2026-10-27 01:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

ईसेवाबाट बिना धितो अधिकतम दुई लाख रुपैयाँसम्म ऋण लिन सकिने, कसरी लिने?

भदौ १४, काठमाडौँ ।  डिजिटल वालेट ईसेवाले ‘ईजीलोन’ (EasyLoan) सेवा ल्याएको छ । पहिलो चरणमा इसेवा एजेन्टका लागि उपलब्ध यो सेवाबाट अधिकतम दुई लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ । यसका लागि कुनै धितो राख्ने वा कागजी प्रक्रियामा जानु पर्दैन । यसलाई कम्पनीले ‘व्यावसायिक कर्जा’का रूपमा परिभाषित गरेको छ ।

साना व्यवसायीका लागि उपयोगी

व्यवसायको दाैरान  दैनिक क्रियाकलापहरूमा आकस्मिक खर्चहरू आउन सक्छन् । त्यस्ता खर्चको व्यवस्थापन गर्न बैंक वा अन्य वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया लामो र झन्झटिलो हुनसक्छ । यस्तो प्रक्रियामा कागजी प्रक्रिया पनि धेरै हुन्छ ।

यस्तै समस्यालाई मध्यनजर गर्दै इसेवाले आफ्ना एजेन्टहरूलाई सरल र छिटो ऋण प्राप्त गर्न सक्ने सुविधाको रुपमा ‘ईजीलोन’ ल्याएको हो । यसले इसेवा एजेन्टहरूलाई झन्झटिलो प्रक्रियाबाट बचाउँदै डिजिटल वालेटमार्फत केही सेकेन्डमै ऋण उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

इसेवा लिमिटेडले नेपालभर डिजिटल भुक्तानीका लागि विभिन्न व्यावसायिक संस्थाहरूलाई इसेवा एजेन्टका रूपमा नियुक्त गरेको छ । नेपालमा हाल यस्ता एजेन्टको सङ्ख्या साढे दुई लाख बढी छ ।

‘ईजीलोन’को सुरुवातसँगै ​साना व्यवसायीहरूका लागि आकस्मिक कोष जुटाउने एक विकल्प तयार भएको इसेवाले जनाएको छ ।

कस्ता इसेवा एजेन्टले पाउँछन् ऋण ?

  1. इसेवामा केवाईसी भेरिफाइड भएको हुनुपर्छ ।
  2. स्थायी लेखा नम्बर (प्यान) र व्यवसाय दर्ता प्रमाणपत्र हुनुपर्छ ।
  3. इसेवामा कम्तीमा ६ महिनादेखि सक्रिय हुनुपर्छ ।
  4. इन्टरनेसनल  र डोमेस्टिक टिकेटिङमा सहभागी भएको हुनु पर्नेछ ।
  5. टप-अप सहित युटिलिटी सेवाको नियमित प्रयोग गरेको हुनुपर्छ ।
  6. आयको मूल्यांकन ट्रान्जेक्सन संख्या, ग्राहकबाट आएको आयको योगदान, एजेन्टले ह्यान्डल गरेको कुल ट्रान्जेक्सन भोल्युम आदिका आधारमा गरिने कम्पनीले जनाएको छ ।

‘ईजीलोन’ कसरी प्राप्त गर्ने ?

  1. इसेवा एपमा लगइन गरी आफ्नो अकाउन्ट लगइन गर्नुहोस् । 
  2. अब त्यहाँ भएको ‘agent services’ मा जानुहोस् ।
  3. अनी ‘easyloan’ मा ट्याप गरी ‘available loan’ को तल फेरि ‘easyloan’ मा थिच्नुहोस् ।
  4. यसपछि यहाँ आफूलाई चाहिएको ‘loan amount’ र आवश्यक विवरण भरेर ‘Proceed’ मा ट्याप गर्नुहोस । 
  5. अब दिईएको टर्म्स एन्ड कन्डिसन्स पढेर आफ्नो एमपिन राखी लोन एप्लाइ गर्न सक्नुहुन्छ । 

‘ईजीलोन’ को शुल्क विवरण

  • न्यूनतम ऋण रकम : ५० हजार रुपैयाँ
  • अधिकतम ऋण रकम : दुई लाख रुपैयाँ
  • अधिकतम ब्याज दर : वार्षिक १८ प्रतिशत
  • पेनल ब्याज : दुई प्रतिशत
  • सेवाशुल्क : ० .७५ प्रतिशत

यदि आर्थिक कारणले तपाईँको सानोतिनो काम अड्किएको छ भने इसेवाले दिएको यो सुविधाको लागि आवेदन दिई आफ्नो काम पुरा गर्न सक्नुहुन्छ । थप जानकारीको लागी तपाईँले इसेवालाई नै सम्पर्क गर्न सक्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने