2026-09-13 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषक मल नपाएर भारतीय बजार जान बाध्य

साउन १, रुपन्देही | मलको अभाव भएपछि यहाँका कृषकहरु भारतीय बजार जान बाध्य भएका छन् । 

प्रदेश नं ५ को प्रदेशसभाको विशेष समयमा बोल्दै प्रदेशसभासदस्य भुवनेश्वर चौधरीले वर्षाको समयमा पनि मल र आधुनिक औजारबाट कृषक वञ्चित भएको बताउनुभयो । 

नेपालमा मल नपाएर भारतीय बजारमा कृषक मल लिन जाँदा भारतीय प्रहरीले दुःख दिने गरेको उल्लेख गर्दै प्रदेशसभाका सदस्य अष्टभुजा पाठकले रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा जनताको तटबन्ध कार्यक्रममा टेण्डर भए पनि अहिलेसम्म काम नभएको आरोप लगाउनुभयो । 

उहाँले सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै सरकारले कृषकको समस्यालाई बेवास्ता गरेको बताउनुभयो । 

अर्का सदस्य दीपेश थारूले बर्दियाको केरवा गाउँपालिकामा जङ्गली हात्तीको आतङ्कले ३० घरमा क्षति पुगेको र १० घरपरिवार विस्थापित भएको उल्लेख गर्दै हुलाकी सडकमा पर्ने शक्तिघाट पुलको व्यवस्थापन नहुँदा त्रासको वातावरण सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी अड्डामा संस्थागत रुपमा भ्रष्टाचार भएको छ, यसको छानबिन गर्नुपर्छ ।”

अर्का सदस्य बसिउद्दिन खाँले रुपन्देहीको भैरहवामा रहेको ज्वेलर्स पसलमा लुटपाट भएको र जनताको जीउधनको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै ग्रामीण भेगमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न माग गर्नुभयो । 

सदस्य इन्द्रप्रासद खरेलले अनुगमनमा जाँदा केही ठेकेदारले काम नै नगरेको देखिएको जानकारी दिँदै अनुदानको रकम दुरुपयोग भएकोमा चिन्ता व्यक्त गर्नुभयो । 

त्यस्तै प्रदेशसभा बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । 

सो विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै प्रदेशसभाका सदस्य कृष्ण न्यौपानेले मुलुकको समृद्धि र आर्थिक उत्पादन वृद्धिका लागि विधेयक आवश्यक भएको बताउनुभयो । 

प्राइभेट फर्म दर्ता गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य युवराज खनालले आर्थिक स्रोतको व्यवस्थापन गर्न विधेयक आएको धारणा व्यक्त गर्नुभयो । 

दुवै विधेयकमाथि भएको सैद्धान्तिक छलफलको जवाफ दिँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले कानूनको स्पष्ट अभाव भएका कारण व्यवसायीलाई पर्ने अप्ठ्यारा फुकाउन र करबाट फाइदा लिन निजी क्षेत्रलाई सहज होस् भनेर विधेयक आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन