2026-09-18 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अब आफ्नो मोबाइलबाटै थाहा पाउनुहोस् कहाँ आइपुग्यो साझा बस !

फागुन ५, काठमाडौँ | साझा यातायात नेपालले आफ्नो मोबाइल एपलाई अपग्रेड गर्दै नयाँ फिचर ल्याएकाे छ । कम्पनीले स्ल्यास प्लस प्रालिसँग सहकार्य गरी ‘साझा प्लस’ नाम दिएर आफ्नो मोबाइल एपलाई थप फिचरसहित अपग्रेड गरेको हो । हाललाई यो एप एन्ड्रोइड डिभाइसका लागि मात्र उपलब्ध छ । ‘साझा प्लस’ प्रयोग गरेर यात्रुले आफ्नो साझा बसको यात्रालाई सहज बनाउनसक्ने कम्पनीको भनाइ छ ।

एप प्रयोग गरेर यात्रुले आफू जानुपर्ने रुटको विषयमा रियल टाइम डेटा थाहा पाउन सक्नेछन् । उक्त रुटमा बस कुन स्टेसनमा पुग्यो, आफ्नो स्टेसनमा कतिबेला आइपुग्छ, कुन स्टेसनदेखि आफ्नो गन्तव्यको दूरी कति लगायतका जानकारी प्राप्त गर्न सक्छन् । साझा प्लसको प्राथमिक लक्ष्य भनेको सार्वजनिक यातायातको आवागमनलाई थप व्यवस्थित बनाउनु र स्टेसनमा जाने र पर्खने दृष्टिकोणले समयको बचत गर्नु रहेको कम्पनीले जनाएको छ । एपको होमपेजमा साझाको रुटको सूची, सर्चबक्स र प्रयोगकर्ताको प्रोफाइल देख्न सकिन्छ ।

रुटको सूचीमा गएर प्रयोगकर्ताले आफ्नो रुट छनोट गरेर जानकारी लिन सक्नेछन् । अथवा सोझै सर्च बक्समा गएर आफ्नो गन्तव्यको नाम राखेर पनि रुट पत्ता लगाउन सकिनेछ । एपमा उपलब्ध रुट कार्डले सक्रिय सञ्चालन बसहरूको संख्या, बाटोमा बस बिसौनीको संख्या, गन्तव्यको दूरी लगायतका विवरण हेर्न सकिन्छ । एक विशेष रुट कार्ड चयन गर्नाले नक्सा पृष्ठ खोल्छ, जसले प्रयोगकर्ताहरूको हालको स्थान र नजिकका बसहरूको स्थान देखाउँछ । नक्सामा रातो सर्कलहरूमा ट्याप स्टेसनको नाम देखाउँछ र बस आइकनहरूमा ट्याप गर्दा बस नम्बर देखाउँछ । 

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई