2026-09-18 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

स्मार्टफोनको ब्याट्री स्वस्थ राख्न ८० प्रतिशतसम्म मात्र चार्ज गर्नु राम्रो हो ?

असोज १०,  काठमाडौँ । दीर्घकालसम्म स्मार्टफोन प्रयोग गर्न ब्याट्री स्वस्थ रहनु महत्त्वपूर्ण मानिन्छ । धेरैले लामो समयसम्म फाेन टिकाउन ८० प्रतिशतसम्म मात्र ब्याट्री चार्ज गर्न सुझाव दिन्छन् । यसले चार्जिङ साइकलको संख्या घटाउन मद्दत गर्ने दाबी गरिन्छ ।

तर हालैको एक सर्वेक्षणले भने प्रयोगकर्ताहरू यस्तो दाबीमा बाँडिने देखिएको छ । अर्थात् सबै प्रयोगकर्ता ब्याट्री स्वस्थ राख्न ८० प्रतिशतसम्म मात्र चार्ज गर्दैनन् । सञ्चार संस्था एन्ड्रोइड अथोरिटीको सर्वेक्षणको नतिजाले यस्तो देखाएको हो । 

उक्त सर्वेक्षणमा १० हजार बढी पाठकहरूले सहभागिता जनाएको एन्ड्रोइड अथोरिटीले उल्लेख गरेको छ । जसमध्ये ५३.३८ प्रतिशतले आफ्नो फोनलाई ८० प्रतिशतसम्म चार्ज गर्ने बताउँदा ४६.६२ प्रतिशतले आफूहरूले यो नियम पालना नगर्ने र फोनलाई फुल चार्ज गर्ने बताएका थिए ।

८० प्रतिशतसम्म मात्र चार्ज गर्नुलाई सामान्यत: स्मार्टफोनको ब्याट्रीलाई चाँडै बिग्रन नदिने व्यवहारिक उपायको रूपमा लिइन्छ । यस बानीले स्मार्टफोन खरिद गरेको छोटो समयमा नै ब्याट्री फेर्नुपर्ने बाध्यता केही हदसम्म समाधान हुने दाबी गरिन्छ ।

विशेषगरी नयाँ स्मार्टफोन खरिद गरिरहने, डिभाइसको खासै ख्याल नगर्ने व्यक्तिहरूले यस्तो उपाय अवलम्बन नगर्ने पाइएको छ । त्यसको ठीक विपरीत लामो अन्तरालमा फोन खरिद गर्ने, आफ्नो डिभाइसलाई अलि ख्याल गर्नेहरूले ८० प्रतिशत चार्जिङ नियम अवलम्बन गर्ने पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई