२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेवि संघले भन्यो–‘हामीले पनि रेसुङ्गा क्याम्पस आंगिक हुन पर्ने माग गरेको हो’

२०७५, १४ भाद्र बिहीबार ०४:४८

प्रेम सुनार | भदौ १४, बुटवल | मध्यपश्चिमाञ्चल विश्व बिद्यालय अन्तरगत गुल्मीको रेसुङ्गा  बहुमुखी क्याम्पस आंगिक  बनाउने त्रिभुवन बिश्व बिद्यालयको आठौं साधरण सभाले निर्णय गरे पछि दुई ठुला बिद्यार्थी संगठन बिच फेशबुके दोहोरी चलेको छ । अनेरास्ववियुका विद्यार्थीहरु लेख्छन  –‘आंगिक हुने निर्णय भएकोमा सबैलाई बधाई छ ।’  नेवि संघका  केहि विद्यार्थीहरु लेख्छन –‘  पुष्टि नै भएको छैन नचाँहिदो हल्ला फिजाईदै छ । ’

यसरी फेशबुके दोहोरी चल्दा चल्दै  हिजो  साँझा फेरी रेसुङ्गा क्याम्पसको नेवि संघ ईकाई समितिले क्याम्पस प्रमुखलाई ध्यानकृष्ट पत्र बुझाउँदै –‘ आफ्नो बिद्यार्थी संगठनले पनि लामो समय देखि त्यस क्याम्पसलाई आंगिक बनाउनका लागि आन्दोलन, पहल र माग गर्दै आएको  स्मरण गराउन खोजिएको छ  । उक्त पत्रमा  अरु  संगठन र बिशेष गरी कुनै नेता बिशेषलाई मात्र त्यसको जस  दिन नहुने धारणा राखिएको छ ।

ईकाई सभापति पुनाराम घिमिरेद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ –‘ रेसुङ्गा क्याम्पस आंगिक भएको पुष्टि नहुँदै  कुनै राजनैतिक दल र अमुक नेताको फाईदा हुने गरी सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा भ्रम फैलाईनु यस क्याम्पसको भलो नहुने कुरा पुनः स्मरण गराउन चाहन्छौं । ’

रेसुङ्गा क्याम्पस आंगिक बनाउने निर्णय भएको पुष्टि भने आधिकारिक निकाय त्रिभुवन बिश्व बिद्यालयका रजिष्ट्रार डाक्टर महेन्द्र कुमार मल्लले सञ्चार माध्यम मार्फत पुष्टि गरी सकेका छन । त्यस क्याम्पस सहित मध्यपश्चिमाञ्चलका १० क्याम्पसहरु आंगिक हुने निर्णय भएको जानकारी सञ्चार माध्यमलाई डाक्टर मल्लले गराएका हुन ।

यहाँ सम्मकी ति क्याम्पस आंगिक कार्यान्वनका लागि चालु आर्थिक बर्षमा १ अर्ब १६ करोड रकम समेत छुट्टाई सकिएको छ । प्रदेश ५ का सांसद कमलराज श्रेष्ठ भन्छन–‘ पुष्टि गराउने आधिकारिक निकाय त्यही हो क्यारे,  कि कुनै पार्टी कार्यालयबाट पुष्टि भएको कुरा मात्रै आधिकारिक हुने  हो र ? ’  त्यस क्याम्स त आंगिक हुने भई सक्यो । अव  जो कोहीको आलिमुहाली टुट्यो । यहि सन्देश र बधाई एवं शुभकामना गुल्मीबासीलाई सुनाई दिनु ।

हामीले कांग्रेस नेता एवं पुर्व सांसद चन्द्र भण्डारी र नेवि संघका विद्यार्थी नेता सुदर्शन खनालको प्रतिकृया पनि राख्न चाहेका थियौ तर दुवै जनाको फोन उठेन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ