2026-11-02 12:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अन्तरिक्ष टेलिस्कोपद्वारा बृहस्पतिको अभूतपूर्व दृश्य सार्वजनिक

भदौ ७, काठमाडौँ | विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली अन्तरिक्ष सम्बन्धी टेलिस्कोपले बृहस्पति ग्रहको अभूतपूर्व तस्बिर सार्वजनिक गरेको छ।

जेम्स वेब टेलिस्कोप (जेडब्ल्यूएसटी)ले जुलाई महिनामा सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रहको तस्बिरहरू खिचेको हो। 

James Webb: Space telescope reveals 'incredible' Jupiter views – Nepal Press

ती तस्बिरहरूमा ग्रहको दुवै ध्रुवका उच्च भागमाथिका आकाशमा सूर्यका कारण देखिने रङ्गिन प्रकाश अर्थात् अरोराहरू, विशाल आँधीहरू, चन्द्रमाहरू र बृहस्पति वरपरको घेरो विस्तृत रूपमा देखिन्छ। जसलाई खगोल शास्त्रीहरूले “अद्भुत” बताएका छन्। 

रङ्गिन

ती इन्फारेड तस्बिरहरूमा ग्रहका विशेषता झल्काउने गरी क्रितिम ढङ्गले रङ्ग भरिएको हो। 

मानव आँखाले इन्फ्रारेड प्रकाश नदेख्ने भएकाले त्यसो गरिएको हो। 

“बृहस्पतिलाई हामीले यस्तो कहिल्यै देखेका थिएनौँ। यो सबै निकै अद्भुत छ,” ग्रहहरूका विशेषताबारे अध्ययन गर्ने खगोलशास्त्री इम्के डे पाटेरले भनिन्।

युनिभर्सिटी अफ क्यालिफोर्नियाकी यी वैज्ञानिकले यस कामका लागि मुख्य भूमिका निर्वाह गरेकी थिइन्। उनले थपिन्, “साँच्चिकै भन्नुपर्दा यो त्यति गज्जब होला भन्ने हामीले ठानेका थिएनौँ।”

जेडब्ल्यूएसटी १० अर्ब अमेरिकी डलर खर्चेर अमेरिकी अन्तरिक्ष संस्था नासाको नेतृत्व विकास गरिएको अन्तर्राष्ट्रिय सहकार्यको काम हो। 

जसमा युरोपेली अन्तरिक्ष निकाय र क्यानेडेली अन्तरिक्ष निकाय समेत साझेदारका रूपमा छन्। 

जेम्स वेबको कमाल

नासाका अनुसार खुला आँखाले सहजै हेर्न सकिने बृहस्पतिको यो दृश्यलाई उक्त टेलिस्कोपबाट खिचिएका कैयौँ तस्बिरहरू जोडेर तयार पारिएको हो। 

यसैबीच सेतो रङ्गमा देखिने ‘द ग्रेट रेड स्पट’ भनिने प्रख्यात आँधी यति विशाल छ कि त्यसले पृथ्वीलाई निल्न सक्छ। निकै धेरै सूर्यको प्रकाश प्रतिबिम्बित भएकाले यो सेतो रङ्गमा देखिएको हो। 

जेडब्ल्यूएसटी सन् २०२१ को डिसेम्बरमा सार्वजनिक गरिएको हो। 

NASA's James Webb telescope shows 'unprecedented' Jupiter views | Space  News | Al Jazeera

यो अहिले पृथ्वीबाट १६ लाख किलोमिटर पर रहेको छ। 

यसले बिग ब्याङको केही क्षणपछि – १३ अर्ब वर्षअघि – पृथ्वीतर्फ यात्रा गर्न थालेको प्रकाशलाई पहिचान गर्न सक्छ। 

चर्चित हबल टेलिस्कोपको उत्तराधिकारीको रूपमा हेरिएको जेडब्ल्यूएसटी कम्तीमा आउँदो २० वर्षको अन्वेषणका लागि अहम् हुने ठानिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द