2026-08-24 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुरानै शैलीमा पुनःनिर्माण हुँदै ऐतिहासिक धर्मशाला

सुशीला रेग्मी। भदौ ६, रामपुर (रासस)। कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पाल्पा रामपुरको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) को पुनःनिर्माण पुरानै शैलीमा गरिने भएको छ । 

विसं २०७२ को भूकम्पले भवनमा क्षति पुगेपछि संरचना नै कमजोर भएको थियो । आधुनिक जीवनशैलीमा प्रयोगमा आउन नसक्ने भएपछि यस धर्मशाला बेवारिसे जस्तै भएको थियो । ढिलै भए पनि अहिले धर्मशाला पुनःनिर्माणको काम अगाडि बढाएपछि यहाँका स्थानीय खुशी भएका छन् ।

विसं १८७९ मा साविक रामपुर गाविस– ८ बस्ने समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गर्नुभएको थियो । यहाँ तत्कालीन समयमा यस क्षेत्रमा भित्रिने विशिष्ठ व्यक्तिको स्वागत, बसोबास र धर्मशालाका रुपमा गुठी निर्माण गरिएको हो ।

आजभन्दा दुई शताब्दीअघि तत्कालीन समयमा बाटो हिँड्दा बसोबास गर्ने बटुवाका लागि बास बस्ने प्रयोजनका लागि गुठीको निर्माण गरी सोहीअन्तर्गत धर्मशाला बनाइएको थियो । त्यस समयमा मानिस टाढाको गन्तव्य तय गर्ने र दिनहुँ हिँड्नुपर्दा पनि बीचमा बास बस्ने बाटो होटल आदिको व्यवस्था नरहेकाले यही धर्मशालामा आएर बास बस्ने र भोलिपल्ट आफ्नो निश्चित गन्तव्यतर्फ लाग्ने गर्दथे ।

पछिल्ला वर्षमा सडक सुविधा, घर बस्ती बढेसँगै यस धर्मशाला प्रयोगविहीन भएपछि संरक्षणमा कुनै पनि निकायको ध्यान जान सकेन । विसं २०७२ को विनाशकारी भूकम्पले यसलाई असर पारेपछि यो लामो समयदेखि अलपत्र अवस्थामा रही आएको छ । झण्डै दुई शताब्दीको इतिहास बोकेको यस धर्मशालालाई पुनःनिर्माणमा स्थानीय सरकारकोतर्फबाट पनि कुनै काम भने हुन सकेन । धर्मशाला जीर्ण भएपछि यसको पुनःनिर्माण पुरानैस्वरुप झल्कने गरी गर्न स्थानीयवासीले पटकपटक आवाज उठाउँदै आइरहेका थिए । 

लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला (गुठी) का रुपमा सञ्चालन हुँदै आइरहेको थियो । पूर्ण जीर्णोद्धार गर्न पुरातत्व विभागको विशेष पहलमा पुनःनिर्माण प्राधिकरणको करिब रु दुई करोड ७१ लख ४६ हजार ५५८ बजेट लागतमा अहिले पुनःनिर्माण कार्य अघि बढेको छ ।

यस धर्मशाला रामपुर नगरपालिका–४ खोप्टारस्थित राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर नजिकै पर्दछ । करिडोरको मापदण्ड बाटोकाबीच भागबाट २१ मिटर भएकाले पार्टी भवन रहेकै भवनको पूर्वपट्टिको जगलाई छोएर त्यसको पछाडिपट्टि बनाउन यहाँका स्थानीय सरकार, राजनीतिक दल, सामाजिक व्यक्तिले सबैको सहमतिमा निर्णय गरेपछि काम थालनी गरिएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुहुन्छ ।

गुठीका नाममा रहेको जग्गा भोगचलन गर्ने मोहीले गुठीलाई बुझाउनुपर्ने उत्पादन नबुझाउँदा पनि यसले समयमा नै निकास पाउन नसकेको उहाँले बताउनुभयो । “गुठीका नाममा रहेको जग्गा भोगचलन गर्ने व्यक्तिले गुठीको स्याहार संरक्षण गर्नेगरी परम्परादेखि नै सम्झौताबमोजिम भोगचलन भए पनि पछिल्लो समय मोहीवालाले करबापतको रकम, अन्नपात नबुझाउँदा गुठी संरक्षणमा समस्या परेपछि बेवारिसे जस्तै बन्यो”, उहाँले भन्नुभयो ।  

पुरानो धर्मशाला भुइँतलासहित तीनतले छ कोठा, दायाँ र बायाँ एक÷एक वटा बालापाली थियो भने, छानो झिँगटीले छाइएको थियो । सोहीस्वरुपमा नै निर्माण हुने नयाँ धर्मशालाको छानो भने जस्तापाताको रहनेछ । अरु पुरानै स्वरुप यथावत् रहनेछ । यसै आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।

पौराणिक समयमा धार्मिक तीर्थस्थलका नामले परिचित रामपुरको लक्ष्मीनारायण धर्मशाला (गुठी) तत्कालीन समयमा राजदरबारकैरुपमा लिने गरिन्थ्यो । विसं १८७९ मा साविक रामपुर गाविस– ८ बस्ने समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गर्नुभएको हो । यहाँ तत्कालीन समयमा यस क्षेत्रमा भित्रिने विशिष्ट व्यक्तिको स्वागत, बसोबास र धर्मशालाका रुपमा गुठी निर्माण गरिएको हो ।

धर्मशालासँगै त्यस आसपासमा लक्ष्मीनारायण गुठी सञ्चालन समितिको नाममा झण्डै १० रोपनी जग्गा रहेको छ । रेग्मी परिवारका सदस्यबाट मात्रै सञ्चालन हुँदै आएको यस लक्ष्मीनारायण गुठी समुदायलाई हस्तान्तरण गरेपछि पनि पछिल्ला वर्षमा संरक्षणविहीन हुन पुगेको हो ।

पहिले यस धर्मशालालाई कालीगण्डकी बेँसीकै धार्मिक धरोहरका रुपमा लिइने गरेको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका सदस्य मिनराज रेग्मी बताउनुहुन्छ । यस गुठीमा पहिले टाढाका बटुवा तथा तीर्थयात्री दैनिक ३० जनाभन्दा बढी यहाँ बास बस्ने गरेको यहाँका ज्येष्ठ नागरिक बताउनुहुन्छ । ठूला शहर, भारतमा रोजगारी, अध्ययन या अन्य कुनै कामले यसतर्फ जाने रात परेपछि यहीँ बास बस्ने गर्दथे ।

बटौली (हालको बुटवल) बजारमा सामान लिन जानेका लाग पनि यही धर्मशाला बास बस्ने ठाउँ थियो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले यसको ऐतिहासिक महत्वलाई बचाइराख्नका लागि पनि यो धर्मशालाको पुनःनिर्माण र संरक्षण गर्नुपर्नेमा जोड दिनुहुन्छ । यहाँ बास बस्नेलाई खाना र बासको राम्रो प्रबन्ध थियो । 

धर्मशालाको मात्र नभएर यस क्षेत्रकै ऐतिहासिक र धार्मिक पक्षको संरक्षण र प्रवद्र्धनका लागि पनि यस लक्ष्मीनारायण धर्मशालको पुनःनिर्माण आवश्यक भएको रामपुर नगरपालिका– ४ का वडाध्यक्ष एकबहादुर नेपाली बताउनुहुन्छ । उहाँले यो धर्मशालाको संरक्षणले रामपुरको सांस्कृतिक तथा पर्यटन विकासमा समेत इँटा थप्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन