पढ्न करिब 1 मिनेट लाग्छ

ताराबहादुर महत । चैत्र ५, दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले विभिन्न स्थानबाट ठुलो मात्रामा अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरुबाट खटेको प्रहरी टोलिले शनिबार जिल्लाका विभिन्न ठाउँबाट व्यक्तिहरुको घरमा अवैध रुपमा उत्पादन गरी विक्री वितरणका लागि राखिएको अन्दाजी दुई हजार लिटर घरेलु मदिरा नष्ट गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

प्रहरी टोलीले भिमेश्वर नगरपालिका तथा विगु, बैत्यश्वर, मेलुङ्ग, तामाकोशी, गौरीशंकर, शैलुङ्ग गाउँपालिकाका विभिन्न वडाहरुबाट घरेलु मदिरा उत्पादन गर्न राखिएको करिब ३ हजार ४ सय ७५ केजी कच्चा पदार्थ नियन्त्रणमा लिएर स्थानियहरुको रोहबरमा नष्ट गरिएको प्रहरी प्रमुख कार्कीको भनाई छ ।

अपराध न्युनिकरणको लागि अवैध रुपमा उत्पादित गाँजा तथा घरेलु मदिरा नियन्त्रण गर्ने अभियान अन्र्तगत मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।