2026-09-18 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

लोकनाथकोे काजकिरिया सुरु

माघ ११, सुरुङ्गा (झापा) | नागरिक समाजले दबाब दिएपछि मृत्यु भएको चार दिनपछि बल्ल कनकाई नगरपालिका–७ निवासी लोकनाथ भट्टराई (ईश्वरी) को हिन्दू परम्पराअनुसार सोमबार अपराह्नदेखि काजकिरिया सुरु भएको छ । 

अन्तरजातीय प्रेमसम्वन्धका कारण आत्महत्या गरेको भनिएका कनकाई नगरपालिका–७, मन्सापुर निवासी भट्टराईको काजक्रिया नहुँदा पीडित परिवारमा थप पीडा थपिएको थियो । 

भट्टराई परिवारले विगत १२ वर्षदेखि पुज्दै आएका पुरोहित सोही ठाउँ निवासी रोहिणीप्रसाद गौतमले उनको काजकिरिया नगरिदिएपछि मृतक भट्टराईको काजक्रिया हुन नसकेको बताइएको छ । 

उनको काज किरियाका लागि सोमबार दिउँसो नागरिक समाजको टोलीले भट्टराईको घरमा गएर पुरोहित यादवप्रसाद खतिवडालाई काजक्रिया गराउन आग्रह गरेपछि अपराह्न ३ बजेदेखि उनको काजकिरिया थालिएको हो । 

सोमबार अपराह्नदेखि मृतकका ठूलोबुबा लीला भट्टराई भतिजाको काजकिरियाका लागि कोरोढिकुरो गरेर कोरामा बस्नुभएको सामाजिक अगुवा कुमारप्रसाद खरेलले बताउनुभयो । 

भट्टराईको काजकिरिया गराउन गङ्गा उप्रेती, धनपति चुडाललगायतले पुरोहित गौतमलाई अनुरोध गरेपनि उहाँले आफूले नभ्याउने भन्दै उनको काजकिरिया नगराएपछि अर्को पुरोहितको व्यवस्थापन गरिएको खरेलले बताउनुभयो । 

स्थानीय समाजसेवी गोपाल सिवाकोटीले भन्नुभयो, तुरुन्तै ‘मन्सापुरे समाज’ गठन गरी एउटा हिन्दूले अर्को हिन्दूलाई उपहास गरेको र अन्तरजातीयताको नाममा गरिएको विभेदको अन्त्यका लागि चाँडै हिन्दू महासङ्घमा समेत छलफल गरी यस्तो सामाजिक अन्योलताको अन्त्यका लागि अभियान चलाइने बताउनुभयो । भट्टराईले पुज्दै आएका पुरोहित गौतमलाई अब अन्य व्यक्तिले समेत नपुज्ने बताइएको छ । 

गत शुक्रबार भट्टराई र सोही ठाउँ निवासी अस्मिता तोलाङ्गी स्थानीय विरीङ्ग नदीको किनारामा सिसौको रुखमा एउटै डोरीले पासो लगाई आत्महत्या गरेका थिए । 

मृतकको शव परीक्षण गरेपछि वैदिक परम्पराअनुसार दाहसंस्कार गर्ने समयमा पुजेका पुरेतलाई खबर गर्दा आफू नभ्याउने भन्दै पन्छिएको र अन्य पुरोहितले पनि काजक्रिया गर्न नमान्दा पीडित परिवारमा शोकमाथि शोक थपिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई