2026-11-01 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अब आफ्नो मोबाइलबाटै थाहा पाउनुहोस् कहाँ आइपुग्यो साझा बस !

फागुन ५, काठमाडौँ | साझा यातायात नेपालले आफ्नो मोबाइल एपलाई अपग्रेड गर्दै नयाँ फिचर ल्याएकाे छ । कम्पनीले स्ल्यास प्लस प्रालिसँग सहकार्य गरी ‘साझा प्लस’ नाम दिएर आफ्नो मोबाइल एपलाई थप फिचरसहित अपग्रेड गरेको हो । हाललाई यो एप एन्ड्रोइड डिभाइसका लागि मात्र उपलब्ध छ । ‘साझा प्लस’ प्रयोग गरेर यात्रुले आफ्नो साझा बसको यात्रालाई सहज बनाउनसक्ने कम्पनीको भनाइ छ ।

एप प्रयोग गरेर यात्रुले आफू जानुपर्ने रुटको विषयमा रियल टाइम डेटा थाहा पाउन सक्नेछन् । उक्त रुटमा बस कुन स्टेसनमा पुग्यो, आफ्नो स्टेसनमा कतिबेला आइपुग्छ, कुन स्टेसनदेखि आफ्नो गन्तव्यको दूरी कति लगायतका जानकारी प्राप्त गर्न सक्छन् । साझा प्लसको प्राथमिक लक्ष्य भनेको सार्वजनिक यातायातको आवागमनलाई थप व्यवस्थित बनाउनु र स्टेसनमा जाने र पर्खने दृष्टिकोणले समयको बचत गर्नु रहेको कम्पनीले जनाएको छ । एपको होमपेजमा साझाको रुटको सूची, सर्चबक्स र प्रयोगकर्ताको प्रोफाइल देख्न सकिन्छ ।

रुटको सूचीमा गएर प्रयोगकर्ताले आफ्नो रुट छनोट गरेर जानकारी लिन सक्नेछन् । अथवा सोझै सर्च बक्समा गएर आफ्नो गन्तव्यको नाम राखेर पनि रुट पत्ता लगाउन सकिनेछ । एपमा उपलब्ध रुट कार्डले सक्रिय सञ्चालन बसहरूको संख्या, बाटोमा बस बिसौनीको संख्या, गन्तव्यको दूरी लगायतका विवरण हेर्न सकिन्छ । एक विशेष रुट कार्ड चयन गर्नाले नक्सा पृष्ठ खोल्छ, जसले प्रयोगकर्ताहरूको हालको स्थान र नजिकका बसहरूको स्थान देखाउँछ । नक्सामा रातो सर्कलहरूमा ट्याप स्टेसनको नाम देखाउँछ र बस आइकनहरूमा ट्याप गर्दा बस नम्बर देखाउँछ । 

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द