2026-09-16 05:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फेसबुकले दर्तामा चासो नदिएपछि सरकार पछि हट्न बाध्य

काठमाडौँ । पटकपटक दिएको समयसीमामा दर्ताको प्रक्रियामा नआएपछि सरकार फेसबुकप्रति लचक बनेको छ । गत चैत ७ गते एकमहिने समयसीमा सकिएपछि सरकारले पुनः एक हप्ता म्याद थप गरेको थियो । तर, फेसबुकले दर्तामा चासो नदिएपछि सरकार पछि हट्न बाध्य भएको हो । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अब दर्ताको म्याद नतोकिने बताए । तर, ढिलोचाँडो मेटासहितका कम्पनी दर्तामा आउनैपर्ने उनको भनाइ छ ।

“औपचारिकरूपमा मेटाले हालसम्म कुनै जानकारी दिएको छैन । अब म्याद तोकिँदैन, विस्तारै दर्ताको प्रक्रियामा आउला,” उनले भने, “फेसबुक रिस्ट्रचरिङ फेजमा रहेका कारण पनि तत्काल दर्तामा नआएको भन्ने सुन्नमा आएको छ । दर्ता गर्न त आउनैपर्छ ।” सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्तामा नआए फेसबुकको माउ कम्पनी मेटालाई बन्द गर्ने बताएका थिए । नेपालमा टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याबमात्र दर्ता भएका छन् । तर, अझै केही ठूला कम्पनी दर्तामा आएका छैनन् ।

सरकारले सामाजिक सञ्जाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न निर्देशिका ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका, २०८०’ लागु गरेको छ । तर, पटकपटकको प्रयासमा समेत ठूला प्लेटफर्म दर्ता हुन आएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु