2026-06-20 12:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

ट्विटरमा जस्तै अब फेसबुक र इन्स्टाग्राममा पनि ब्लू टिकको लागि मासिक शुल्क तिर्नुपर्ने

फागुन ८,  काठमाडौँ | फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूले अब आफ्नो खातामा ब्लू टिक राख्न शुल्क तिर्नुपर्ने भएको छ।

यी दुई सामाजिक सञ्जालको अभिभावक कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकर्बर्गले आइतबार उक्त घोषणा गरेका हुन्।

हाल उक्त व्यवस्था ट्विटरमा लागू भएको छ। ट्विटरका सिइओ‌ एलन मस्कले केही समय अघि नै ब्लू टिक भेरिफिकेसनको लागि प्रयोगकर्ताहरूले मासिक निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेका हुन्। 

ट्विटरमा जस्तै मेटाले पनि फेसबुक र इन्स्टाग्रामको लागि 'मेटा भेरिफाइड' नामक सब्स्क्रिप्सन सेवाको सुरुआत गरेको हो।

अब प्रयोगकर्ताले यी सामाजिक सञ्जालमा ब्लू टिक राख्नको लागि वेब प्रयोगकर्ताले मासिक ११ डलर ९९ सेन्ट (हालको विनिमय दरअनुसार नेपाली १५ सय ८० रुपैयाँ) र आइओएस प्रयोगकर्ताले मासिक १४ डलर ९९ सेन्ट (करिब १९ सय ७६ रुपैयाँ) तिर्नुपर्ने हुन्छ। फेसबुक र इन्स्टाग्राम दुवैमा ब्लू टिक राख्न चाहेमा भने प्रयोगकर्ताले मासिक २४ डलर तिर्नुपर्ने हुन्छ। 

यसबाहेक एनड्रोइड प्रयोगकर्ताहरूले ब्लू टिकको लागि कति तिर्नुपर्छ भन्ने घोषणा हुन बाँकी छ। प्रयोगकर्ताहरूले आफ्नो खाता प्रमाणीकरण गर्न सरकारी कुनै पनि कागजात पेश गरेर गर्न सक्नेछन्। त्यस्तै प्रयोगकर्ताले आफ्नो खातामा आधिकारिक नाम राख्नुपर्नेछ। 

फेसबुक सिइओ जुकर्बर्गका अनुसार उक्त फिचरले प्रमाणीकरणबारे थप सचेत हुने र सुरक्षित समेत हुनेछ। हाललाई यो सेवा यही सातादेखि अस्ट्रेलिया र न्यूजिल्यान्डमा लागू हुने समेत उनले बताए। यसबाहेक अन्य राष्ट्रहरूमा पनि क्रमश: लागू हुँदै जानेछ। फेसबुकले हालै मात्र आफ्नो दैनिक प्रयोगकर्ताको संख्या पहिलो पटक दुई अर्ब पुगेको घोषणा गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते