२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

आइफोन १६ सिरिज सार्वजनिक हुँदै, यी हुन् सम्भावित नयाँ फिचरहरू!

२०८१, २ श्रावण बुधबार ०८:५४

साउन २, काठमाडौँ । एप्पलले आइफोन ५ देखि हरेक वर्षको सेप्टेम्बरमा आफ्नो फ्ल्यागशीप आइफोन सार्वजनिक गर्दै आएको छ। त्यसैले सन् २०२४ मा पनि नयाँ सिरिज सार्वजनिक हुने अनुमान छ। तर, कम्पनीले यसबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। 

कम्पनीले आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स सार्वजनिक गर्ने अनुमान छ।


एप्पलले आइफोन १६ को सिरिजका मोडलमा थुप्रै नयाँ फिचरहरू थप गर्ने अफवाह छ। 

यी हुन् आइफोन १६ मा हुने सम्भावित फिचरहरूः 

  • आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्सको डिस्प्ले तुलनात्मक रूपमा ठूलो हुने बताइएको छ। यसको आकार क्रमशः ६.२७ देखि ६.८६ इन्चको हुने अनुमान छ। आइफोन १५ प्रोको डिस्प्ले ६.१ इन्च र आइफोन १५ प्रो म्याक्सको डिस्प्ले ६.७ इन्चको छ। 
  • आइफोन १६ को बेस मोडलहरू, आइफोन १६ र आइफोन १६ प्लसमा भर्टिकल (ठाडो) क्यामेरा हुने अफवाह छ। अर्थात् आइफोन १६ र आइफोन १६ प्लसमा आइफोन ११ मा भएको क्यामेरा लेआउट जस्तै हुने अनुमान छ। 
  • आइफोन १६ को सबै मोडलमा नयाँ ब्याट्री हुने बताइएको छ। आइफोन १६ र आइफोन १६ प्रो म्याक्समा तुलनात्मक रूपमा ठूलो र बढी क्षमताको ब्याट्री हुनेछ। आइफोन १६ प्लसको ब्याट्री क्षमता भने कम हुने अनुमान छ। आइफोन १६ को मोडलहरूमा नयाँ प्रविधिको ब्याट्री नै दिने पनि अनुमान छ। 
  • आइफोन १६ को मोडलहरूमा 'क्याप्चर बटन' पनि समावेश गर्ने अनुमान छ। यो बटनबाट 'जुम इन' र 'जुम आउट' गर्न मिल्छ। यो फोनको दायाँपट्टी हुनेछ। 
  • आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्समा ४८ मेगापिक्सल अल्ट्रा वाइड क्यामेरा लेन्स हुने अनुमान छ। यो फिचरले गर्दा भिडिओ गुणस्तर थप राम्रो बनाउने अनुमान छ। 
  • आइफोन १६ प्रो म्याक्समा सुपर टेलिफोटो पेरिस्कोप क्यामेरा फिचर हुने अनुमान छ। यो फिचरले गर्दा अप्टिकल जुम क्षमता बढी हुन्छ। 
  • आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्सले वाइफाई ७ समर्थन गर्ने अनुमान छ। अर्थात्, वाइफाई छिटो सपोर्ट (समर्थन) गर्नेछ। आइफोन १६ र आइफोन १६ प्लसले भने वाइफाई ६ई समर्थन गर्ने बताइएको छ। 
  • आइफोन १६ सिरिजको सबै मोडलमा नयाँ चिपसेट हुने अनुमान छ। सबै मोडलमा एप्पलको नयाँ जेनेरेसनको ए१८ प्रो चिप हुने अफवाह हो। 
  • आइफोन १६ प्रो र प्रो म्याक्समा क्वालकमको नवीनतम स्नापड्रागन एक्स७५ मोडेम हुने अनुमान छ। यसले गर्दा ५जी डाउनलोड स्पिड छिटो हुन्छ। 
  •  आइफोन १६ प्रो र प्रो म्याक्सले ४० वाटको वायर्ड फास्ट समर्थन गर्नेछ। 
  • आइफोन १६ प्रोको दुवै मोडलको स्टोरेज क्षमता पनि बढी हुने अनुमान छ। अर्थात्, यी मोडलमा २ टिबीसम्मको स्टोरेज बढाउन सकिने अनुमान हो। 
  • आइफोन १६ र आइफोन १६ प्लस दुवैमा ८जिबी र्‍याम क्षमतामा उपलब्ध हुने अफवाह छ। अहिले आइफोन १५ र आइफोन १५ प्लस ६ जिबी र्‍याम क्षमतामा उपलब्ध छ। 
  • आइफोन १६ सिरिजको सबै मोडल नयाँ रंग विकल्पमा समेत उपलब्ध हुने अफवाह छ। आइफोन प्रो र आइफोन १६ प्रो म्याक्स कालो, सेतो वा सिल्भर, ग्रे र रोज रंग विकल्पमा उपलब्ध हुनेछ। आइफोन १६ र आइफोन १६ प्लस भने कालो, हरियो, पिंक (गुलाबी), ब्लू (निलो) र ह्वाइट (सेतो) रंगमा उपलब्ध हुनेछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ