अभिमनु पटेल । साउन १५,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु पटेल । साउन १५, 
2026-09-11 11:58 PM
कृषि गतिबिधी

रौतहटमा तस्कर मालामाल, किसान कंगाल

अभिमनु पटेल । साउन १५, रौतहट । रौतहट जिल्लाको पश्चिमी नाकाबाट अहिले व्यापक रुपमा तस्करी भइरहेको छ । जिल्लाको बंकुल, नरकटिया, रामपुरखाप , जोकहा घिउरा , जयनगर ,महुलिया ,औरैया, बेलबिछवा, महादेवपटी, गौर भंसार,ब्रहम्पुरी बान्जाराहा, नाका हुदै भारतीय मलखाद खुला रुपमा तस्करी भईरहेको छ तर पनि प्रहरी प्रशासन मौन रहेको पाईएको छ ।

तस्करहरु अहिलेको समयमा खूल्ला सिमानाको फाईदा उठाउदै भारतको घोडासहन, छौडादानो, चैनपुर आदापुर लगाएतको बजारहरुबाट खूल्याम युरिया, डिएपी जस्ता मलखाद्यहरु ल्याएर रौतहटको बंकुल, कटहरीया, बिजयपुर, गरुडा , पिपरा, लगाएतका बजारहरुमा लाखौं लाख मुल्य बराबरको  पुरयाई रहेका छन । नेपाल र भारत दुबै देशका तस्करहरुले मिलेर खुल्याम तस्करी गरिरहेको छ ।सशस्त्र प्रहरी आउट बोडर पोष्ट रामपुरखापका प्रहरी इन्सपेक्टर खाद तस्कर संग छिनेर भन्सार नबुझाए मछली पाल्न गर्ने व्यक्ति संग सबै खाद बेचिरहेको त्यहाका स्थानिय जनताले बताएका छन ।

अहिले खेतमा लगाईएको धानमा खाध छर्न किसानलाई चटारो छ र प्रत्येक वर्ष अहिलेको समयमा धानमा छर्नको लागि किसालाई मलखाध चाहिन्छ तर नेपालमा सस्तो मूल्यमा मलखाध पाईदैन र भारतमा सस्तो मूल्यमा नै मलखाध भेटिरहेकोले तस्करहरु अहिले प्रहरी प्रशासन सँग मिलेर नै मलखाधको तस्करी गरिरहेको बताउनु हुन्छ कटहरीयाका राम बालक राउत । भारतीय तस्करहरुले सिमाना क्षेत्र स्थित रहेको प्रहरीलाई मोटो रकम दिई खुल्याम रुपमा भारतबाट भारतीय मलखादहरु नेपाल भित्रयाईरहेको स्थानियहरुले दाबि गर्नुहुन्छ । भारत र नेपाल दुबैदेशका केही तस्करहरुले नेपाल भारत नाकामा रहेको प्रहरी प्रशासनलाई मोटो रकम दिई खुल्याम रुपमा तस्करी गरिरहेको सरमुज्वा गा.वि.स. वडा न. ७ बस्ने समाज सेवी बिजय कुश्वाहा  बताउँछन् ।

आफुहरुले आफनो खेतमा प्रयोजनको लागि भारतबाट १ बोरा यूरिया वा डिएपी खाद ल्याउँदा प्रहरी प्रशासनले आफुहरुलाई रोकेर १ बोरा खाधको ५० रुपैया लिनेगरेको र अनावश्यक गाली गलौज गरेर दुखदिरहेको तर त्यही मलखाध तस्करहरु लिएर आउँदा प्रहरी प्रशासन उनिहरुलाई कुनैरोक्टोक नगर्ने गरेको गुनासो किसानहरुले गरेको छ । किसानहरुले तस्करसंग यहाँको प्रहरी प्रशान मिलेको आरोप लगाएको छ तर तस्करसंग प्रहरीको कुनै मिलोमतो नरहेको प्रहरी चौकी बंकुल इन्चार्ज शिवशंकर शर्माले बताएका छ । प्रहरीको उदासिनताको कारण पनि यहाँ तस्करी मौलाउँदै गएको जानकारहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस