अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि गैरआवासीय नेपाली संघका निबर्तमान अध्यक्ष अष्ट्रेलियाका सफल ब्यबसायी एवं परोपकारी ब्यक्तित्वहरु शेष घले र जमुना गुरुङले दुई लाख अाठ सय अठासी डलर प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

‘अष्ट्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि गैरआवासीय नेपाली संघका निबर्तमान अध्यक्ष अष्ट्रेलियाका सफल ब्यबसायी एवं परोपकारी ब्यक्तित्वहरु शेष घले र जमुना गुरुङले दुई लाख अाठ सय अठासी डलर प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

‘अष्ट्"/>

2026-09-19 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर भन्दा बढीको प्रतिबद्धता

अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि गैरआवासीय नेपाली संघका निबर्तमान अध्यक्ष अष्ट्रेलियाका सफल ब्यबसायी एवं परोपकारी ब्यक्तित्वहरु शेष घले र जमुना गुरुङले दुई लाख अाठ सय अठासी डलर प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

‘अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृति एवं पहिचानलाई स्थापित गर्न यो सामुदायिक भवनले निकै ठूलो महत्व राख्ने मैले विस्वास लिएको छु । यसले अष्ट्रेलियामा नेपाली समाजको एकता र सम्बृद्धिलाई समेत झल्काउने छ ।’ – उक्त रकम घोषणा गर्ने क्रममा घलेले भने । सामुदायिक सम्पत्ति सिर्जना गर्ने काममा हरेक ब्यक्तिको सकृयता र अपनत्व हुनुपर्छ भन्नेमा आफुले सधै विस्वास राख्ने गरेको भन्दै घलेले गैरआवासीय नेपाली संघको नेतृत्व गर्दा पनि सोही मान्यतालाई स्थापित गरेको बताए ।

सामुदायिक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उदेश्यले मेलवर्नमा आयोजना गरिएको महापुराण कार्यक्रमको उदघाटनदेखि समापनसम्ममा तीन दिनसम्म गएर महापुराणस्थलमा पुराण श्रवणमा समय दिंदै समापनका दिन आइतबार उनीहरुले सो रकम दान गर्ने घोषणा गरेका हुन् । नेपाली सामुदायिक भवन निर्माणका लागि यति ठूलो रकम दान दिइएको नेपाली डायस्पोरामा सम्भवतः यो पहिलोपटक हो ।


यस अघि सप्ताहको तेश्रो दिन भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन र लक्ष्मी बाट १,००,०००.०० को प्रतिबद्धता जाहेर गरिएको थियो भने त्यसभन्दा अघि सबैभन्दा ठूलो प्रतिबद्धता यस उद्धेस्य प्राप्तीका लागि स्थापित संस्था अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेण्टरका  अध्यक्ष डा चन्द्र दीपक पोखरेल र श्रीमती पोखरेलले कार्यक्रमको दोश्रो दिन २६,५०० डलरको प्रतिबद्धता जाहेर गरेका थिए । 

झण्डै साढे दुई दशकदेखि मेलवर्नमा ब्यबसाय गरिरहेका घले दम्पत्तिले सफल उद्यमी एवं परोपकारी ब्यक्तित्वको रुपमा आफूलाई स्थापित गरेका छन ।

उनीहरुको पहलमा नेपालको स्वास्थ्य एवं शिक्षा क्षेत्रमा काम गर्नेगरी एक अर्ब रुपैयाँको एमआईटी फाउण्डेसनसमेत स्थापना भएको छ ।

पशुपतिनाथ र स्वयम्भुनाथको मन्दिरसमेत अटाउने गरी बनाउन लागिएको नेपाली सामुदायिक भवन निर्माणका लागि मेलवर्नमा रहेका नेपाली समुदायले सकृयतापूर्वक सहयोग प्रदान गरेका छन् । समापनका दिनसम्म महापुराणबाट झन्डै १.१ मिलियन डलरको प्रतिबद्धता जाहेर भएको छ र महापुराणभन्दा पहिलाको समेत गरी जम्मा रकम १.४ मिलियन डलर पुगेको जानकारी कार्यक्रमको समाप्तीका अबसरमा दिइयो । योसंगै अब नेपाली सामुदायिक भवन निर्माण प्रकृया तिब्र गतिमा अगाडि बढ्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई