2026-09-08 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपल्लो मुस्ताङमा यातायात सेवा प्रभावित

फागुन १२, ठिनी | सडकमा जमेको हिउँका कारण उपल्लो मुस्ताङमा एक महीनादेखि यातायात सेवा प्रभावित बनेको छ । 

सडकमा हिउँ जमेकाले यातायात र ढुवानीका साधन सञ्चालन हुन नसकेपछि जाडो छल्न बेँसी झरेका उपल्लो मुस्ताङवासीलाई घर फर्कन समस्या भएको छ । सडकमा हिउँ जमेर बरफ भएपछि यातायातका साधन सञ्चालनमा ल्याउन कठिनाइ भएकाले स्थानीयको सक्रियतामा सडक खुलाउन शुरु गरिएको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो । 

अध्यक्ष विष्टका अनुसार घन, गल, गैती, बेल्चालगायतका सहायताले हिउँ पन्छाएर सडक खुलाउन थालिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका एक महीनादेखि सडक यातायातबाट विच्छेद छ । चिसो बढेपछि गत कात्तिकमा बेँसी झरेका उपल्लो मुस्ताङवासी केही दिनयता बढेको गर्मीसँगै घर फर्कन थालेका छन् । 

स्की खेलको प्रशिक्षण 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा जमेको हिउँमा खेलिने स्की खेलको प्रशिक्षण शुरु भएको छ । निरन्तरको हिमपातपछि मुस्ताङको मुक्तिनाथ क्षेत्रमा जमेको हिउँमा स्कीको प्रशिक्षण शुरु गरिएको हो । 

स्की खेलप्रति स्थानीयको उत्साह र चासो बढेकाले हिमालय स्की टे«क र होटल ग्राण्ड साव्वालको संयुक्त आयोजनामा स्की खेलको प्रशिक्षण शुरु गरिएको प्रशिक्षक सुरज गुरुङले जानकारी दिनुभयो । 

हिउँभित्र छिर्न नसक्ने विशेष प्रकारको जुत्ता तथा लठ्ठीको सहायताले हिउँमा दौडने स्की खेल प्रशिक्षणको पहिलो दिन मुस्ताङ जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । 

स्की खेल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रख्यात भएको र केही दिन अगाडि मुक्तिनाथ क्षेत्रमै राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न भएकाले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षणको शुरुआत गरिएको गुरुङको भनाइ छ । 

एक सातासम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा युरोप क्षेत्रमा स्कीको प्रशिक्षण दिँदै आउनुभएका सञ्जीव थापा, हिमालय स्की टे«कका राम थापा र होटल सञ्चालक सुरज गुरुङले प्रशिक्षण दिने जनाइएको छ । 

प्रशिक्षणमा मुस्ताङका स्थानीय, मुस्ताङ क्षेत्रमा कार्यरत कर्मचारी तथा अन्य ठाउँबाट पनि खेलाडीहरु सहभागी भएका छन् । मुस्ताङमा बढ्दो मौसमी पर्यटनको विकल्पकारूपमा बेमौसमी पर्यटनको विकासका लागि सोहीअनुसारका खेल प्रतियोगिता तथा प्रशिक्षणको काम गरिएको आयोजकले जनाएको छ । 

“गर्मीको याममा मात्र पर्यटकहरु मुस्ताङमा आउने गर्दछन्, तर हिमपात भएका बेला पनि मुस्ताङ घुम्नुपर्छ भन्ने भावना सिर्जना गर्न हामीले स्की खेलको प्रशिक्षण शुरु गरेका हौँ”, गुरुङले भन्नुभयो ।

रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल