2026-10-28 09:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एउटै वडा जैसीथोकमा मात्रै एक करोड बढि वजेट

प्रेम सुनार/असोज १, धुर्कोट गाउँपालिका । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ४ साविकको जैसीथोक गाविसमा यस वर्ष झण्डै एक करोड विकास वजेट विनियोजित भए पछि त्यहाँको विकास कार्यले ह्वात्तै फड्को मारेको छ । 

अघिल्लो आर्थिक वर्षमा जम्मा करिव ३० लाख वजेट पर्ने गरेको थियो तर स्थानिय तहको  निर्वाचन सकिए लगत्तै प्रचण्ड नेतृत्वको सरकारको पाला देखि एउटै वडामा यति ठुलो रकम विनियोजित भएको त्यसका वडाध्यक्ष मानबहादुर कुँवरले बताए । 

कुँवरका अनुसार यस अर्थिक वर्षमा त्यस वडाका विभिन्न विकास निर्माणमा कुल १ करोड १९ लाख रमम विनियोजित भएको छ । धुर्कोट गाउँपालिकाको गाउँ सभाले पहिलो प्राथामिकता गरिवी निवारणलाई दिएको छ । 

जस अन्तर्गत विपन्न परिवारलाई आय आर्जनमुलक कार्यक्रमका लागि सिलाई कटाई थथा आईरन तालिमका लागि १ लाख ५० हजार  विनियोजन गरिएको छ । वर्षाै देखि जिर्ण रहेको छामथुम सिंचाई योजनाको मर्मत सम्भारका लागि ४ लाख रकम परेको छ । 

 भुवान प्रतिक्षालय तथा थाम मन्दिर संरक्षणका लागि . दुई लाख , विष्णुदेवि मन्दिर खाला पँधेरा  संरक्षणका लागि २ लाख , ठाडु∙ा मैदान गरा सिमलपाटा कुलो मर्मतका लागि १ लाख ५० हजार विनियोजन गरिएको छ । कुमारीदेवि मन्दिर क्षेत्र व्यवस्थापन तथा पार्क निर्माणका लागि १५ लाख रुपैयाँ परेको छ ।

जैसीथोक कालापोखरा खेल मैदान निर्माणका लागि ५ लाख , गोलपोखरी लाँकुरीपाटा अर्चलपोखरा मोटरबाटाका लागि १ लाख ५० हजार , लाहँटा कल्लाटा गोलपोखरी र ठुल्दी रातापोखरा काला पोखरा घोडेटो बाटो मर्मतका लागि १ लाख रुपैयाँ विनियोजन भएको छ ।

गोपे चिलिखोला विरौटा रौताडी गोरेटोबाटो मर्मतका लागि  १ लाख , भुवानी गौरावारी पिपलनेटा मोटरबाटो मर्मतका लागि ४ लाख , गोपे चिलीखोला रौताडी मोटरबाटो निर्माणका लागि ४ लाख , गोपे छिलिम्पे मोटरबाटो निर्माणका लागि ५ लाख रकम परेको छ । 

घुम्टी मानडाँडा वरबोट मोटरबाटो निर्माणका लागि ४ लाख , हिमचुली महिला समुहकाृे भवन मर्मतका लागि १ लाख , कुमारीदेवि मन्दिर तथा सामुदायिक भवन मर्मतका लागि १ लाख ५० , जैसीगाडे लि  टी सिस्टम खानेपानी योजना पनि यसै आर्थिक वर्षबाट  १० लाख रकम विनियोजन गरेर सुरु गरिएको छ ।

हुलाको भुवना नयाँगाउँ सुन्दर पोखरा मोटरबाटो मर्मतका लागि ६ लाख पारिएको वडाध्यक्ष कुँवरले बताए । त्यस्तै नयाँगाउँ ठुल्दी राता पोखरा वोरबोट जोड्ने कार्य पनि यसै वर्षबाट सुरु गरिए पछि हिडेर तिन घण्टाको वाडो हिड्नु पर्ने ति दुवै वडाका जनता लाभान्वित हुने भएका छन् ।

त्यसका लागि १५ लाख पारिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिए । उनका अनुसार वर्षायाममा विग्रिएको सडक ममर्तका लागि प्रत्येक वडामा तिन लाखका दरले २१ लाख रुपैयाँ विनियोजन गरेर सडक सुुचारु गर्ने काम पनि भई रहेको छ । 

त्यस गाउँपालिकाकी प्रवत्ता कविता बिकका अनुसार धनमुढा नादी वरवोट सडकका लागि पनि १५ लाख रुपैयाँ परेको छ । वरवोट ईन्दिरा मावि दुवानेटा थेप्चे मोटरबाट निर्माणका लागि ८ लाख रुपैयाँ परेको छ । धुर्कोट गाउँपालिकामा यस आर्थिक वर्षमा कुल २७ करोड ६२ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिका प्रमुख पोखरेलले जानकारी दिए ।

दुई वर्ष भित्र खरको छाना रहित घर  निर्माण गर्ने चुनावी घोषण पत्रलाई सकार पार्न यस आर्थिक वर्ष १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको गाउँ पालिका उपप्रमुख शिवबहादुर खत्रीले जानकारी दिए ।  धुर्कोट  गाउँपालिका भित्र करिव ५ सय घरधुरी खरका छाना रहेको छन् । 

ति मध्ये अधिकांस दलित र जनजाती समुदायका रहेका छन् । साविकका वाग्ला अहिलेको वडा  नम्वर ६ का दलित वस्तीले अव छि टै मुहार फेर्ने वडाध्यक्ष भिमप्रसाद पन्थी बताउँ छन् । धुर्कोट रजस्थलको दलित वस्तीमा पनि उस्तै अवस्था रहेको र त्यहाँ दलितहरु गाृउँपालिकाको यो अभियानले हर्षित बनेको वडाध्यक्ष कृष्णबहादुर नेपालीले बताए । 

धुर्कोटको ईतिहाँसमा  दलित समुदायबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधी हुने नेपाली पहिलो ब्यक्ति हुन् । धुर्कोट वडा नम्वर २ साविकको पिपलधारामा भने दलित समुदाय भन्दा बढि जनजाती विपन्न रहेको र पछाडी परेका सवै जातजातीको उत्थानका लागि विभिन्न कार्यक्रमहरु वडामा पारिएको वडाध्यक्ष नविन जिसीले बताए । 

वडा नम्वर १ कमल थापाले पनि एक करोडकै हाराहारीमा यस वर्ष रकम विनियोजन भएको र यहि क्रमले निरन्तरता पाए आगमी ५ वर्ष भित्रमा विकासले ठुलो फड्को  मार्ने बताए । वडा नम्वर ३  हाडहाडेका वडाध्यक्ष विष्णुबहादुर श्रीस्ले बताए । 

वडा नम्वर ५ वस्तुका अध्यक्ष ढुण्डीराज भण्डारीले  विभिन्न विकास निर्माणको गतिविधीका विषयमा आज उपभोक्ताहरुको भेला आयोजना गरिएको जानकारी दिए ।  उनले अव वर्षऔं देखि जनताले चाहेर पनि गर्न नसकिएका विकास निर्माणहरु सुरु गर्न लागिएको बताए । 

 आज देखि मदिरा बेच्न बन्देज 

केहि दिन अघि मदिरा नियन्त्रणका लागि निश्चित मादण्डको निर्णय गरेको धुर्कोटगाउँपालिमा आज देखि तोकेको समय वाहेक अन्य समयमा मदिरा बेच्न बन्देज गरिएको छ । 

गर्मीयाममा साँझ ६ देखि ८ वजे सम्म मात्रै मदिरा बेच्न पाईने र जाडोयाममा साँझ ५ देखि ७ वजे वेच्न पाईने छ  । अन्य समयमा बेचेको पाईएमा जरीवाना संगै त्यस्ता पसल समेत बन्दा गरिने कडा निर्णय भएको त्यस गाउँपालिकाकी प्रवत्ता कविता बिकले जानकारी दिईन् ।

वडा नम्वर ४ जैसथोकमा मात्रै यस्तो निर्णय गरे लगत्तै मदिर बेच्ने अनुमति लिनेहरुको सख्या बढेको त्यहाँका वडा सचिव विनोदप्रसाद पोखरेलले बताए । अहिले सम्म करिव १० वडा पसलहरुले लाईसेन्स लिई सकेको बताउँदै  पोखरेलले यसबाट राजश्वमा समेत बृद्धि हुने र विकृति विसंगतिमा समेत कमी आउने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु