2026-07-08 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपालमा कफी खेती सुरुवात गर्ने आँपचौर मै पुगेर दिवस मनाईयो

प्रेम सुनार | मङ्सिर १, बुटवल | आज १४ औं राष्ट्रिय कफी दिवसका अबसरमा विक्रम सम्वत १९९५ सालमा गुल्मी आँपचौरका हिरा गिरीले वर्माबाट आफ्नो गाउँमा  विउ ल्याई विरुवा रोप्न सुरु गरेको स्मरण गर्दैं उनी प्रति आज सम्मान प्रकट गरिएको छ । 

आज  गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको सहित  त्यहाँका सबै कार्यालय प्रमुखहरु सोही स्थानमा पुगेर उनि प्रति सम्मान प्रकट गरेका हुन । त्यस्तै मुसिकोट नगरपालिका मेयर सोमनाथ सापकोटाको टोली पुगेर सम्मान प्रकट गर्दै आँपचौरको कफी कृषकलाई प्रोत्साहित गर्न सय वोट कफी रोप्ने कृषकलाई जनही १० हजारका दरले प्रोत्साहन रकम र केहि किशानहरुलाई पुरस्कार समेत आज वितरण गरेको थियो ।

कार्यक्रममा मुसिकोट नगरप्रम सापकोटाले आँपचौरको कफी उत्पादनमा नगरपालिकाले बिशेष कार्यक्रम अगाडी सारेको बताए ।  उनले  गत बर्ष जिल्लाभर १ सय ६० हेक्टरमा ३५ टन उत्पादन भएको अहिले त्यो भन्दा बढि हुने बताए ।

व्यवसायीक रुपमा भने हिरा गिरीले २०३२ सालबाट सुरु गरेका थिए ।  तत्कालिन राजा विरेन्द्र २०४२ सालमा आँपाचौरमा अवलोकन गर्न गई उनले त्यहाँ कफी बिकास केन्द्र खोल्न लगाएका थिए । एक जना कार्यालय प्रमुख सहित १४ जना सरकारी कर्माचारीहरुले कफीको अनुसन्धान, विउ विरुवा वितरण र प्रचार प्रसार गर्दै आएको उनले बताए ।

राजधानी स्थित नेपाल राष्ट्रिय चिया तथा कफी बिकास वोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार देशभर ५ सय १३ टन कफी उत्पादन हुने जानकारी दिए । उनले अन्तराष्ट्रिय बजारले २ सय मेट्रिक टन माग गरे पनि १६/१७ टन भन्दा बढि दिन नसकिएको बताए ।

कोरिया र जर्मन लगायतकाका अन्तराष्ट्रिय बजारमा जाने कर्फबाट बार्षिक ९ करोड रकम भित्रिने गरेको उनको भनाई छ ।  केहि बर्ष अघि सम्म नेपाल कफीमा आत्मार्निर उन्मुख भई रहेको अबस्थामा अहिले बार्षिक करिव ६ करोडको कफी भारतबाट आयत हुने गरेको उनि बताउँ छन ।

यस बर्षको कफी दिवस पोखरामा बनाईएको र उद्योग बाणिज्य महासंघ मार्फत ठुला उद्योग ब्यवसायीलाई कफी उत्पादनमा लगानी गर्न जोड गरिएको उनले बताए ।   सरकारले यस आर्थिक बर्षमा सबै भन्दा बढि कफी उत्पादन हुने जिल्ला स्याङ्गजा, गुल्मी, पाल्पा, प्युठान, अर्घाखाची रुपन्देहीलाई कफी सुपरजोन जिल्ला घोषणा गरेको छ । गौतमले  कफीमा साना ब्यवसायीले निर्वाहमुखी खेती गरेका कारण  उत्पादन कमी हुन पुगेको र सोतो गवारो लगायतका किराहरुले निरुसाहित गरेका कारण त्यसको निरुपणमा सरकारले लागेको उनको भनई छ ।

चियामा भने नेपाल आत्मानिर्मर भई सकेको उनले बताए । उनका अनुसार कफी देशका २३ जिल्लामा उत्पादन हुने गर्दछ ।  नेपालमा चिया बार्षिक २ करोड ५० लाख केजी उत्पादन हुने उनले जानकारी दिए । ईलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर र तेह्रथुममा ५० लाख केजी र २ करोड केजी झापा जिल्ला मै उत्पादन हुने उनले बताए ।  कुल  उत्पादनको ५० प्रतिशतले नेपाल  चियामा आत्मानिर्भर बनेको र ५० प्रतिशत भारतमा निर्यात गरी बार्षिक ४ अर्व रकम भित्रिने उनको भनाई छ  ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली