By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    6 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    6 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    7 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    7 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    13 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    12 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: तिलोत्तमामा ६० बिघामा चक्लाबन्दी आलु खेती
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > रुपन्देही - RPD > तिलोत्तमामा ६० बिघामा चक्लाबन्दी आलु खेती
कृषि गतिबिधीरुपन्देही - RPD

तिलोत्तमामा ६० बिघामा चक्लाबन्दी आलु खेती

साझासवाल
Last updated: November 2, 2020 6:48 am
साझासवाल
4 Min Read
Share

 कात्तिक १७, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सामूहिक आलु खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी आलुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई व्यवसायिक आलु खेतीतर्फ अग्रसर गराउँदै ६० बिघा जग्गामा आलु खेती शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

तिलोत्तमा नगरपालिकाको रु एक करोड १५ लाख, अन्तर्राष्ट्रिय दातृ निकाय युएनडिपीको रु ९४ लाख र किसानको रु ५२ लाख गरी कूल रु दुई करोड ६१ लाखको लागतमा स्थानीय प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा सञ्चालन गरिएको आलुको बिजवृद्धि परियोजनामार्फत् किसानलाई ७५ प्रतिशत अनुदानमा बिउ, मल र कृषि उपकरण उपलब्ध गराइएको छ ।

निर्वाहमुखी खेतीप्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न युएनडिपीको सहयोगमा सहकारीमार्फत बिजवृद्धि परियोजना सञ्चालन गरिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । किसानलाई आलुखेतीको बारेमा आवश्यक ज्ञान, सीप प्रदान गर्न कृषि प्राविधिक तथा विज्ञ गरी चारजना र ‘ग्रीन भोलिन्टियर’ (स्वयंसेवक) ६ जना खटाइएको छ । सामूहिक आलु खेतीको नेतृत्व र व्यवस्थापन प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले गरेको छ ।

यसअघि घरपरिवारको लागि मात्र खपत हुने आलुखेती गर्ने किसानले यो वर्ष परियोजनामार्फत सात बिघासम्मको एउटै प्लटमा आलु खेती गरेका छन् । विभिन्न वडाका २० वटा समूह सामूहिक आलु खेतीमा आवद्ध रहेको सहकारी संस्थाकी अध्यक्ष सीता न्यौपानेले बताउनुभयो । 

यो वर्ष बिजवृद्धिको लागि अधिकांश क्षेत्रमा पहिलो र दोस्रो पुस्ताको आलु खेती गरिँदैछ । यो वर्ष उत्पादित आलुलाई अर्को वर्ष बीउको रुपमा बिक्री गर्नेगरी कोल्डस्टोरमा राख्नेसम्मको योजना रहेको सहकारी संस्थाकी व्यवस्थापक जमुना गिरीले जानकारी दिनुभयो । 

परियोजनाले समूहलाई आलुको ड्याङ्ग बनाउने, उकेरा लगाउने, फसल खन्नेलगायत काममा प्रयोग हुने रु १७ लाख बराबरका ११ वटा पावर टे«लर मेसिन उपलब्ध गराएको छ । 

नगर प्रमुख घिमिरेले आलुबाहेक अन्य सिजनमा समेत सामूहिक र चक्लाबन्दी खेती गर्न किसानलाई आग्रह गर्दै चक्लाबन्दीमा खेती गर्ने किसानलाई नगरपालिकाले सधैं प्रोत्साहन गर्ने बताउनुभयो । व्यवसायिक खेती गर्ने किसानलाई सरकारी अनुदानमा प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । 

यस क्षेत्रमा गुणस्तरीय बीउ उपलब्ध नभइरहेको अवस्थामा परियोजनाअन्तर्गत उत्पादित बीउले आगामी वर्षहरुमा आलुको उत्पादन वृद्धिमा ठूलो सहयोग पु¥याउने नगरपालिकाको अपेक्षा छ । निर्वाहमूखी आलु खेती गरेका किसानले मूल्य चुकाउँदा समेत गुणस्तरीय बीउ नपाउँदा लागतअनुसारको उत्पादन लिन सकेका छैनन् । नगरपालिकाले आलु उत्पादक कृषक समूहलाई दिगो बनाउन आगामी वर्षमा समेत बजेटको यथोचित व्यवस्था गर्ने नगर प्रमुख घिमिरेले बताउनुभयो । आलुको आयात प्रतिस्थापन गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने नगरपालिकाको विश्वास छ । 

समूहहरुमध्ये वडा नं. १० को दूर्गामन्दिर अन्नबाली उत्पादक कृषक समूहले सबैभन्दा बढी सात बिघामा आलु खेती शुरु गरेको छ । यस्तै वडा नं. ७ को दर्शनटोला खाद्यान्न कृषि समूहले ६ बिघा, वडा नं. १० को धानखेतमा माछा पालन कृषक समूह, वडा नं. १२ को समैंया मकै उत्पादन कृषि समूह, वडा नं. १६ को बिउली आधुनिक तरकारी उत्पादक कृषक समूहले पाँच÷पाँच बिघामा आलु खेती गरेका छन् । 

यस्तै वडा नं. ७ का सेमरा बजार तरकारी उत्पादक कृषक समूह, पंगेनी खाद्यान्न बाली उत्पादक कृषक समूह, वडा नं. ११ का प्रजारानी कृषक समूह, आधुनिक तरकारी बाली उत्पादक कृषक समूह, कमलपोखरी कृषक समूह, वडा नं. १२ को बुद्धभूमि तरकारी उत्पादक कृषक समूहले तीन÷तीन बिघामा आलु खेती गरेका छन् । वडा नं. ४ का क्षितिज नमूना कृषक समूह, विष्णुभक्त तरकारी उत्पादक समूह, महिला जनसेवा आलु उत्पादक सहकारी संस्थाले साढे दुई बिघामा आलु खेती गरेका छन् । 

यसैगरी वडा नं. १० को कोटहीमाई अन्नबाली उत्पादक कृषक समूहले दुई तथा रोहिणी अन्नबाली उत्पादक कृषक समूह, कुञ्ज तरकारी उत्पादक कृषक समूह, चन्द्रसूर्य खाद्यान्न उत्पादक कृषक समूह, आर्दश तरकारी बाली उत्पादक समूह र प्रगतिशील महिला विकास सहकारीले एक÷एक बिघामा आलु खेती गरेका छन् ।  रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो
Next Article बागलुङको बोबाङमा बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMकृषि गतिबिधी

कृषियोग्य जमिन कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

57 years ago
काठमाडौँ - KTMरुपन्देही - RPDसमाज

उपचार गर्न नसकेर मृत्यु कुर्दै नेपालीः भाग्यमानी ग्रुपद्धारा सहयोग

57 years ago
कपिलवस्तु - KPLकृषि गतिबिधी

कपिलवस्तुका उखु किसान अनशनमा

57 years ago
रुपन्देही - RPDसमाज

प्रदेश ५ मा सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?