अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकृषि गतिबिधीकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

रेशम खेती सङ्कटमा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

रेशम खेती सङ्कटमा

2018-12-19 13:04

–पेमा लामा

बनेपा, ४ पुस (रासस) : विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासीमा रहेको रेशम विकास केन्द्रको भवन बस्नै नसकिने गरी जीर्ण भएपछि रेशम खेती सङ्कटमा परेको छ ।

भूकम्पले क्षति पु¥याएपछि केन्द्रको मुख्य कार्यालयको भवनबाहेक अरु सबै बस्न नमिल्ने गरी जीर्ण बनेको कार्यालयका प्रमुख चूडामणि भट्टराईले बताउनुभयो । भवन जीर्ण बन्दै गएपछि किसानलाई आवश्यक पर्ने रेशमको फूल उत्पादन गरेर वितरण गर्ने र संरक्षण गर्ने काममा समस्या भएको छ । अहिले कोरिया र जापानबाट ल्याएका विभिन्न जातका रेशम कीरालाई संरक्षण गर्ने र फूल उत्पादन गर्ने एकमात्र केन्द्र भवन अभावका कारण सङ्कटमा पर्दै गएको छ ।

भूकम्पले चिरा पारेको भवनमा नै कर्मचारी बस्ने र कीरा संरक्षण, भण्डारण र अण्डा उत्पादन गर्दै आइरहेको कर्मचारी बताउँछन् । इञ्जिनीयरमार्फत लागत अनुमान तयार गरी सम्बन्धित निकायलाई पेश गरेको तर एकैचोटि सबै भवन बनाउने नसकिने र आउने आर्थिक वर्षमा क्रमशः एक दुई वटा गरी सुधार हुने सङ्केत मात्रै आएको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो ।

शुरुमा सो केन्द्रको काम कोकन (रेशम कीराले किम्बु खाएर बनेको डल्लो) खरीद गर्ने र अरु विभिन्न फार्मका कोकन पनि त्यहीँ आउने भएकाले धागो कातेर विक्री गर्ने भन्ने थियो तर पछि व्यवसाय गर्ने किसानले आफैँ धागो कात्न थालेपछि अहिले केन्द्रले धागो कात्न बन्द गरेको उहाँले बताउनुभयो । धागो कात्ने काम बन्द भएपछि धागो प्रशोधन एकाइ भवन पनि बन्द छ ।

यो केन्द्र मुलुकको सङ्घीय संरचनाअन्तर्गत राष्ट्रिय फार्मको रूपमा चिनिन्छ । रेशम खेती गर्न २०३२ सालमा स्थापना गरिएको केन्द्र नेपालमा रहेका विभिन्न नौ वटा फार्म केन्द्र र रेशम खेतीमा संलग्न केन्द्रको पनि केन्द्र हो । फार्ममा चार हजार किसानलाई लक्षित गरेर कार्यक्रम सञ्चालन हुँदै आएको छ । विदेशबाट आयात गरिएका रेशम कीराका विभिन्न ३५ जातलाई जातीय संरक्षण गर्ने र उपयोग गर्ने हिसाबले केन्द्रले काम गरिरहेको छ ।

तापक्रम अनुकूलको सहन सक्ने र खेती गर्न सुहाउँदो स्थानमा उपयुक्त जातको कीरालाई क्रसिङ गरेर फूल उत्पादन गर्ने र वितरण गर्ने कामसमेत सो केन्द्रले गर्दै आएको छ । किसानको माग र आपूर्तिको आधारमा कार्ययोजना बनाई बजेट तर्जुमा गरिने कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो । “मागकै आधारमा यो वर्ष दश हजार बाकस अण्डा उत्पादन गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “त्यसमध्ये तीन हजार जति फार्महरूले लाने र बाँकी अण्डा किसानलाई सोझै विरतण गर्ने योजनामा छौँ ।”

करीब १२६ रोपनी जग्गा रहेको केन्द्रको करीब १०० रोपनी जग्गामा किम्बुको बगैँचा लगाइएको छ । ती किम्बु बगैँचा व्यवस्थापन गर्ने, काँटछाँट गर्ने, मलखाद दिने, सिँचाइ गर्ने र गोडमेल गर्ने काम नियमितरूपमा हुँदै आएको छ ।

केन्द्रले रेशम कीरा पाल्ने र त्यसका लागि जनशक्तिसमेत व्यवस्थापन गर्ने काम गर्दै आइरहेको छ । कृषकस्तरको र अधिकृतस्तरको रेशम कीरापालनसम्बन्धी सात दिने, १५ दिने ३५ दिने तालीम समेत सञ्चालन गरिन्छ । वर्षमा दुई÷तीन वटा तालीम सञ्चालन भइरहेको भट्टराईको भनाइ छ ।

परियोजनाले साथ छोडेपछि केन्द्र सुनसान जस्तै

शुरुमा सरकारीभन्दा परियोजनाकै नमूनाको रूपमा काम शुरु भएको थियो । त्यो बेलामा फार्म केन्द्रमा स्रोत साधन प्रशस्त भएको र किसान पनि आकर्षित भएकाले रेशम फष्टाएको अवस्था थियो । परियोजनाले हात झिकेपिछ नेपाल सरकारको बजेटबाट कार्यक्रम सञ्चालन हुँदा अवस्था खस्कँदै गएको हो ।

अहिले फार्म व्यवस्थापन गर्ने, कीरालाई संरक्षण गर्ने र त्यसको भण्डारण गर्ने काम मात्र भइरहेको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो । परियोजनाले हात झिकेपछि अहिले किसान लक्षित अनुदानका कार्यक्रम र नमूना फार्मको रूपमा स्थापना गर्ने कुनै लक्ष्य नभएको उहाँको भनाइ छ ।

शुरुमा कोइका (कोरियाली संस्था ) जाइका (जापानी संस्था) को सहयोगमा २०४६/०४७ सालसम्म सञ्चालन भएको र त्यसपछि ती सहयोगी निकायले साथ छोडेपछि नेपाल सरकारकै सहयोगमा सञ्चालन हुँदै आएको कार्यालय प्रमुख भट्टराईको भनाइ छ ।

रेशम कीराको एकपुस्ते, दुईपुस्ते र बहुपुस्ते भन्ने जात हुन्छ । एकपुस्ते जातको रेशम कीरालाई किम्बुको पात पलाएका बेला वर्षको एकपटक मात्र पालिने हुनाले समस्या हुँदैन । दुईपुस्ते जात चैत–वैशाख र भदौ–असोजमा पालिने र त्यो बेलामा पनि पात झरेको बेला नहुने भएकाले खासै समस्या पर्दैन । तर बहुपुस्ते जातका लागि वर्षैभरि पात चाहिने भएकाले यस वर्षबाट निरन्तर किम्बुको पात पलाउने काम गर्नका लागि प्लाष्टिक घर बनाएर खेती शुरु गरिएको भट्टराईले बताउनुभयो । त्यसअघि मौसमअनुसार पात नझर्ने ठाउँ कहिले धुनिबेँसी फार्म र कहिले चितवनमा लगेर बहुपुस्ते जातका किरा पाल्ने गरिएको थियो ।

कार्यालय प्रमुख भट्टराईले राज्यको दृष्टिकोणमा नै रेशमलाई प्राथमिकताका साथ हेर्ने दृष्टिकोणमा कमी आएकाले भनेजस्तो विकास गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब त्यस्तो हुँदैन, मैले आफ्नै पहलमा मन्त्रालयमा नमूना फार्मको रूपमा विकास गर्न योजना पेश गरेको छु र मन्त्रालयका सचिव र निर्देशकलाई नै ल्याएर अनुगमन गर्न लगाएर बजेट समेत माग गरिसकेको छु, बजेट स्वीकृत हुने आशा भएकाले अब फार्ममा सुधार हुने सङ्केत देखिएको छ ।”

एक रोपनी जग्गामा एक मौसममा एक बाकस कीरा पाल्न सकिने प्राविधिकको भनाइ छ । एक बाकस कीराबाट ६० किलोग्राम रेशमको कोकन उत्पादन गर्न सकिन्छ । एक किलोग्राम रेशमको मूल्य सरकारले रु ५०० बनाएको छ । भट्टराईका अनुसार नेपालमा वार्षिक २० टन कोकन उत्पादन हुने गरेको छ ।

सत्र जनाको दरबन्दी रहेको केन्द्रमा अहिले १६ कर्मचारी कार्यरत छन् । जिल्लामा दाप्चा, महादेवस्थान, कोशीपारिलगायतका क्षेत्रमा रेशम खेती हुँदै आएको छ ।

Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply