चैत २, मुस्ताङ । विश्वको सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल जोड्ने जोमसोम– तिलिचो पदमार्ग मर्मत हुनसकेको छैन । 

पर्यटकीय मौसम सुरु हुन ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २, मुस्ताङ । विश्वको सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल जोड्ने जोमसोम– तिलिचो पदमार्ग मर्मत हुनसकेको छैन । 

पर्यटकीय मौसम सुरु हुन ला"/>

2026-09-08 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जोमसोम-तिलिचो पदमार्ग मर्मत हुनसकेन


चैत २, मुस्ताङ । विश्वको सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल जोड्ने जोमसोम– तिलिचो पदमार्ग मर्मत हुनसकेको छैन । 

पर्यटकीय मौसम सुरु हुन लागेपनि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र जिल्ला समन्वय समिति मुस्ताङले आवश्यक चासो नदेखाउँदा पदमार्ग मर्मत हुन नसकेको हो । जोमसोम, ठिनी, याखर्क हँुदै तिलिचो पुग्ने छोटोदुरीको पदमार्ग सञ्चालन भए पनि त्यसको मर्मत हुन नसक्दा पर्यटक मनाङ हँुदै घुमाउरो मार्ग प्रयोग गर्न बाध्य भएका छन् । 

समुद्री सतहदेखि चार हजार ९१९ मिटरको उचाइमा अवस्थित तिलिचो आकर्षक पर्यटकीय गन्तव्य भए पनि त्यहाँ पुग्न भरपर्दो पदमार्गको अभाव छ । मुस्ताङको थोराङला पास हँुदै त्यहाँ पुग्न सकिने भए पनि जोमसोम, ठिनी र याकखर्कको मार्गलाई सञ्चालनमा ल्याउनसके पर्यटकको आवागमन बढ्ने ठिनीका अगुवा आश्बहादुर थकालीले बताउनुभयो । 

“गत वर्षदेखि यो पदमार्ग मर्मत हुनसकेको छैन, हिउँले विभिन्न ठाउँमा पदमार्ग भत्किएको छ”, उहाँले भन्नुभयो, “हामीले एक्याप र जिससलाई निरन्तर दबाब दिएका छौँ, तर मर्मत भएको छैन ।” एक्यापको तथ्याङ्कअनुसार विभिन्न रुटको प्रयोग गरेर तिलिचो तालमा बर्सेनि १० देखि १५ हजार पर्यटक पुग्ने गरेका छन् । 

जोमसोम भित्रिने बाह्य पर्यटकलाई जोमसोम–तिलिचो पदमार्गबाट त्यहाँ पु¥याउन पर्यटन व्यवसायीले प्रयास गर्दै आए पनि त्यो सफल हुन सकेको छैन । यो पदमार्गबाट दुई दिनमै तिलिचो ताल पुग्न सकिन्छ । जोमसोमबाट याकखर्क बास बसेर भोलिपल्ट तिलिचो पुग्न सकिन्छ । पदमार्गका लागि होर्डिङ बोर्डदेखि होटल लजको समेत अभाव भएको ठिनीका युवा निरज थकालीले बताउनुभयो । 

उहाँका अनुसार, पश्चिममा पर्ने नीलगिरि हिमालको फेंदमापर्ने नमखुलेक पहाडको भौगोलिक विकटता र मेसोकोन्दोको अप्ठ्यारो ढङ्गे पदमार्गले पर्यटकलाई असहज बनाएको छ । नमखुलेकदेखि मेसोकोन्दो पहाडको तिन किलोमिटर पदमार्ग छिचोल्न पर्यटकलाई समस्या हुने अवस्था छ । 

मेसोकोन्दोदेखि तिलिचो ताल एक घन्टाको दुरीमा छ । एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले जोमसोम– तिलिचो पदमार्गको सम्भावना बढी भए पनि मर्मत सम्भारमा ढिलाइ भएको बताउनुभयो । “सबै निकायसँग समन्वय गरी हामीले त्यो मर्मत गर्नेछौँ”, उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल