बुटवल, ९ साउन । रुपन्देहीमा तरकारीमा किसानले कडा खालको विषादी प्रयोग गर्ने गरेका पाइएको छ ।

तरकारी खेतीमा प्रयोग गरिने विभिन्न किसिमका विषादी बिक्री वितरण गर्दै आएका एग्रोभेट सञ्चालकका अनुसार किसानले सामान्य विषादी प्रयोग गर्न छाडेका छन् । जति बढी विषादीको प्रयोग भयो त्यति नै बढी समयसम्म तरकारीमा विषको असर रहन्छ ।

कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले जिल्लाका सूर्यपूरा, खुदाबगर, पटखौली, सिक्टहन लगायतका क्षेत्रमा बढी विषादी प्रयोग भएको बताउनुभयो । तरकारीमा अत्यधिक प्रयोग गरिने विषादीमा रोगट (अर्गानो फोस्टेट), करेन्ट (काबोमेड्स) र सिन्थेटिक पाइरेथ्रोइडस समूहका विषादी तरकारीमा अधिक प्रयोग हुन्छ र यिनीहरुको असर कम्तीमा एक महिनासम्म रहन्छ ।

सामान्यतया विषादी हालिसकेपछि त्यसको असर तीन दिनदेखि एक महिनासम्म रहने गर्दछ । तर पछिल्लो समय कृषकले विषादीको डोज बढाउन थालेपछि त्यसको असर लामो समयसम्म रहने गरेको छ । कृषकलाई विषादीको प्रयोग कम गर्न जनचेतना फैलाउने र विषादी प्रयोगको न्यूनीकरणका लागि प्रयास भइरहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले बताउनुभयो । रासस

तरकारीमा किसानले कडा खालको विषादी प्रयोग गर्ने गरेको खुलाशा