2026-09-19 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

सरकार कसैको दबाबमा पर्दैन : प्रधानमन्त्री

 चैत्र,४,काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैको सुझाव लिने तर कसैको दबाबमा नपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘सरकार सबैको सुझाव लिन्छ तर कसैको दबाबमा परेर निर्णय लिदैन’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकोले यसका लागि नीति निर्माण तहमा बस्नेहरुको सोचाइ पनि परिवर्तन हुनु पर्ने बताउनुभएको छ ।

‘हामीले  अब  पनि परम्परागत मानसिकता नै राखेर काम ग¥यौं भने देश बन्दैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘ किन कि यो असधारण दायित्व बोकेको सरकार हो ।’

प्रधानमन्त्री ओलीले आज सिंहदरवारमा मन्त्री र सचिबहरुलाई निर्देशन दिंदै सबैलाई जवाफदेही ढंगले काम गर्न भन्नुभएको छ । ‘हामी नेपाललाई मगन्ते रहित बनाउन चाहन्छौं’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सडकमा मागेर दिन कटाउनेहरुले अब रोजगारी गरेर आफ्ना परिवार पाल्ने अवसर पाउने छन् ।’

सरकारको मुल लक्ष्य समृद्ध नेपाल,सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई निर्देशन दिनुभएको छ । ‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढंगले काम गर्नुपर्छ । उपलब्धी देखिने गरी काम गर्नुपर्छ ’ प्रधानम्नत्ती ओलीले भन्नुभएको छ ।

उर्जा,पर्यटन,सेवा,व्यापार,उद्योग आदि क्षेत्रमा उर्वर भए पनि नेपाल सधैं अभाव र गरिबीमा रहीरहने कुरा अब मान्य नुहने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । ‘हरेक क्षेत्रमा उपलब्धी हासिल गर्नका लागि मन्त्रालय मन्त्रालयका बीच समन्वयात्मक ढंगले काम गर्नु होस’ ‘कसैको दबाव वा प्रभावमा कोही पनि नपर्नुहोस र नियम र कानुन बमोजिम काम गरेर जनतालाई छिटो छरितो सेवा दिनुहोस । ’

प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई समयलाई ख्याल गर्न निर्देशन दिनुभयो । हरेक मिनेट समयलाई सदुपयोग गरेर काम गर्न,काम गर्दा लक्ष्य निर्धारण गर्न र लक्ष्य प्राप्त भए नभएको ख्याल गर्न प्रधानमन्त्रीले सबैलाई सम्झाउनु भएको छ । ‘हरेक कामका लागि लक्ष्य बनाउनुहोस ,त्यस अनुसार उपलब्धी हासिल गर्नुहोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तर यस कारण,यदी,यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन ।’

प्रधानमन्त्री ओलीले सचिबहरु बढुवा सुरुवाका लागि नेताको धाउने प्रवृति अन्त्य हुने बताउनुभयो । ‘अब नेताको गएर अब बढुवा वा सरुवा हुनेवाला छैन ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘चुस्त ढंगले काम गर्नुहोस । जनतालाई छिटो छरितो सेवा दिनुहोस ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘भनसुनतिर लाग्ने र नेताको धाउने चलनले अब तपाईंको नम्बर बढ्ने होइन नम्बर घट्छ ।’

  देश रेमिट्यान्सबाट चलेको बताउदै प्रधानमन्त्री ओलीले रेमिट्यान्स आउने बाटो गैर कानुनी भएको उल्लेख गर्नुभयो । ‘हुण्डी कारोबारमा ध्यान दिनुहोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘रेमिट्यान्सलाई कानुनी बाटोबाट भित्र्याउने हो भने पनि देशमा अर्बौं राजश्व संकलन हुनसक्छ ।’

 एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले बागमती सफाइका बारेमा प्रश्न उठाउनुभएको छ । ‘बागमती सफाइ अभियान चलाएको कति हप्ता भयो ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ‘यो किन सफा भइरहेको छैन ?’

सरकारले व्यबहार मै भ्रष्टाचारलाई शुन्य सहनशिलताको नीति अपनाउने बताउनुभयो । ‘हिजोका सरकारले पनि शुन्य सहनशिलता भन्थे तर कार्यन्वयनमा देखिएन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अबको सरकारले भ्रष्टाचार निर्मूल गर्छ । यसप्रति असहिष्णु हुन्छ ।’

 प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई मर्यादामा बस्न सुझाउनु भएको छ । ‘मन्त्री नियुक्त हुने वित्तिकै परिवारका सदस्यहरु चलमलाउने कुरा धेरै सुनिन्छन् ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘त्यस्ता व्यवहार बन्द गर्नुहोस । तपाईंका काम माथी अनुगमन हुन्छ । त्यसमाथी अर्को अनुगमन हुन्छ । र,मैले पनि अनुगमन गरिरहेको हुन्छ । केहीं तलमाथी भेटिए ऐया आत्थु भन्ने मौका पाउनुहुने छैन ।’

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री,राज्य मन्त्री , प्रधानमन्त्रीका मूख्य सल्लाहकार मुख्य सचिब र सचिबहरुको र सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई