वैद्य माओवादीका अधिकांश नेता सशस्त्र संघर्षको पक्षमा
पुस ९, काठमाडौँ । निर्वाचनपछि संगठन सुदृढीकरण, विस्तार र निर्वाचन समीक्षा गर्न बसेको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले सशस्त्र संघर्ष गर्नुको विकल्प नरहेको बताए ।