एक्सप्लोरेशन भेइकल बनाउन लागेको ह्यूस्टनस्थित नासाको जोन्सन स्पेश सेन्टरका निर्देशक वनेसा वाइसले भनेका छन् । यो गाडीले चन्द्रमामा अन्तरिक्षयात्रीहरुको ताकत र क्षमता निकै बढाउने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई