2026-09-11 06:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

ईसेवाबाट बिना धितो अधिकतम दुई लाख रुपैयाँसम्म ऋण लिन सकिने, कसरी लिने?

भदौ १४, काठमाडौँ ।  डिजिटल वालेट ईसेवाले ‘ईजीलोन’ (EasyLoan) सेवा ल्याएको छ । पहिलो चरणमा इसेवा एजेन्टका लागि उपलब्ध यो सेवाबाट अधिकतम दुई लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ । यसका लागि कुनै धितो राख्ने वा कागजी प्रक्रियामा जानु पर्दैन । यसलाई कम्पनीले ‘व्यावसायिक कर्जा’का रूपमा परिभाषित गरेको छ ।

साना व्यवसायीका लागि उपयोगी

व्यवसायको दाैरान  दैनिक क्रियाकलापहरूमा आकस्मिक खर्चहरू आउन सक्छन् । त्यस्ता खर्चको व्यवस्थापन गर्न बैंक वा अन्य वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया लामो र झन्झटिलो हुनसक्छ । यस्तो प्रक्रियामा कागजी प्रक्रिया पनि धेरै हुन्छ ।

यस्तै समस्यालाई मध्यनजर गर्दै इसेवाले आफ्ना एजेन्टहरूलाई सरल र छिटो ऋण प्राप्त गर्न सक्ने सुविधाको रुपमा ‘ईजीलोन’ ल्याएको हो । यसले इसेवा एजेन्टहरूलाई झन्झटिलो प्रक्रियाबाट बचाउँदै डिजिटल वालेटमार्फत केही सेकेन्डमै ऋण उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

इसेवा लिमिटेडले नेपालभर डिजिटल भुक्तानीका लागि विभिन्न व्यावसायिक संस्थाहरूलाई इसेवा एजेन्टका रूपमा नियुक्त गरेको छ । नेपालमा हाल यस्ता एजेन्टको सङ्ख्या साढे दुई लाख बढी छ ।

‘ईजीलोन’को सुरुवातसँगै ​साना व्यवसायीहरूका लागि आकस्मिक कोष जुटाउने एक विकल्प तयार भएको इसेवाले जनाएको छ ।

कस्ता इसेवा एजेन्टले पाउँछन् ऋण ?

  1. इसेवामा केवाईसी भेरिफाइड भएको हुनुपर्छ ।
  2. स्थायी लेखा नम्बर (प्यान) र व्यवसाय दर्ता प्रमाणपत्र हुनुपर्छ ।
  3. इसेवामा कम्तीमा ६ महिनादेखि सक्रिय हुनुपर्छ ।
  4. इन्टरनेसनल  र डोमेस्टिक टिकेटिङमा सहभागी भएको हुनु पर्नेछ ।
  5. टप-अप सहित युटिलिटी सेवाको नियमित प्रयोग गरेको हुनुपर्छ ।
  6. आयको मूल्यांकन ट्रान्जेक्सन संख्या, ग्राहकबाट आएको आयको योगदान, एजेन्टले ह्यान्डल गरेको कुल ट्रान्जेक्सन भोल्युम आदिका आधारमा गरिने कम्पनीले जनाएको छ ।

‘ईजीलोन’ कसरी प्राप्त गर्ने ?

  1. इसेवा एपमा लगइन गरी आफ्नो अकाउन्ट लगइन गर्नुहोस् । 
  2. अब त्यहाँ भएको ‘agent services’ मा जानुहोस् ।
  3. अनी ‘easyloan’ मा ट्याप गरी ‘available loan’ को तल फेरि ‘easyloan’ मा थिच्नुहोस् ।
  4. यसपछि यहाँ आफूलाई चाहिएको ‘loan amount’ र आवश्यक विवरण भरेर ‘Proceed’ मा ट्याप गर्नुहोस । 
  5. अब दिईएको टर्म्स एन्ड कन्डिसन्स पढेर आफ्नो एमपिन राखी लोन एप्लाइ गर्न सक्नुहुन्छ । 

‘ईजीलोन’ को शुल्क विवरण

  • न्यूनतम ऋण रकम : ५० हजार रुपैयाँ
  • अधिकतम ऋण रकम : दुई लाख रुपैयाँ
  • अधिकतम ब्याज दर : वार्षिक १८ प्रतिशत
  • पेनल ब्याज : दुई प्रतिशत
  • सेवाशुल्क : ० .७५ प्रतिशत

यदि आर्थिक कारणले तपाईँको सानोतिनो काम अड्किएको छ भने इसेवाले दिएको यो सुविधाको लागि आवेदन दिई आफ्नो काम पुरा गर्न सक्नुहुन्छ । थप जानकारीको लागी तपाईँले इसेवालाई नै सम्पर्क गर्न सक्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट