2026-09-14 11:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुन्तला बारीमा पुगे गण्डकी प्रदेशका कृषिमन्त्री थापा

 पुस ५, स्याङ्जा  (रासस) | गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिको विकास बिना देशको विकास असम्भव रहेको बताउनुभएको छ । 

रोजगारीको खोजीमा देशको युवा शक्ति विदेशिएको बताउँदैै अब देशभित्रै सम्भावनाको खोजी गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने योजनामा गण्डकी प्रदेश सरकार रहेको र सोही अभियानका क्रममा आफू कृषकका समस्या बुझ्नका लागि सुन्तला बारी खाल्टेमा आएको बताउनुभयो । 

मन्त्रालयले वालिङ नगरपालिका–४ सुन्तला बारी खाल्टेमा बुधबार आयोजना गरेको कृषकसँग मन्त्री कार्यक्रममा मन्त्री थापाले किसानका समस्या नजीकबाट बुझ्ने र उनीहरुका समस्या समाधान गर्ने उद्देश्यले मन्त्रालयले कृषकसँग मन्त्री कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । मन्त्री थापाले किसानलाई हावापानी सुहाउँदो व्यावसायिक खेतीमा लागेको खण्डमा राम्रो उत्पादन गर्न सकिने र किसानलाई आफ्नो व्यवसायमा स्थापित हुन सहज हुने बताउनुभयो । 

‘एक स्थानीय तह एक वातावरणमैत्री गाउँ’ बनाउने योजनामा मन्त्रालयले तयारी गरेको बताउँदै मन्त्री थापाले एक पालिका एक हाट बजार, एक वडा एक कृषि उपज सङ्कलन केन्द्र र एक तह एक कोल्ड स्टोर बनाउने योजना मन्त्रालयले बनाएको बताउनुभयो । प्रदेशले राम्दी र मुग्लिनमा क्वारेनटाइन चेकपोष्ट बनाउने तायरी गरको बताउँदै यसले अस्वस्थ्य तरकारी माछा मासु तथा पशुपक्षी आयात रोकिने मन्त्री थापाको भनाइ रहेको छ । 

किसानका समस्या र आवश्यकताको पहिचान गरी योजना बनाउने उद्देश्यले कृषकसँग कृषिमन्त्री कार्यक्रम सञ्चालन गरिएको मन्त्रलायका सचिव शरदचन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले कृषि तथा पशुपक्षीको सम्भावना भएका क्षेत्रको पहिचान गरी मन्त्रालयले पाँचौँ कार्यक्रमका रुपमा सुन्तला बारी खाल्टेमा कृषकसँग अन्तरक्रिया गरिएको बताउनुभयो । 

सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष खेमराज गुरुङले आफूहरुले उत्पादन गरेका सुन्तला र तरकारीले बजार नपाएको गुनासो गर्नुभयो । खाल्टेमा सिँचाइको समस्या, सुन्तला खेतीमा लागेको रोग नियन्त्रणका लागि सहयोग गर्न आग्रह गर्नुभयो । एक हजार २०० मिटरको उचाइमा रहेको सुन्तला बारी खाल्टेमा गत आवमा २३ लाखको सुन्तला बेचेको र यस आवमा ५६ लाखको उत्पादन र पाँच वर्षभित्र डेढ करोड मूल्य बराबरको आम्दानी गर्ने लक्ष्य रहेको गुरुङले बताउनुभयो । 

कार्यक्रममा किसानले चितुवा, दुम्सी, बाँदर, मृगलगायत वन्यजन्तुले खेतीपाती तथा तरकारी खेतीमा क्षति पु¥याएकाले यसको नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरेका थिए । वालिङ नगरपालिकाका प्रमुख दिपीप्रताप खाँणले नगरपालिकाले बाँदरलगायत वन्यजन्तु नियन्त्रणका लागि यन्त्रको विकास गरिरहेको र त्यस यन्त्रलाई वन्यजन्तुको प्रभाव भएका ठाउँमा राखेर किसानका उत्पादनलाई सुरक्षित गरिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ