2026-10-13 03:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचथरका स्थानीय तहमा बेरुजु : याङवरकमा सबैभन्दा कम, हिलिहाङमा बढी

भदौ ६, पाँचथर (रासस)। जिल्लाका आठवटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो। त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको छ। 

गत आर्थिक वर्षमा यहाँका स्थानीय तहमा रु १८ करोड चार लाख २८ हजार बेरुजु देखाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार जिल्लाको याङवरक गाउँपालिकामा सबैभन्दा कम र हिलिहाङ गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । जिल्लाको चार स्थानीय तहमा तीन प्रतिशतभन्दा बढी र दुई वटा गाउँपालिकामा एक प्रतिशतभन्दा कम बेरुजु देखिएको छ । 

प्रतिवेदनअनुसार जिल्लाको तुम्बेवा गाउँपालिकामा रु ६२ करोड ७९ लाख १६ हजार खर्चको लेखापरीक्षण गर्दा रु ४८ लाख ३९ हजार बेरुजु देखिएको छ । यो कूल खर्च रकमको ०.७७ प्रतिशत हो । मिक्लाजुङ गाउँपालिकामा रु एक अर्ब ७० लाख ७४ हजार खर्चको परीक्षण गर्दा रु एक करोड १७ लाख ७३ हजार बेरुजु देखिएको छ । यो कूल परीक्षण रकमको १.१७ प्रतिशत हो ।

यसैगरी हिलिहाङ गाउँपालिकामा रु ८६ करोड २९ लाख पाँच हजार खर्चको परीक्षण गर्दा रु तीन करोड ३० लाख २७ हजार अर्थात् ३.८३ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै याङवरक गाउँपालिकामा रु ७२ करोड १५ लाख ८० हजार खर्चको परीक्षण गर्दा रु आठ लाख नौ हजार बेरुजु देखिएको छ । यो कूल परीक्षण ०.११ प्रतिशत हो ।

यसैगरी फालेलुङ गाउँपालिकामा रु ९० करोड ७६ लाख ३३ हजार खर्चको परीक्षण गर्दा रु तीन करोड १५ लाख १६ हजार अर्थात् ३.४७ प्रतिशत, फाल्गुनन्द गाउँपालिकामा रु ८७ करोड ३८ लाख आठ हजार खर्चको परीक्षण गर्दा रु १ करोड ७० लाख १७ हजार अर्थात १.९५ प्रतिशत बेरुजु रकम देखिएको छ ।

जिल्लाको एकमात्रै नगरपालिका फिदिममा रु एक अर्ब ७० करोड ७१ लाख ९९ हजार खर्च रकमको लेखापरीक्षण गर्दा रु पाँच करोड ५० लाख ४६ हजार बेरुजु देखिएको छ । फिदिमको बेरुजु प्रतिशत ३.२२ छ । कुम्मायक गाउँपालिकामा रु ७० करोड ६८ लाख ३२ हजार खर्च रकमको लेखा परीक्षण गर्दा रु दुई करोड ६४ लाख सात हजार अर्थात् ३.७४ प्रतिशत बेरुजु देखिएको छ ।

स्थानीय तहले पूर्वतयारीविनाका आयोजना बजेटमा समावेश गरेको, आयोजनाको प्राथमिकीकरण गरी आयोजना बैंक बनाउने कार्य प्रभावकारी नभएको, कानूनले तोकेको सीमा नाघी रकमान्तर गरेको लगायतका सुधार गर्नुपर्ने विषय प्रतिवेदनमा उल्लेख गरिएको छ । सङ्घीय सरकारको खरिद ऐनअनुसारको मापदण्ड पूरा नगरी गरिएका खर्चलाई महालेखा परीक्षकको कार्यालयले बेरुजुका रुपमा देखाउने गरेको छ । बेरुजु सैद्धान्तिक र नियमित गर्नुपर्ने र असुलउपर गर्नुपर्ने भनेर किटान गरिएको हुन्छ । 

आर्थिक कार्यविधि ऐन, २०५५ को दफा २ मा प्रचलित कानूनबमोजिम पुर्याउनुपर्ने रीत नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा मनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठहर्याएको कारोबारलाई बेरुजुका रूपमा परिभाषित गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम