2026-09-16 04:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भूकम्पपीडितलाई कृषि उपकरण वितरण

जेठ २७, धनकुटा | प्रविधियुक्त आधुनिक कृषि प्रणालीको प्रयोगबाट कृषि उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले भूकम्पपीडित किसानलाई अनुदानमा कृषि औजार उपकरण वितरण गरेको छ । 

धनकुटा जिल्लाका विभिन्न क्षेत्रका रातो परिचयपत्र पाएका भूकम्पपीडित किसानलाई कृषि विकास मन्त्रालयको सिफारिसमा राष्ट्रिय पुनःनिर्माण कोषमार्फत प्राप्त छ प्रकारका आधुनिक उपकरण वितरण गरिएको हो । जिल्लाका किसानहरुलाई एकसय ४६ थान कृषि औजार उपकरण ९० प्रतिशत सहुलियतमा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ । 

किसानका लागि छ थान खेत जोत्ने मिनी टिलर, पाँच थान धान तथा गहुँ झार्ने थ्रेसर मेसिन र १० थान कर्नसेलर मेसिन वितरण गरी त्यसको प्रयोगबारेमा ज्ञान दिइएको थियो । 

यसैगरी, विभिन्न ग्रामीण क्षेत्रका लागि ४२ थान प्लाष्टिक पोखरी बनाउने सामग्री र दुई हजार २४४ थान बीउबिजन भण्डारण गर्ने हार्भेस्टिङ्ग ब्याग र १० थान थोपा सिँचाइमा प्रयोग गरिने सामग्री वितरण गरेको कार्यालयका प्रविधिज्ञ सूर्य सापकोटाले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयमा आवेदन परेकामध्ये ७३ भूकम्पपीडितलाई प्राथमिकताका आधारमा त्यस्ता सामग्री वितरण गरिएको जनाइएको छ । प्रविधियुक्त ती कृषि उपकरणहरु २२ लाख ५८ हजार रुपैयाँ मूल्य बराबरको रहेको कृषि विकास कार्यालयका प्रमुख भरत बिडारीले जानकारी दिनुभयो । 

जिल्लामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा प्रमाणित सूचीमा रातो कार्ड प्राप्त दुई हजार ७९६ घरधुरी भूकम्पपीडित रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग