2026-11-01 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

ट्विटरमा जस्तै अब फेसबुक र इन्स्टाग्राममा पनि ब्लू टिकको लागि मासिक शुल्क तिर्नुपर्ने

फागुन ८,  काठमाडौँ | फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूले अब आफ्नो खातामा ब्लू टिक राख्न शुल्क तिर्नुपर्ने भएको छ।

यी दुई सामाजिक सञ्जालको अभिभावक कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकर्बर्गले आइतबार उक्त घोषणा गरेका हुन्।

हाल उक्त व्यवस्था ट्विटरमा लागू भएको छ। ट्विटरका सिइओ‌ एलन मस्कले केही समय अघि नै ब्लू टिक भेरिफिकेसनको लागि प्रयोगकर्ताहरूले मासिक निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेका हुन्। 

ट्विटरमा जस्तै मेटाले पनि फेसबुक र इन्स्टाग्रामको लागि ‘मेटा भेरिफाइड’ नामक सब्स्क्रिप्सन सेवाको सुरुआत गरेको हो।

अब प्रयोगकर्ताले यी सामाजिक सञ्जालमा ब्लू टिक राख्नको लागि वेब प्रयोगकर्ताले मासिक ११ डलर ९९ सेन्ट (हालको विनिमय दरअनुसार नेपाली १५ सय ८० रुपैयाँ) र आइओएस प्रयोगकर्ताले मासिक १४ डलर ९९ सेन्ट (करिब १९ सय ७६ रुपैयाँ) तिर्नुपर्ने हुन्छ। फेसबुक र इन्स्टाग्राम दुवैमा ब्लू टिक राख्न चाहेमा भने प्रयोगकर्ताले मासिक २४ डलर तिर्नुपर्ने हुन्छ। 

यसबाहेक एनड्रोइड प्रयोगकर्ताहरूले ब्लू टिकको लागि कति तिर्नुपर्छ भन्ने घोषणा हुन बाँकी छ। प्रयोगकर्ताहरूले आफ्नो खाता प्रमाणीकरण गर्न सरकारी कुनै पनि कागजात पेश गरेर गर्न सक्नेछन्। त्यस्तै प्रयोगकर्ताले आफ्नो खातामा आधिकारिक नाम राख्नुपर्नेछ। 

फेसबुक सिइओ जुकर्बर्गका अनुसार उक्त फिचरले प्रमाणीकरणबारे थप सचेत हुने र सुरक्षित समेत हुनेछ। हाललाई यो सेवा यही सातादेखि अस्ट्रेलिया र न्यूजिल्यान्डमा लागू हुने समेत उनले बताए। यसबाहेक अन्य राष्ट्रहरूमा पनि क्रमश: लागू हुँदै जानेछ। फेसबुकले हालै मात्र आफ्नो दैनिक प्रयोगकर्ताको संख्या पहिलो पटक दुई अर्ब पुगेको घोषणा गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द