Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-09-16 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

निर्मला पन्तको न्यायका लागि सिट्ठी जुलुस

भाद्र ३० । सास । दोलखा । निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नको पहिचान गरी कार्बाही गर्न शनिबार चरिकोटमा दबाबमूलक सिट्ठी जुलुश निकालिएको छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै दोलखा सदरमुकाम चरिकोटमा आज प्रदर्शन गरिएको हो । कार्यक्रममा महिला तथा बालअधिकारकर्मी सिर्जना कार्कीले निर्मलाको न्यायका निम्ति जस्तोसूकै परिस्थीतिको सामना गर्न आफुहरु तयार रहेको बताउनु भएको छ । कार्कीले किशोरीहरुले गाउँ, घर, सहर, बजार जुन सुकै ठाउँमा पनि आफु सुरक्षित भएको महसुश गर्न नपाएको प्रति दुख समेत व्यक्त गर्नुभयो । 

बलात्कारका घटनाप्रति सरकारले देखायो लाचारी, त्यसैले हाम्रो खबरदारी, चुप लागेर नबसौँ न्याय मर्न नदिऔं र मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार जस्ता विषय लेखिएका प्ले कार्ड बोकी सिठ्ठि फुक्दै गरिएको प्रदर्शनमा अधिकारकर्मी, बाल क्लबका प्रतिनिधि, युवायुवति लगायतको सहभागिता रहको थियो । कार्यक्रममा निर्मलाका निम्ति न्याय अभियानकी संयोजक विमला बुढाथोकी, बालअधिकारकर्मी राजन बस्नेत, किशोरी रेजिना उपे्रति लगायतले मन्तव्य राख्नुहुँदै नेपालमा दिनहुँ झै भैरहको बलात्कारको घटनाप्रति दुख व्यक्त गर्दै तत्काल दोषि पत्ता लगाई कानुनको कठघरामा उभ्याउनु पर्नेमा जोड दिनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल