2026-09-18 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

सामाजिक सञ्जालले जुटायो उपचार खर्च

फागुन १९, तनहुँ | तनहुँको भानु नगरपालिका–१३ का सामाजिक अभियान्ता गलबहादुर गुरुङले  सामाजिक सञ्जाल मार्फत एक बालकको उपचार सहयोग खर्च जुटाउनुभएको छ । फोक्सो र कलेजोबाट पीडित सोही वडा निवासी १६ वर्षीय मनोज मौरातीको उपचारका लागि गुरुङले सामाजिक सञ्जालको प्रयोग गरी उपचारमा सहयोग पु¥याउन खर्च जुटाउनुभएको हो । 

फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि पीडित बन्नुभएका मौरातीको उपचारका लागि गुरुङको सक्रियतामा देश तथा विदेशबाट उपचार खर्च जुटाइएको छ । हालसम्म रु तीन लाख ५० हजार सङ्कलन भएको गुरुङले बताउनुभयो । 

सङ्कलित रकम दमौलीमा पीडित मौरातीलाई हस्तान्तरण गरिएको छ । उठेको रकममध्ये रु एक लाख ७८ हजार चार सय ७८ आज हस्तान्तरण गरिएको हो । बाँकी रकम भने यसअगाडी नै पीडितलाई हस्तान्तरण भइसकेको छ । 

बुबाको मृत्यु भइसकेको र घरको आर्थिक अवस्था कमजोर भएपछि मौरातीको परिवारले सहयोगको अपिल गरेको थियो । गुरुङले मौरातीको उपचारका लागि सहयोगको अपिल गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् अनुरोध गरेपछि तनहुँ घर भई विभिन्न देश पुगेका तथा जिल्लाबाहिर रहेकाहरुले सहयोग गरेका छन् । 

“अहिलेको सूचना प्रविधिको युगमा सामाजिक सञ्जालको प्रयोग गर्दै केही रकम सङ्कलनको प्रयास गरेका छौ, यो रकमले बालकको उपचारमा सहयोग पुग्ने विश्वास लिएका छौ,” गुरुङ भन्नुहुन्छ, “हालसम्म उठेको रकम पीडितलाई हस्तान्तरण गरेका छौ । अझैपनि केही दाताहरुले रकम हस्तान्तरण गर्न बाँकी छ ।”

गत भदौदेखि मौरातीले फोक्सो र कलेजोमा समस्या आएपछि औषधि सेवन गरिरहनुभएको छ । उपचारका क्रममा फोक्सो र कलेजोमा जुकाले अण्डा पारेको पत्ता लागेको थियो । “सुरुमा खोकी लाग्ने, वान्ता आउला जस्तो हुने लक्षण देखिएको थियो, पछि उपचारका लागि परीक्षण गराउँदा त्यस्तो रोग लागेको पत्ता लाग्यो,” पीडितका दाई कृष्ण मौरातीले भन्नुभयो, “घरको आर्थिक अवस्था राम्रो नभएपछि सहयोगको अपिल गरिरहेका छौ ।”

पीडित बालकको फोक्सोको ‘ओपन सर्जरी’ गरिएको छ भने कलेजोको सर्जरी गर्न बाँकी छ । “फोक्सोको ओपन सर्जरी सफल भइसकेको छ, दोस्रो पटक कलेजोको पाइपमार्फत् शल्यक्रिया गरिएको थियो, केही समयपछि चिकित्सकले पुनः उपचारका लागि बोलाएका छन्,” उहाँले बताउनुभयो । सबैले धेरैथोरै सहयोग गरिदिए बालकको उपचारमा सहयोग हुने भन्दै उहाँले सहयोगको अपिल गर्नुभएको छ । बालकको उपचारका लागि हालसम्म रु तीन लाख भन्दा बढी खर्च भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई