२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

संसद्कै हालत यस्तो भएपछि …

२०७५, २ चैत्र शनिबार ०२:५९

चैत २, काठमाडौं | राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समिति शुक्रबार मध्याह्न अनुगमनमा निस्कियो। सरकारी निकायको ‘सुशासन अवस्था’ हेर्नु उसको जिम्मेवारी हो। पहिलो अनुगमन संसद् सचिवालयबाटै गर्ने तय भयो।


छड्केमा निस्किएका समिति सदस्यहरू सिंहदरबारस्थित पुरानो संसद् भवनतर्फ लागे। भूकम्पले मक्किएको ऐतिहासिक संसद् भवन सञ्चालनमा नरहेकाले ताल्चा लगाइएको थियो। पहिलो संविधानसभाको बैठक नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेपछि यो भवन बन्द थियो। तर त्यसको जगेर्नामा कसैको ध्यान गएन। २०७२ को भूकम्पले त यो ऐतिहासिक भवन थला पर्‍यो।

लामो समयदेखि बन्द रहेको संसद् भवन प्रवेशमा रोक लगाइएको छ। सांसदहरू संसद् सचिवालयलाई जानकारी नदिई छड्के अनुगमनमा गएकाले त्यसको ढोका खोल्ने कर्मचारीसमेत थिएनन्। ‘आग्रह गरेर कर्मचारीलाई बोलायौं। सुरुमा त उनी ढोका खोल्नै अनकनाए’, समाजवादी फोरमकी सांसद प्रमिला कुमारीले भनिन्, ‘भित्र छिर्दा पत्याउनै सकिएन, यो त्यही संसद् भवन हो जो नेपालको संसदीय इतिहासको धरोधर हो ? ’


भवनभित्र संसद् सचिवालयले प्रयोग गरेका सामान भद्रगोल थिए। भुइँतलामा पुराना साइकल, टुटेफुटेका सामान र काठका टुक्रा असरल्ल थिए। त्यहाँ पुराना कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचरका सामग्रीको चाङै थियो। ‘त्यहाँको दृश्य हेर्दा यो त संसद् भवन नभई डम्पिङ साइटजस्तै लाग्थ्यो’, नेकपा सांसद दिनानाथ शर्माले भने, ‘सय वर्ष पुरानो भवनको दुरवस्था देखेर मन रोयो। संसद् सचिवालयको चरम लापरबाही त्यहाँ प्रस्ट देखिन्थ्यो।’ ग्यालरी बैठक भुइँतलामा थन्क्याइएका फर्निचरका सामग्री र इलेक्ट्रिक सामानले भरिभराउ थिए।

कामै नलाग्ने सामान मात्र होइन कि सामान्य मर्मत गरेर पनि प्रयोगमा ल्याउन सकिने सामग्री बेवारिसे रूपमा संसद् भवनभित्र फालिएका थिए। ‘राज्यको सम्पत्तिको ठूलो दुरुपयोग भएको हामीले पायौं’, शर्माले अन्नपूर्णसँग भने, ‘अलिकति बिग्रियो कि गोदाममा थन्काइदिहाल्ने प्रचलन लामो समयदेखिको रहेछ।’

सोफा, दराज, र्‍याक, कुर्सी, कम्प्युटर, प्रिन्टर, ल्यापटप, कार्पेटलगायत सामानले भरिएको छ, पुरानो संसद् भवन। ‘लाखौं रुपैयाँ पर्ने सामान कबाडीजस्तै फालिएका छन्। तिनीहरुको मर्मत र प्रयोगमा सचिवालयले चासो नदिइएको पाइयो,’ सांसद कुमारीले भनिन्, ‘एकदम नयाँ देखिने कुर्सी, सोफासेट र कार्पेट पनि फालिएका छन्।’

पहिलो संविधानसभा निर्वाचनपछि विभिन्न दातृ निकायले संसद् सचिवालयलाई ठूलो संख्यामा फर्निसिङ र इलेक्ट्रिक सामग्री उपलब्ध गराएका थिए। आज ती सामग्री कहाँ कुन अवस्थामा छन् भन्ने सचिवालयसँग हरहिसाब त परै जाओस्, रेकर्डसम्म नरहेको पाइएको अनुगमनमा गएका सांसदले बताए। ‘विदेशीले सहयोग गरेर दिएका महँगा सामग्रीको दुरुपयोग गरेको हामीले पायौं,’ सांसद शर्माले भने, ‘अनुगमनले हामीलाई गम्भीर बनाएको छ। यसलाई सुधार गर्न सचिवालयलाई निर्देशन पनि दियौं।’यो खबर अन्नपूर्ण पोस्टमा अझै बिस्तृतमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने