माघ १२, काठमाडौँ | मानिसलाई मंगल ग्रह लैजाने नासाको प्रयासलाई एक कदम अगाडि लैजान पुनः न्यक्लियर थर्मल रकेट इन्जिनको परीक्षण हुने भएको छ ।

अमेरिकी रक्षा विभागको अनुसन्धान शाखा र नासाले मंगल ग्रहमा मानिसहरूलाई छिटो र सुरक्षित रूपमा पुर्याउन रकेट इन्जिनमा काम गर्दै आइरहेको छ ।

यो रकेटको पहिलो परीक्षण सन् २०२७ मा हुने अनुमान गरिएको छ । यसअघि अमेरिकी सेना र नासाले २०औं शताब्दीको मध्यमा यस प्रकारको प्रविधि विकास गर्न खोजेका थिए ।

तर विभिन्न कारणले उक्त परियोजनामा कुनै काम अगाडि बढ्न सकेन । यसपश्चात अब फेरि नासा र अमेरिकी सेनाले यो परीक्षणलाई अगाडि बढाउने योजना बनाएका हुन् ।

नासाले आणविक थर्मल रकेट इन्जिनहरूमा सन् १९५९ बाट नै अनुसन्धान सुरु गरेको थियो ।